इनिशा विकको न्याय खातिर रास्वपा सांसद खगेन्द्र सुनार पनि उत्रिए प्रदर्शनमा (तस्बिरहरू)
काठमाडौं । सुर्खेतकाे वीरेन्द्रनगरकी १६ वर्षीया बालिका इनिशा विककाे बलात्कारपछि भएकाे मृत्यु प्रकरणकाे अनुसन्धान निष्पक्ष ढङ्गले गर्न दबाब दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारसहितले काठमाडौंकाे माइतीघरमा प्रदर्शन गरेका छन् ।
सुनारसहितले बलात्कारमा संलग्नलाई कडा कारबाहीकाे मागसमेत गरेका छन् । विगत केही दिनदेखि माइतीघरमा दलित अगुवा, अधिकारकर्मी, युवा तथा विद्यार्थीहरुले प्रदर्शन गर्दै इनिसाकाे परिवारलाई न्याय दिन दबाब दिँदै आएका छन् ।
इनिसाकाे गत फागुन तेस्राे साता बलात्कारपछि मृत्यु भएकाे थियाे । घटना लगत्तै उनका प्रेमी भनिएका एक किशाेरसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका अनुसार घटनासँग सम्बन्धित तथ्य र प्रमाणका आधारमा घटनाकाे अनुसन्धान भइरहेकाे छ ।
यसबीच प्रहरीमाथि निष्पक्ष छानबिनकाे दबाब बढिरहेकाे छ ।
हेर्नुहाेस् माइतीरमा प्रदर्शनका तस्बिरहरु









