`

मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आज नयाँदिल्ली प्रस्थान गर्ने

Nepal One HD ७ मंसिर २०८३ ७:३५
बिशेष

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली जाँदै छन्। उहाँ नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिउँसो १:४५ बजे दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो छिमेकी मुलुक भ्रमण हो। ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल र निजी क्षेत्रका ५२ जना व्यवसायी पनि भ्रमणमा सहभागी हुनेछन्।

भ्रमणका क्रममा द्विपक्षीय व्यापार, लगानी, ऊर्जा, पारवहन, पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुनेछ। साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा समझदारीपत्र आदानप्रदान गरिनेछ।

भ्रमणको मुख्य आकर्षण सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने द्विपक्षीय वार्ता तथा दुई देशबीचका महत्वपूर्ण सम्झौतामा हस्ताक्षर र समझदारीपत्र आदानप्रदान हुनेछ। नेपालमा भारतीय लगानी आकर्षित गर्न नेपाल–भारत बिजनेस फोरमसमेत आयोजना गरिनेछ।

प्रधानमन्त्री शाह सोमबार साँझ ६स्३५ बजे स्वदेश फर्किने कार्यक्रम छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *