तथ्य र प्रमाणको आधारमा इनिशा विक हत्या घटनाको अनुसन्धान हुन्छ : आईजीपी कार्की (भिडियो)
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सुर्खेतसहित देशभरका घटनामा कानुनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणका आधारमा अनुसन्धान गरिने बताएका छन्।
उनले कुनै पनि घटनामा स्थान विशेषलाई प्राथमिकता नदिई पीडित पक्षको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए।
कार्कीले भने, ‘सुर्खेत वा कुनै पनि घटनामा हामीले कानुनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणका आधारमा काम गर्नुपर्ने हुन्छ। त्यसमा हामीले सुर्खेत वा अन्य ठाउँलाई भन्दा पनि पीडिततर्फका राज्यका प्रतिनिधिको इन्गेजमेन्ट, उहाँहरूको निरन्तरको सम्पर्क र आवाज हुनुपर्छ भनेका छौँ।’
उनका अनुसार नेपाल प्रहरी, सरकारी वकिल र न्यायालयबीचको संयुक्त प्रयासबाट कानुनी प्रक्रियालाई बलियो बनाउँदै प्रमाणमा आधारित अनुसन्धान अघि बढाइनेछ।
‘त्यहाँनेर नेपाल प्रहरी, सरकारी वकिल र न्यायालयको संयुक्त प्रयासमा कानुनका विषयवस्तुहरू राख्दै तथ्य र प्रमाणमा आधारित अनुसन्धान हुन्छ। त्यसरी नै प्रहरी परिचालन गरेका छौँ,’ उनले थपे।
