`

सूर्य नेपालद्वारा दमौली अस्पताललाई दुई वटा हेमोडायलाइसिस मेसिन प्रदान

Nepal One HD ९ असार २०८१ ९:५६
जीवनशैली/स्वास्थ्य

तनहुँ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ ।


कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरेका हुन् ।

अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् । अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा.बरालले बताए । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ ।


प्रतिक्रिया