`

इरानद्वारा इजरायलतर्फ १८० वटा क्षेप्यास्त्र प्रहार

Nepal One HD १६ असोज २०८१ १२:४५
विश्व

बीबीसी । इरानले इजरायलतर्फ प्रहार गरेको झण्डै १८० वटा क्षेप्यास्त्रमध्ये अधिकांशलाई इजरायली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिएको इजरेली सेनाले जनाएको छ ।

केही सैन्य अखडामा प्रहार लागेको बताएका छन् । केही रेस्टुराँ र विद्यालयमा समेत क्षति पुगेको छ । अधीनस्थ वेस्ट ब्याङ्कको जेरिको क्षेत्रमा एकजना प्यालेस्टिनी पुरुष मारिएको इजरायली डिफेन्स फोर्सेस (आइडिएफ) का एकजना प्रवक्ताले जनाएका छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा इरानले आफ्नो सैन्य कारबाही ‘पूरा गरेको’ जनाएका छन्। तर इजरायलले जबाफी कारबाही गरेमा थप हमला गर्ने जनाएका छन् ।

इजरायलका अन्तर्राष्ट्रिय साझेदारहरूले उक्त देशका दशौँ लाख मानिसहरूलाई बमबाट सुरक्षित रहन बनाइएका आश्रयस्थलमा पुग्न बाध्य पार्ने गरी भएका प्रहारको निन्दा गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले ‘ठूलो गल्ती गरेको’ बताउँदै त्यसको ‘मूल्य चुकाउनु पर्ने’ बताएका छन् । मन्त्रिपरिषद् बैठक सुरु भए लगत्तै बोल्ने क्रममा नेतन्याहूले इरानले इजरायल र उसका शत्रुविरुद्ध ‘जवाफ दिने दृढता’ आफ्नो देशको दृढतालाई ‘नबुझेको’ बताए ।

इरानी राष्ट्रपति मसूद पेजेस्कियानले मङ्गलबार राति गरिएका हमलालाई आफ्नो देशको ‘वैध अधिकार’ भन्दै त्यो “इरान र यस क्षेत्रको शान्ति र सुरक्षा“को उद्देश्यसाथ गरिएको बताएका छन्।


प्रतिक्रिया