रेड कार्पेटमा प्रधानमन्त्री बालेन पत्नीको क्याटवाक, ‘खरानी राज्यकाे महारानी’ भन्दै आलाेचना
काठमाडौं । प्रधानमन्त्री बालेनकी पत्नी सविना काफ्ले रेड कार्पेटमा मुस्कुराउँदै ‘राजसी’ शैलीमा हिँडेको भिडियो सार्वजनिक भएपछि चर्को आलोचना भइरहेको छ ।
केहीले उनलाई ‘खरानी राज्यकाे महारानी’ र ‘घण्टेहरूको फर्स्ट लेडी’ भन्दै कडा शब्दमा आलाेचना गरेका छन् ।
कतिपयले यसलाई खराब संकेत भनेका छन् । केहीले जेनजी विद्राेहकाे क्रममा ७६ जनाले यही देख्नलाई रगत बगाएको हाे ? भन्दै प्रश्न गरेका छन् । कतिले यत्तिका लागि सिंहदरबार जलेकाे भन्दै असन्तुष्टी पाेखेका छन् ।
जेनजी विद्राेहपछि नयाँ राजनीतिक नेतृत्वबाट सादगी, जवाफदेहिता र फरक कार्यशैलीको अपेक्षा गरिएको सन्दर्भमा प्रधानमन्त्री बालेन पत्नी सविना राजसी शैलीमा रेड कार्पेटमा देखिएपछि मानिसहरुले विराेध जनाएका छन् ।
राष्ट्रिय सभागृहमा आयोजित काठमाडाैं फिल्म फेस्टिभलमा सहभागी हुन पुगेकी काफ्ले नीलो पहिरनमा सजिएकी थिइन् । रेड कार्पेटमा उनी क्याटवाक शैलीमा हिँडेको दृश्य भिडियोमा देखिन्छ ।
हिँड्ने क्रममा उनी झन्डै लड्न पुगेको दृश्यसमेत कैद भएको छ । यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
