‘प्रदेशभित्रका प्रहरीका भौतिक संरचनामा प्रदेश सरकारको लगानी छ’ – मुख्यमन्त्री जम्कट्टेल
मनहरी (मकवानपुर) – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशभित्रका प्रहरीका भौतिक संरचनामा प्रदेश सरकारको लगानी रहेको बताउनुभएको छ ।
हेटौँडा–११ स्थित थानाभ¥याङमा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले आफू आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदादेखिनै प्रहरीको भौतिक संरचना निर्माणमा जोड दिँदैआएको बताउनुभयो । प्रदेशभित्र विभिन्न जिल्लामा आवश्यकताअनुसार भौतिक संरचना निर्माण गर्दैआएको उहाँले बताउनुभयो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले अपराध नियन्त्रण गर्न तथा शान्ति स्थापनामा प्रहरीको उल्लेख्य भूमिका रहेको बताउनुभयो । प्रहरीलाई प्रविधिमैत्री बनाउँदै नागरिकलाई छिटोछरितो सूचना प्रवाह र सेवा दिन प्रदेश सरकार अग्रसर रहेको उहाँले बताउनुभयो ।
प्रदेश विपद् व्यवस्थापन गुल्म रु तीन करोड २८ लाखको लागतमा निर्माण गरिएको हो । सो भवन आठ सय ५५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । प्रदेश सरकारले हालसम्म ५७ प्रहरी एकाइ भवन निर्माण गरिसकेको छ ।
