`

राष्ट्रियसभा अध्यक्षमा गठबन्धनभित्र सहमति जुट्ने माधव नेपालको विश्वास (भिडियो सहित)

Nepal One HD १७ फागुन २०८० १६:२४
प्रमुख खबर

चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दावी गरेका छन् । बिहिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दावी रहेपनि यसमा सहमति जुट्ने बताएका हुन् ।

उनले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको धारणा राखे । उनले केहि समस्या आए छलफल गरेर सहमतिमा पुगिने जिकिर गरे । गठबन्धनभित्र दरार देखिए हल गरिने उनको भनाइ छ । अध्यक्ष नेपाल भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन पुगेका हुन् ।


प्रतिक्रिया