`

सांसद श्रेष्ठको अडियो प्रकरणमा रास्वपाले संसद्‍मा माग्यो माफी

Nepal One HD २७ चैत २०७९ १३:५३
प्रमुख खबर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठमाथि भएको घटनाले संसद्को सम्मानमा परेको चोटप्रति क्षमा माग्नुभएकाे छ । 

सोमबार संसद बैठकमा बोल्दै सांसद् परियारले श्रेष्ठको सार्वजनिक टेलिफोन संवादलाई गम्भीररुपमा लिएको बताउनुभयाे।

परियारले यो घटनाले आफूहरू कत्ति पनि विचलित नहुने जिकिर गर्नुभयाे।

श्रेष्ठको घटनाले संसद्को सम्मानमा परेको चोटप्रति क्षमा माग्दै परियारले भन्नुभयाे,‘यो संसद्को गरिमा बढाउने अभियानमा हामी अछुर्ण रहनेछौं । यो घटनाले हामीलाई कत्ति पनि विचलित गर्ने छैन भन्ने जानकारी गराउन चाहन्छु । ’

‘टेलिफोन संवादलाइ गम्भीररुपमा लिएको छ । छानविन पूरा नभएसम्म साधारण सदस्य समेत नरहने गरि निस्काशन गरिएको छ,’उने भने,’हाम्रो पार्टीले विधि,विधानलाई मान्छ ।  सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई मान्छ । यो घटनालाई राष्ट्रिय स्वतन्त्र पार्टीले गम्भीर रुपमा लिएको छ । नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता सबै घटनाको सत्यतथ्य छानविन हुनुपर्छ । ’

रास्वपा सांसद ढाकालले आफू स्वास्थ्यमन्त्री बन्न व्यापारी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको छ।


प्रतिक्रिया