`

सत्तारुढ पाँच दलबीच सातबुँदे सहमति

Nepal One HD २९ फागुन २०८० १२:५०
प्रमुख खबर

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलबीच सातबुँदे सहमति भएको छ । यसअघि सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र, एमाले, रास्वपा र जसपाबीच नयाँ सत्ता गठबन्धन बनाउन आठबुँदे सहमति भएको थियो । तर, नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी भएपछि मंगलबार बिहान पाँच दलबीच सातबुँदे सहमति भएको हो ।

मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीचको छलफल भएको थियो । सहमतिमा हस्ताक्षर गरेपछि नेकपा एकीकृत समाजावादीले राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाललाई मत दिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । यस्तै, उसले बुधबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत पनि दिने भएको छ ।


प्रतिक्रिया