पत्रकार कृष्ण कट्टेलमाथि हातपात गर्नेलाई कारबाही गर्न महासंघको माग

NepalOne ३० पुष २०७९ १२:४७
प्रशासन

काठमाडौं । नेपाल पत्रकार महासंघले हरेकन्युज डटकम अनलाइनमा कार्यरत पत्रकार   हातपात गर्नेलाई कारबाहीको माग गरेको छ । महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको हातपात प्रेस स्वतन्त्रताविरोधी काम भएको बताउदै कारबाहीको माग गरेको हो ।

‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार दिउँसो नयाँबानेश्वर चोकमा काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउँदै गरेको समाचार संकलनका लागि पुगेका पत्रकार कट्टेलसहितका ६ जना सञ्चारकर्मीमाथि व्यापारीहरूले दुव्र्यवहार गरेका थिए । सो क्रममा एक मोबाईल पसल सञ्चालकले पत्रकार कट्टेललाई कुटपिट गरेको पीडित पत्रकारले महासंघलाई जानकारी गराएका थिए ।


प्रतिक्रिया