पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वसचिव अधिकारीसहित २१ विरुद्ध भ्रष्टाचार मुद्दा, ४६ कराेड बिगाे दाबी
काठमाडौं । पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार प्रक्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव केदारबहादुर अधिकारीसहित २१ जना र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालीन सचिव केदारबहादुर अधिकारी, क्यानका ३ जना पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसमेतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
प्राधिकरणका अन्य वरिष्ठ इन्जिनियरहरू, लेखा अधिकृतहरू र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड तथा परामर्शदाता इआरएमसी जेभीका प्रतिनिधिलाई पनि प्रतिवादी बनाइएको छ ।
अख्तियारले करिब ४६ करोड १५ लाख ८४ हजार ४३४ रूपैयाँ बिगो दाबी गरिएको छ।
यी हुन् प्रतिवादीहरू
* संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी
* नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम र राजन पोखरेल
* प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल
* प्राधिकरणका तत्कालीन निर्देशक स्व।ध्रुवदास भोछिभोया
* राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी
* राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल
* राष्ट्रिय गौरव आयोजनाका तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ
* राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने
* पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी
* राष्ट्रिय गौरव आयोजनाका तत्कालीन अधिकृत राजाराम चौधरी
* राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपप्रबन्धक हिमज्योती थापा
* राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु
* (राष्ट्रिय गौरव आयोजनाका तत्कालीन लेखा अधिकृतरउपप्रबन्धक प्रमोद नेपाल
* (राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृतरउपप्रबन्धक सविन फुयाल
