महाधिवेशन तयारीबारे छलफल गर्न जसपा बैठक बस्दै
राजनीति
काठमाडौँ, १० फागुन : पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायत मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज हुँदैछ ।
पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बोलाइएको बैठकमा महाधिवेशनलाई सफल बनाउन नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायत विषयमा छलफल हुने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताउनुभयो ।
प्रवक्ता सुमनले भन्नुभयो, “महाधिवेशनका निम्ति विभिन्न प्रस्ताव तयार गर्न समिति निर्माण गरिनेछ, समसामयिक राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुनेछ ।” जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८, २९ र ३० गते आह्वान गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
