`

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

Nepal One HD ३ कार्तिक २०८२ २०:३२
समाज

काठमाडौँ, ३ कात्तिकः उदयपुर,गाईघाटको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता हुनुभएको छ ।जिल्ला प्रहरी कार्यालयकाअनुसार स्थानीय अर्जुन तामाङको सात वर्षीया छोरी अनुसा तामाङ डुबेर बेपत्ता हुनुभएको हो ।

त्रिनपा–१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार आज दिउँसो साथीहरुसँग सुनकोशीमा नुहाउन जानुभएकी अनुसा पौडी खेल्न नदीमा पस्दा बेपत्ता हुनुभएको हो ।घटनालगत्तै प्रहरीलाई खबर गरेकामा प्रहरीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *