छानबिन समिति बनाउनु पर्दैन : खगेन्द्र सुनार(भिडियाे)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नाकसम्बन्धी विषयमा छानबिन समिति गठन गर्नु आवश्यक नभएको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले उक्त विषय पहिले नै स्पष्ट भइसकेको दाबी गरे।
संसद बैठकमा बोल्दै सुनारले संवैधानिक प्रक्रिया पूरा गरी राज्यका निकायहरूले गरेका काम र निर्णयलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताए। उनले पूर्व समिति सदस्य अर्जुन नरसिंह केसीले व्यक्त गरेका धारणा पनि उल्लेख गरेका थिए।
सुनारका अनुसार राज्य प्रणाली तीन आधारमा सञ्चालन हुन्छ। आन्तरिक व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास र परम्परा। उनले कुनै पनि सरकारी गतिविधि यिनै आधारमा अघि बढ्नुपर्ने र सोही परम्परागत अभ्यासका कारण चुनौतीहरू पार गर्दै आएको बताए।
उनले व्यक्तिगत रूपमा सम्बन्धित निकायप्रति धन्यवाद व्यक्त गर्दै रेडक्रसजस्ता संस्थाहरूको भूमिकालाई पनि उल्लेख गरे।
सांसद सुनारले नाकसम्बन्धी विषयलाई लिएर अनावश्यक रूपमा विवाद सिर्जना भइरहेको टिप्पणी गर्दै यसको छानबिनका लागि छुट्टै समिति गठन गर्नु आवश्यक नभएको बताए। उनले नाकसम्बन्धी विषय पहिले नै स्पष्ट रहेको दाबी गर्दै नाक कहाँ छ भन्ने विषय हामी सबैलाई जानकारी गराइनेछ” भन्ने आशय व्यक्त गरे।
