`

नवनियुक्त ३ मन्त्रीले लिए सपथ

Nepal One HD २१ फागुन २०८० १७:५५
प्रमुख खबर

काठमाडौ । नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससंगको सहकार्य तोडेर नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाएका हुन् । सोही अनुरुप प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद पुर्नगठन गरेका हुन् ।


प्रतिक्रिया