`

केपी ओली कानून भन्दा माथी छैनन्ः गृहमन्त्री अर्याल

Nepal One HD ३ कार्तिक २०८२ १६:०९
प्रमुख खबर

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली कानूनभन्दा माथि नरहेको बताएका छन् ।

सिंहदरबारमा सोमवार पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताए । पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका थिए ।

गृहमन्त्री अर्यालले ओलीको उक्त चुनौतीलाई कानून मान्दिन भनेको भन्ने संज्ञा दिए । उनले पहिला केपी ओली कानूनभन्दा माथि भएपनि अब नभएको बताए ।

उनले भने, ‘यो चाहीँ कानून मान्दिन भनेको हो, उहाँले । केपी ओली मात्रै कानुनभन्दा माथी बस्ने पहिलाको चाँही त्यस्तो थियो । अहिले हुँदैन ।’

उनले केपी ओलीलाई उपत्यकाका नछाड्न सरकारले नभई भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको आयोगले भनेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *