विपक्षीले छाडेनन् अडान, संसद बैठक १५ मिनेटका लागि स्थगित
प्रमुख खबर
काठमाडौं। प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । विपक्षी दलको अवरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
सोमबारको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख डीपी अर्यालले नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्याललाई बोल्न समय दिएका थिए ।
सांसद अर्यालले प्रधानमन्त्रीले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिएको भन्दै क्षमायाचना गर्नुपर्ने बताइन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
