‘राजनीतिक दलसँग संवाद गरेर सरकारले चुनावको वातावरण बनाउनुपर्नेछ’ – शङ्कर पोखरेल
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलसँग संवाद गरेर सरकारले चुनावको वातावरण बनाउनुपर्ने जोड दिनुभएको छ ।
नेपाल खेलकुद महासङ्घको पाँचाँै केन्द्रीय कमिटीको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले फागुन २१ गते चुनाव गरेर दललाई सत्ता सुम्पिनुपर्ने बताउनुभयो ।
महासचिव पोखरेलले गत भदौ २३ र २४ गते घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभएको छ । उहाँले उक्त घटनामा तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई पहिचार गरेर दण्डित गरेर मुलुकलाई फेरि पनि लोकतन्त्र, शान्तिको दिशातिर फर्काउने कामलाई आवश्यक रहेको बताउनुभयो ।
महासचिव पोखरेलले मुलुकमा शान्तिसुरक्षा अमनचयन गर्ने कुरा सरकारले प्राथमिकता राख्नुपर्ने बताउनुभयो । उहाँले लोकप्रिय पार्टीको नेतालाई स्थान हद गरेर चुनाव हुने नभई मुलुकमा सङ्कट निम्तिने खतरा रहेको बताउनुभयो ।
उहाँले देशको सङ्कट टार्न प्रतिनिधिसभाको पुनःस्थापना गरेर त्यसका माध्यमबाट युवाका मागलाई सम्बोधन गर्न सकिने बताउनुभएको छ । “संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव ०८४ मा नै पु¥याउनुपर्छ भन्ने छैन । ‘अर्ली इलेक्सन’मा जान सकिन्छ”, उहाँले भन्नुभयो, “यी सबै काम गर्न पहिलो शर्त प्रतिनिधिसभाको पुनःस्थापना हो ।”
महासङ्घका अध्यक्ष परशुराम बस्नेतले जेनजीका माग सही भए पनि तोडफोड र लुटपाटले मुलुकको विकास निर्माणमा पछि धकेलेको दाबी गर्नुभयो । उहाँले राजनीतिक दलहरुले जेनजीका मागलाई सम्बोधन गरेर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।
