`

जाजरकोटमा पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु

Nepal One HD ३ भदौ २०८१ १०:४७
प्रमुख खबर

कर्णाली । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा सोमबार बिहान पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु भएको छ । मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् ।

उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए । इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताए । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ ।


प्रतिक्रिया