`

अर्नबको प्रभाव : अपराह्नपछि मौसममा सुधार आउने

Nepal One HD १५ कार्तिक २०८३ ११:२८
बिशेष

काठमाडौं । चक्रवात ‘अर्नब’को अवशेषका रूपमा विकसित न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमशः खुल्ने भएको छ ।

हाल विभिन्न प्रदेशमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि घट्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय क्षेत्र पश्चिम नेपालनजिक रहेकाले अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश स्थानमा वर्षा तथा हिमपात भइरहेको छ । कोशी र सुदूरपश्चिमका केही क्षेत्रमा पनि मध्यम वर्षा र हिमपात जारी छ भने मधेस प्रदेशका छिटपुट स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार अपराह्नसम्म मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

तर, मौसमी प्रणालीको प्रभाव क्रमशः कमजोर बन्दै जाने भएकाले अपराह्नपछि वर्षा र हिमपातको गतिविधि घट्ने तथा मौसममा सुधार आउने महाशाखाको आकलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *