`

कुलमान घिसिङ भन्छन्- राजनीतिक क्षेत्र उज्यालो नहुँदासम्म देश सुध्रिँदैन (भिडियो)

Nepal One HD ३ फागुन २०८२ १२:४३
उज्यालाे नेपाल पार्टी

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले देशको सबैभन्दा ठूलो समस्या ‘राजनीतिक क्षेत्रको लोडसेडिङ’ भएको टिप्पणी गरेका छन् ।

आइतबार एक कार्यक्रममा बोल्दै उनले विद्युत् क्षेत्रमा जस्तै राजनीतिक क्षेत्रमा पनि सुधार र सुशासन आवश्यक रहेको बताए । ‘लोडसेडिङ अन्त्य गर्नु एउटा क्षेत्रको उपलब्धि थियो । तर देशका धेरै क्षेत्रमा अझै लोडसेडिङ छ, सबैभन्दा ठूलो लोडसेडिङ त राजनीतिक क्षेत्रमा छ,’ उनले भने, ‘जबसम्म राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य हुँदैन, देश सुध्रिँदैन ।’

घिसिङले आफूले नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हाल्दा लोडसेडिङ अन्त्य गर्दै घाटामा रहेको संस्थालाई नाफामा रूपान्तरण गरेको स्मरण गरे । त्यही अनुभव र कार्यशैलीलाई अब राष्ट्रिय राजनीतिक क्षेत्रमा लागू गर्न खोजिएको उनको भनाइ छ ।

उनका अनुसार राजनीतिक अस्थिरता, नीतिगत अस्पष्टता र निर्णय क्षमताको अभावले मुलुक आर्थिक रूपान्तरणको बाटोमा अघि बढ्न नसकेको छ । ‘हामी डेलिबरी दिन गएका हौँ, पदका लागि होइन,’ उनले भने, ‘अब राजनीतिक क्षेत्रमै उज्यालो ल्याउने अभियानमा लागेका छौँ ।’

घिसिङले सुशासन, पारदर्शिता र परिणाममुखी नेतृत्वमार्फत राजनीतिक क्षेत्रको ‘लोडसेडिङ’ अन्त्य गर्ने लक्ष्यसहित अघि बढेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *