प्रतिनिधिसभामा प्रस्तुत गरियो सरकारका सय दिनका उपलब्धि
काठमाडौं । सरकारले प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो सय दिनमा भएका काम तथा उपलब्धिबारे संसद्लाई औपचारिक जानकारी गराएको छ।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सदनमा सरकारका सय दिनको कार्यप्रगति प्रस्तुत गर्दै विभिन्न क्षेत्रमा भएका नीति, निर्णय र कार्यान्वयनका उपलब्धिबारे जानकारी दिएका हुन्। उनले सरकार गठनपछि निर्धारित प्राथमिकताअनुसार विभिन्न मन्त्रालयमार्फत भएका कामको विवरण सांसदहरूसमक्ष राखेका थिए।
यसअघि असार २० गते मन्त्री पोखरेलले पत्रकार सम्मेलन आयोजना गरी सरकारका पहिलो सय दिनमा भएका उपलब्धि सार्वजनिक गरेका थिए। सो अवसरमा सरकारले प्रशासनिक सुधार, सुशासन, सेवा प्रवाह, विकास आयोजना तथा अन्य प्राथमिकताका क्षेत्रमा हासिल भएका उपलब्धिको विवरण सार्वजनिक गरेको थियो।
सोही विवरणलाई औपचारिक रूपमा संसद्को अभिलेखमा राख्ने उद्देश्यले सरकारले प्रतिनिधिसभा बैठकमार्फत सय दिनको कार्यसम्पादनबारे जानकारी गराएको हो।
