`

विश्वासको मत नलिई स्थगित भयो मधेश प्रदेश सभा बैठक

Nepal One HD १ जेठ २०८३ २०:३५
राजनीति

जनकपुर । मधेश प्रदेश सभाको बैठक ८ गत्ते शुक्रबारसम्मका लागि स्थगित भएको छ ।मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिने भनिएकोमा, सभामुख राम अशिष यादवले सांसदहरुलाई अधिवेशको शुभकामना दिन आह्वान गर्दै बैठक स्थगित गरेका छन् । प्रदेश सभा बैठक विहान ११ बजेका लागि बोलाइएकोमा ३ घण्टा अबेर सुचारु भएको थियो । बैठक सुचारु हुनु केही बेर अघि नै मुख्यमन्त्री यादव प्रदेश सभाबाट बाहिर निस्किएका थिए ।

नेपाली कांग्रेसकै केही सांसदहरु अनुपस्थित भएपछि मुख्यमन्त्री यादवले केही बेर बैठक सुचारु नगर्न सभामुखलाई आग्रह गरेका थिए । बैठक अघि प्रदेश सभामै दलहरु छुट्टा छुट्टै छलफलमा बसेका थिए । नेपाली कांग्रेस मधेश प्रदेशका सांसदहरुबीच नै खटपट भएको देखिएको छ । प्रदेश सभा श्रोतले जनाए अनुसार मुख्यमन्त्री यादवले आउँदो जेठ ८ गत्ते सपथ ग्रहण गर्ने भनेका छन् ।आजको बैठक स्थगित गर्नु अघि सभामुख यादवले मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यसूचि आजका लागि स्थगित भएको जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *