समाचार
अध्यक्ष नेपालद्वारा मदन भण्डारीको योगदानको स्मरण

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विकासक्रमा जननेता मदन भण्डारीको योगदान अतुलनीय रहेको बताएका छन् ।
शनिबार ३२औँ मदन–आश्रित स्मृति दिवसमा पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले देशको प्रजातान्त्रिक एवं कम्युनिष्ट आन्दोलनमा नेताद्वयको योगदान अतुलनीय रहेको बताए ।
भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) को प्रयोग गरी त्यसलाई लोकप्रिय बनाएको भन्दै अध्यक्ष नेपालले कम्युनिष्ट सिद्धान्तमा जननेता भण्डारी अडिग रहेको बताए । कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्न जरुरी भएकामा उनले जोड दिए ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारी र जीबराज आश्रितको बलिदानले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याएको बताए ।
प्रतिक्रिया