`

राप्रपाको आन्दोलनमा सहभागी हुने अमेरिकी नागरिकलाई ‘डिपोर्ट’ गरिने

Nepal One HD १ वैशाख २०८२ २०:००
राजनीति

काठमाडौं । राप्रपाले प्रदर्शन गरेको कार्यक्रममा सहभागी भएका अमेरिकी नागरिकलाई सरकारले देश निकाला गर्ने भएको छ ।

गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।

उनी नेपालको राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएपछि किर्पालविरुद्ध प्रतिबन्धसहितिको डीपोर्ट गर्ने निर्णय गरिएको हो ।

गत चैत १४ गते अमेरिकी नागरिक किर्पाल माइतीघरबाट पक्राउ परेका थिए। उनले राजसंस्थाको पक्षमा नाराबाजी लगाउनुको साथै पम्पलेट पनि प्रदर्शन गरेका थिए। लगत्तै उनलाई काठमाडौं प्रहरीले पक्राउ परेको थियो ।


प्रतिक्रिया