`

बर्धमान अस्पतालले आजदेखी पाठेघर खस्ने समस्याको निःशुल्क उपचार गरिने

Nepal One HD ११ असार २०८१ ६:३८
जीवनशैली/स्वास्थ्य

सिरहा – सिरहाको गोलबजार नगरपालिका–४ स्थित बर्धमान अस्पतालले पाठेघर खस्ने समस्या भएका महिलाको निःशुल्क उपचार गर्ने भएको भएको छ ।

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयसँगको सहकार्यमा अस्पतालले मङ्गलबारबाट शिविर सञ्चालन गर्न लागेको हो । अस्पतालका व्यवस्थापक डा शारीका गोइतले पाठेघर समस्याबाट पीडित महिलाको उपचार तथा शल्यक्रियाका लागि शिविर आयोजना गर्न लागेको जानकारी दिनुभयो । “अझै पनि विकट गाउँघरमा धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित छन् । कतिपयले लोकलाजका कारण रोग लुकाएका छन् भने कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेका छैनन्”, गोइतले भन्नुभयो, “आर्थिक अभावका कारण उपचार गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्श दिन शिविर आयोजना गर्दैछौँ ।”

बिरामीको शल्यक्रिया स्त्री तथा प्रसूति रोग विशेषज्ञद्वय डा शारीका गोइत र तेजशङ्कर यादवको टिमले गर्नेछ । सुत्केरी भएको केही दिनपछि नै भारी बोक्नेजस्ता शारीरिक श्रमलगातका कामगर्दा प्रायः ३५ वर्षमाथिका महिलामा यस्तो समस्या देखिने गरेको चिकित्सकले बताएका छन् ।


प्रतिक्रिया