`

फुर्केखोला पुलको ढिलासुस्तीमा गृहमन्त्रीको चासो, काम तत्काल अघि बढाउन निर्देशन

Nepal One HD १५ कार्तिक २०८३ १२:०१
बिशेष

काठमाडौं । धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलाइप्रति गृहमन्त्री सुधन गुरुङले चासो देखाएका छन् ।

उनले रोकिएको निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीलाई निर्देशन दिएका छन् ।

गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गृहमन्त्री गुरुङसमक्ष स्थानीयले पुल निर्माणमा भइरहेको ढिलाइबारे गुनासो गरेका थिए । पुल समयमै सम्पन्न नहुँदा आवतजावतमा कठिनाइ भोग्नुपरेको उनीहरूको भनाइ थियो ।

स्थानीयको समस्या सुनेपछि गुरुङले निर्माण कार्य अघि बढाउन र देखिएका अवरोध हटाउन निर्देशन दिएका हुन् । साथै, आवश्यक सरकारी निकायसँग समन्वय गरेर समस्या समाधानका लागि थप पहल गर्न पनि उनले सम्बन्धित कर्मचारीलाई आग्रह गरेका छन् ।

पुल निर्माणमा भएको ढिलाइले स्थानीयको दैनिक आवागमन प्रभावित भइरहेकाले काम छिटो सम्पन्न गर्नुपर्ने माग उठ्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *