बालेनका दाहिने हात मानिने भूपदेवको संयोजकत्वमा रास्वपाले बनायो एकता समायोजन समिति
राजनीति
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री भूपदेव साहको संयोजकत्वमा एकता समायोजन समिति गठन गरेको छ ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले साहको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।
सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार समितिका सदस्यमा विष्णु पुरुष श्रेष्ठ, रामकृष्ण भट्टराईलगायत रहेका छन् ।
आचार्यले भने, ‘बैठकले महामन्त्री भूपदेव शाहको संयोजकत्वमा एकता समायोजन समिति गठन गरेको छ । जेठ १० गतेसम्म समायोजन मस्यौदा पेस गर्न निर्देशन दिएको छ ।’
बैठकले समायोजनसम्बन्धी मस्यौदा तयार गरी आगामी जेठ १० गतेभित्र पेस गर्न समयसीमा तोकेको छ ।
रास्वपाले फागुनमा सम्पन्न निर्वाचनअघि विवेकशील साझा, थरुहट/थारुवान समूह, बालेन शाह समूह तथा विभिन्न जेनजी समूहसँग एकता गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
