`

आरके परियारको नयाँ तीज गीत “चसक्कै भो दिल ” सार्वजानिक

Nepal One HD २० साउन २०८१ १७:०६
भिडियो

रमेश बि.क.रसाईली \काठमाडौं,

मोडल तथा सर्जक आरके परियारको नयाँ तीज गीत चसक्कै भो दिल आईतवार सार्वजानिक भएको छ ।
गायिका सुनिता बुढाको स्वर रहेको गितलाई आरके आफैले रचना गरेका हुन भने श्यामस्वेत रसाईलीको संगित संयोजन र मिक्सिङ्ग मास्टरीङ्गमा प्रिज्म स्टुडियोमा गितको अडियो तयार भएको हो ।
निर्देशक मौसम हिमालीको नृत्य रचनासंगै निर्देशन,बुद्ध थापाको छायाकंन र मनोज कार्कीको सम्पादनमा निर्मित गितको भिडियोमा मोडल आरकेसंगै रुविना परियार र सुप्रिया परियारको अभिनय र नृत्य रहेको छ ।

यसअघि नै दर्शकमाझ धोका,घृणा,कसैको हुन दिन्नँ,पराई जस्ता सफल सृजना पस्किसकेका आरकेले आफ्ना पुराना सृजनाजस्तै चसक्कै भो दिलले पनि दर्शक श्रोताको भरपुर माया पाउनेमा आफु विश्वस्त रहेको बताएका छन ।


प्रतिक्रिया