`

‘गङ्गादेवी थपिलयाको जीवनयात्रा’ विमोचन

Nepal One HD ३० चैत २०८० ८:३४
समाज

समाजसेवी, राजनीतिकर्मी तथा धार्मिक अभियन्ता गङ्गादेवी थपलियाको पुस्तक ‘गङ्गादेवी थपलियाको जीवनयात्रा’ एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र लेखक थपलियाले पुस्तकको विमोचन गर्नुभएको हो ।

“थपलियाले राजनीतिलाई सेवाभावका रुपमा लिनुभयो । आज पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ”, राप्रपा अध्यक्ष लिङ्देनले भन्नुभयो । साहित्यकार गोपीकृष्ण प्रसाईँले पुस्तकको समीक्षा गर्दै थपलियाको पुस्तकमा सङ्घर्षका पल समेटिनुका साथै प्रतिकूल अवस्थामा पनि अगाडि बढ्नुपर्छ भन्ने सन्देश रहेको उल्लेख गर्नुभयो । “महिलाले केही गर्नुपर्छ भन्ने प्रेरणा पुस्तकबाट पाइन्छ”, उहाँले भन्नुभयो । लेखक थपलियाले श्रीमानको साथ सहयोगले चुलोचौकामा सीमित नभइ समाजसेवामा लाग्न प्रेरित गरेको बताउनुभयो ।


प्रतिक्रिया