`

स्पेनको अर्थतन्त्रमा सुधार, वृद्धि अनुमान २.७ पूतिशत

Nepal One HD ३१ भदौ २०८२ १९:३८
विश्व

उपभोग र लगानीको राम्रो प्रवृत्तिका कारण स्पेन सरकारले सन् २०२५ का लागि देशको आर्थिक वृद्धिको अनुमान २.६ प्रतिशतबाट बढाएर २.७ प्रतिशतमा पु¥याएको छ ।अर्थमन्त्री कार्लोस कुएर्पोले पत्रकार सम्मेलनमा यसलाई ‘सावधानीपूर्वक गरिएको अनुमान’ भन्दै देशको अर्थतन्त्र बलियो अवस्थाबाट अघि बढिरहेको टिप्पणी गर्नुभयो ।

“यो संशोधनले हाम्रो अर्थतन्त्रको मजबुती पुष्टि गर्छ,” उहाँले भन्नुभयो । स्पेन सन् २०२४ मा विश्वकै सबैभन्दा तीव्र गतिमा वृद्धि हुने विकसित देश बनेको थियो र सन् २०२५ मा पनि यो गति कायम रहने अपेक्षा गरिएको छ ।

स्पेनको केन्द्रीय बैंकले पनि २०२५ को आर्थिक वृद्धिको पूर्वानुमान २.४ प्रतिशतबाट बढाएर २.६ प्रतिशतमा पु¥याएको छ । बैङ्कले उत्पादन र मागमा देखिएको स्थायीत्वलाई यसको मुख्य कारण मानेको छ ।

सन् २०२५ को दोस्रो त्रैमासिकमा स्पेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.७ प्रतिशतले वृद्धि भएको थियो, जुन युरोजोनको औसत ०.१ प्रतिशतभन्दा धेरै माथि हो ।स्पेनको अर्थतन्त्र सन् २०२४ मा ३.२ प्रतिशतले वृद्धि भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *