फ्लाई दुबईले आजदेखि दुबई-काठमाडौं उडान गर्ने
बिशेष
काठमाडौं । मध्यपूर्वमा जारी युद्धबीच फ्लाई दुबईले आज राति दुबईकाठमाडौं उडान गर्ने भएको छ।
दुबईबाट स्थानीय समयअनुसार ५ः४५ बजे उड्ने विमान काठमाडौंमा यहाँको समयअनुसार राति ११ः३० मा आइपुग्नेछ।
काठमाडौं विमानस्थलका सर्भिस मेनेजर नरनारायण पकवानका अनुसार कम्पनीले प्रत्यक्ष उडान गर्नलागेको हो।
त्रिभुवन विमानस्थल कार्यालयलाई कम्पनीले यसबारे अग्रिम जानकारी गराएको हाे ।
शनिबार अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि दुबई-काठमाडाै हवाई रुट प्रभावित भएकाे थियाे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
