रुससँग मानवीय विषयमा मात्र वार्ता भएको युक्रेनको भनाइ


युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तम उमेरोभले युक्रेन र रुस अहिले मानवीय वार्तामा मात्र संलग्न रहेको बताउनुभएको छ ।
“यस समयमा, हामी मानवीय पक्षलाई निरन्तरता दिइरहेका छाँैं, हामी युद्धबन्दीहरूलाई रिहा गर्ने पहल गरिरहेका छौँं,” उमेरोभले भन्नुभयो।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गत महिना भएको वासिङ्टन भ्रमणपछि किएभले मस्को र वासिङ्टनसँग सम्भावित वार्ताको अपेक्षा गरिरहेको पनि उमेरोभले बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “यो चरणमा हामी त्रिपक्षीय वा द्विपक्षीय बैठकको पर्खाइमा छौं भन्ने मेरो विश्वास छ ।”
युक्रेन र रूसले सन् २०२५ मे, जुन र जुलाइमा टर्कीएमा तीन चरणको वार्ता गरका थिए भने उमेरोभले प्रत्येक सत्रमा युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।
अगस्ट १८ मा धेरै युरोपेली नेताहरूसहित युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाउसमा भेटवर्ता गर्नुभएको थियो जसमा रूस–युक्रेन द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल भएको थियो ।