`

चीन र रुसले जापानको सागरमा संयुक्त हवाई अभ्यास गर्ने

चीन र रुसले जापानको सीमा नजिकै संयुक्त हवाई र समुद्री अभ्यास सुरु गर्ने भएका छन् । चीनको रक्षा मन्त्रालयका अनुसार रणनीतिक जलमार्गको सुरक्षा र सामरिक जलमार्गको सुरक्षा गर्ने उद्देश्यले अभ्यास सुरु गर्न लागिएको हो ।

अभ्यासमा रुसी नौसेना र वायु सेनासँगै चिनियाँ नौसैनिक टोली सामेल हुने बताइएको छ । नर्दन इन्टर्‍याक्सन २०२३ नाम दिइएको सो अभ्यासको तयारीले युक्रेनमाथि रुसको हमलापछि उसले चीनसँग सैन्य साझेदारी बढाउन खोजेको देखिएको छ । सैन्य सञ्चार पुनः सुरु गर्नका लागि अमेरिकाले गरेको आहृवानलाई अस्वीकार गर्दै आएको चीनले रुससँग साझेदारी बढाएको हो ।

रुसले गत वर्षको फेब्रअरीमा युक्रेनमा आक्रमण गर्नु अघि, राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङले सीमा साझेदारीको घोषणा गरेका थिए ।

 

बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले विषयगत मन्त्रालयसँग छलफल थालेको छ । बजेट कार्यान्वयनबारे आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ ।

चालु आर्थिक वर्षको बजेटमा राखिएका मन्त्रालयगत योजना तथा कार्यक्रम कार्यान्वयनकालागि आवश्यक कानूनी, प्रक्रियागत र व्यवहारिक तयारी थाल्नेबारे छलफल भएको हो । उद्योग मन्त्रालयको बजेटमा परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशिलता कार्यक्रम विकास कार्यक्रमअन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण र तालिमसँगै उत्पादित वस्तुलाई बजारसँग जोडेर अघि बढ्ने विषय राखिएको थियो ।

त्यस्तै, उपत्यकामा सञ्चालित उद्योगलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिनेबारे पनि आजको बैठकमा छलफल भएको छ । भारत, चीनलगायत अन्तरराष्ट्रिय समुदायले मान्यता दिने गरी नेपालमा अन्तरराष्ट्रियस्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ । त्यस्तै, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्रको निर्माण लगायतका विषयमा पनि छलफल भएको हो ।

बैठकमा अर्थमन्त्री पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थसचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा रामप्रसाद घिमिरे लगायत उपस्थित हुनुहुन्थ्यो । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सबै विषयगत मन्त्रालय र विभागहरुसँग क्रमश छलफल गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ ।

प्रधानमन्त्री र मन्त्रीहरूले पाए आफ्नो तलब आफैं तोक्ने अधिकार

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्ने अधिकार पाएका छन् । संघीय संसद्ले प्रचलित ऐनलाई संशोधन गरेर प्रधानमन्त्री र मन्त्रीहरूको तलब तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिएको हो ।

संघीय संसद्‍बाट पारित भएर गएको ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन १४ गते प्रमाणीकरण गरेका छन् । विधेयक प्रमाणीकरण भएसँगै प्रधानमन्त्री र मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९ मा संशोधन भएको छ । जसले प्रधानमन्त्री र मन्त्रीहरूको तलब तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिएको छ ।

२०४९ सालमा ऐन बनाएर तत्कालीन व्यवस्थापिका संसद्‍मार्फत प्रधानमन्त्री, उपप्रधानमन्त्री, राज्यमन्त्री सहायकमन्त्रीको पारिश्रमिक र सेवा–सुविधा तोकिएको थियो । उक्त ऐनमा संशोधन गर्दै सरकारले मन्त्रिपरिषद्ले नै प्रधानमन्त्री र मन्त्रीको तलब तय गर्ने व्यवस्था गरेको हो ।

पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो

लुम्बिनी। नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रूपन्देहीको पर्रोहा बोलबम धाममा दर्शनार्थीको घुइँचो लागेको छ ।

यहाँ हरेक वर्ष श्रावणी मेलामा जलार्पणका लागि दर्शनार्थीको ठूलो भीड लाग्ने गर्छ । विशेष गरी साउन महिनाभरि पहेँलो बस्त्रधारी दर्शनार्थी यहाँ आउने गर्दछन् ।

प्राचीन शिवालय पर्रोहा बोलबम धाममा रहेको शिव ज्योर्तिलिङ्गमा हरेक वर्षको गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म जलार्पण गर्ने परम्परा छ । यहाँ जलार्पण गरे पाप नष्ट हुने, परिवारका सदस्यको दीर्घायु हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

धामका प्रमुख संरक्षक आचार्य किशोरकुमार गौतमले सोमबार मात्र नभएर अन्य दिनमा ठूलो सङ्ख्यामा भक्तजनले गङ्गाजल अर्पण गर्ने गरेको बताए। साउन महिनामा ज्योर्तिलिङ्गमा गङ्गाजल र बेलपत्र जस्ता सामग्रीले पूजा गरेमा भगवान् शिव खुसी भई मनोकांक्षा पूरा गरिदिने जनविश्वास छ ।

उक्त ज्योर्तिलिङ्गमा अर्पण गर्न कपिलवस्तुको लक्ष्मणघाट, गुल्मीको कालिगण्डकी, चितवनको देवघाट र नवलपरासीको त्रिवेणीघाटबाट गङ्गाजल ल्याउने चलन छ । काँवरमा गङ्गा जल बोकेर कोही पैदल त कोही सवारीसाधनमा बोलबमको नारा लगाउँदै हिँडेका बोलबम यात्रीहरूले यस क्षेत्रलाई रमाइलो बनाएका छन् ।

यहाँ मेला भर्न रूपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाका अतिरिक्त फाटफुट रुपमा पूर्वको मेचीदेखि पश्चिमको महाकाली एवं राजधानीबाट भक्तजन आउने गर्दछन् । भारतको उत्तरप्रदेश र बिहार क्षेत्रबाट भक्तजन आउने गर्दछन् । यहाँ अहिले पहेँलो बस्त्र, ग्यालन, फलफूल र पूजा सामग्रीको व्यापार फस्टाएको छ ।

यो स्थान बुटवलदेखि १५ किलोमिटर पश्चिममा रानीबगिया भन्ने ठाउँबाट दुई किमी दक्षिणमा पर्दछ । बोलबम व्यवस्थापन समितिको आह्वानमा अघिल्लो सोमबार सैनामैना नगरका भक्तजनले कपिलवस्तुको पवित्र बाणगङ्गाको जल ल्याइ पर्रोहा परमेश्वर धाममा जलार्पण गरेको समितिका अध्यक्ष चित्रबहादुर कार्कीले बताए।

आगामी सोमबार भने गुल्मीको प्रसिद्ध तीर्थस्थल रुरु क्षेत्रमा पुगेर कालीगण्डकीको जल ल्याएर जलार्पण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित २८औँ तुल्सीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले तुल्सीलालले निष्ठा र त्यागको राजनीतिका आधारमा देखाएको आदर्शलाई पछ्याउँदै अघि बढ्ने सङ्कल्प गर्नुपरेको बताए । उनले संविधानसभाबाट गणतन्त्र ल्याउने अग्रजहरुको लामो समयदेखिको दूरदृष्टिकै आधारमा संविधानसभाले नेपालको संविधान बनाएको स्मरण गरे ।

कार्यक्रममा प्रतिष्ठानद्वारा सञ्चालित काठमाडौँ उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो भने प्रा श्यामसुन्दर शेर्पाको बुद्धका विचारसम्बन्धी पुस्तक विमोचन गरिएको थियो ।

भियतनाममा बाढी र पहिरोले आठ जनाको मृत्यु, ३ जना बेपत्ता

भियतनामको उत्तरमा पर्ने डिएन बिएन जिल्लामा पछिल्ला दिनमा आएको बाढी र पहिरोले कम्तीमा ८ जनाको ज्यान गएको छ भने ३ जना अझै बेपत्ता छन् ।

शनिबार बिहान ६ बजे सम्मको तथ्यांक अनुसार करिब ६० घरहरू बाढीले बगाएको छ । बाढीले ३० वटा गाउँहरू बाहिरी संसारसँग सम्पर्कविहीन बनाएको छ ।

बेपत्ता व्यक्ति खोज्न र उद्धार गर्न करिब सात सय सुरक्षाकर्मी, सेना, स्थानीय स्वयंसेवक र विभिन्न संगठनका सदस्यहरू परिचालन भएका छन् ।

शनिबार बिहान स डुङ गाउँ पुगेर अवलोकन गर्नु भएका उपप्रधानमन्त्री ट्रान होङ हाले स्थानीय प्रशासनलाई प्रभावित सबैलाई तत्काल राहत पुग्नेगरी काम गर्न निर्देशन दिए । उनले भोकमरी, सम्पर्कविहीनता र सूचना अभाव नहोस् भनेर विशेष ख्याल राख्नसमेत आग्रह गरे ।

उनले उद्धारकर्मी र प्रभावित सबैको सुरक्षा सबै परिस्थितिमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

ह्त्द्य ट्रेडिङ समूहकी अनुसन्धान निर्देशक क्याथलीन ब्रुक्सले भने,“अब रोजगारीको तथ्यांकले बजारको ध्यान पुरै तानेको छ । ट्रम्पका भन्सार शुल्कभन्दा पनि यो समाचार प्रभावशाली भएको छ ।”

 

दक्षिण अफ्रिकामा एक हजार अवैध खानी मजदुर पक्राउ

दक्षिण अफ्रिकाको उत्तरपूर्वी क्षेत्रस्थित सुन खानीहरूमा काम गरिरहेका करिब एक हजार अवैध आप्रवासी मजदुर पक्राउ परेका छन् । म्पुमालांगा प्रान्तको बार्बरटन गाउँनजिकैको खानी क्षेत्रमा एक सातासम्मको ‘अपरेसन’मा ती मजदुर पक्राउ परेका प्रहरीले जनाएको छ ।

खानी क्षेत्र वर्षौंदेखि गोप्य रूपमा अवैध रूपमा सञ्चालन गरिँदै आएको थियो । प्रहरी प्रवक्ता डोनाल्ड म्ड्लुलीले भने, “अझै पनि केही अवैध खानीभित्र मजदुरहरू लुकेका छन् । सतहमा निस्कनासाथ नियन्त्रणमा लिइनेछ ।”

खानी सञ्चालक कम्पनी बार्बरटन माइनसले विगतमा घाटाका कारण कर्मचारी हटाउँदा स्थानीय समुदायमा आक्रोश फैलिएको उनले बताए । तर, पछि भित्रै अवैध रूपमा खानी सञ्चालन गरिँदै आएको थाहा भएपछि कारबाही थालिएको हो ।

प्रहरीले भनेको छ, “खानीभित्र अवैध रूपमा खाद्य र अरू सामग्री पुर्‍याइँदै आएको थियो । यसलाई रोक्न यो अपरेसन आवश्यक थियो ।”

प्रहरीले हालसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ । गत वर्ष जोहान्सबर्गनजिकैको स्टिलफोन्टेन क्षेत्रमा गरिएको यस्तै कारबाहीमा ९० अवैध खानी मजदुरको ज्यान गएको थियो ।

योपटक पनि प्रहरीले खानीलाई चारैतिरबाट घेराबन्दी गर्दै भित्र आपूर्ति रोक्ने रणनीति अपनाएको थियो । र, भित्र रहेका मजदुरहरू बाहिर आउन बाध्य भएका थिए ।

कांग्रेसमा युवालाई आबद्ध गराए लोकतन्त्र बलियो हुने: शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसमा युवाहरुलाई आबद्ध गराए लोकतन्त्र बलियो हुने बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर–४ वडा समितिले आज आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा उनले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउन सुझाव दिए । प्रतिनिधिसभाका सदस्यसमेत रहेका नेता डा कोइरालाले ‘लोकतन्त्रको पर्यायवाची नै कांगे्रस भएकाले लोकतन्त्र कमजोर भएमा लोकतन्त्र र देश कमजोर हुने धारणा राखे।

उनले भने, “लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिकाबारे युवामा जनचेतना जागृत गराउनु आजको आवश्यकता हो ।”, नेता डा कोइरालाले जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने बताउँदै अन्य पार्टीहरूसँगको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।

राजनीतिक दलको नेता भएपछि अन्य दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य भएअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसित आफूले भेटघाट एवं छलफल गरेको बताए।

सो अवसरमा ७२ वर्ष उमेर पार गरेका ज्येष्ठ क्रियाशील सदस्यहरु सुरेश तिम्सिना, सीयाराम मण्डल राजवंशी, तेतरी राजवंशी, कृष्णमोहन कार्की, मणिराज निरौला, दुखाराम गच्छदार, नखबहादुर खड्का, साजीलाल माझी, थिरबहादुर नेपाली र हेमनारायण चौधरीलाई सम्मान गरिएको थियो ।

प्यारालाइसिस भएको श्रीमतीको हत्या गरेर श्रीमानद्वारा आत्महत्या प्रयास

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तिको हत्या गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घरमा कोही नभएको मौका छोपी मानबहादुरले घाँटी थिचेर श्रीमती दुर्गालक्ष्मीको हत्या गरेको अभियोगमा मानबहादुरलाई पक्राउ गरिएको प्रनाउन अर्यालले बताए ।

पक्राउ परेका मानवबहादुरले श्रीमती पक्षघातको बिरामी भई हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेकाले आफू तनाबमा आई श्रीमतीको घाँटी थिची हत्या गरेको र आफू झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिएपछि प्रहरीको सम्पर्कमा आएको भनी प्रहरीमा बयान दिएका छन् ।

दुर्गालक्ष्मीको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

धनगढी ।  धनगढी उपमहानगरपालिका-७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी बनाएर आत्मनिर्भर बनेका छन्।

स्थानीय सीता चौधरी, कमला चौधरी, भुलिया चौधरी, विनिता रेग्मी र सविता चौधरीले दुई वर्षदेखि देवरियामा ‘जाखौरबाबा महिला विकास दुनाटपरी उद्योग’ सञ्चालन गर्दै आएका छन्। उनीहरुले सुरुमा वडा कार्यालयबाट दुनाटपरी बनाउने तालिम लिएका थिए।

वडा कार्यालय र धनगढी उपमहानगरपालिकाले सो समूहलाई दुनाटपरी बनाउने दुई वटा मेसिन निःशुल्क उपलब्ध गराएको छ। मेसिनको प्रयोगले दुनाटपरी उत्पादन गर्न अझै सहज भएको छ।

दुनाटपरी उद्योग सञ्चालकमध्येकी सीता चौधरीले वडाबाट प्राप्त दुनाटपरी बनाउने तालिमबाट आफूहरु आत्मनिर्भर बनेको बताइन्। उनले भनिन्, यसभन्दा पहिले हामी घरको काममा मात्र सीमित थियौँ। जब दुनाटपरी बनाउने तालिम लियौँ, त्यसपछि कमाइ राम्रै छ।’

दिनमा एक हजार दुना र ३०० जति टपरी उत्पादन गर्दै आएको उनले बताइन्। जसबाट मासिक ३० हजार रुपैयाँ जतिको कारोबार हुने गरेको छ। दुना सानो साइजको ७० पैसा, एक नम्बरको ८०, दुई नम्बरको  एक, ३ नम्बरको डेढ रुपैयाँ र टपरी साढे तीनमा बिक्री गर्ने गरेको उनले उल्लेख गरिन्।

दुनाटपरी बिक्री गरी प्राप्त पैसा समूहमा जम्मा गर्ने गरेको अर्की सञ्चालक कमला चौधरीले बताइन्। यसरी समूहमा जम्मा गरेको पैसाले आपतविपद्, गाह्रो, अप्ठ्यारो तथा घरायसी समस्या आइपरेको खण्डमा ठूलो समस्या टर्ने गरेको उनको भनाइ छ।

दुनाटपरी कारोबारबाट दुई वर्षयता समूहमा बचत गरेको ६० हजारका दरले एक जनाको भाग परेको उनले बताइन्। ‘सुरुमा कामको खोजीमा थियौँ, के गर्ने, कसो गर्ने भन्ने अन्यौलमा थियौँ’, उनले भनिन्, ‘जब वडाबाट तालिम लियौँ आफ्नो हातमा सीप भइसकेपछि हिजोआज ढुक्कले घर खर्च चलिरहेको छ।’

सुरुसुरुमा दुनाटपरी बिक्रीका लागी समस्या हुने गरेता पनि हिजोआज समस्या नभएको समूहकी सविता चौधरीले बताइन्।

बैठकमा मोबाइल निषेध: मन्त्री सचिवालयको सानो पहल प्रभावकारी बन्यो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको सचिवालयबाट गरिएको एउटा सानो प्रयासले सरकारी बैठकहरूमा अनुशासन र कार्यक्षमता सुधारिएको छ । मन्त्रीको कार्यकक्षमा हुने बैठकमा मोबाइल फोन प्रयोग निषेध गरिएको यो अभ्यास सचिवालयले सुरु गरेको हो, जसबारे मन्त्रीलाई सुरुमा जानकारी नै थिएन । उनलाई मिडियामार्फत मात्र थाहा भएको बताइएको छ ।

मोबाइल निषेधको उक्त सानो प्रयासले बैठकहरूको गुणस्तरमा भने ठूलो परिवर्तन ल्याएको छ । मन्त्रीको कार्यकक्षमा दैनिक करिब एक दर्जन बैठकहरू हुने गर्छन् । विगतमा बैठकका क्रममा ठुलो आवाजमा मोबाइलको घण्टी बज्ने, सामाजिक सञ्जालको प्रयोग र पटक–पटक ध्यान विचलन हुने गतिविधिहरूले छलफललाई प्रभावहीन बनाउने गरेका थिए ।

तर अहिले बैठकमा प्रवेशपूर्व मोबाइल फोन बाहिरै राख्नुपर्ने व्यवस्थाले सहभागीहरूको ध्यान बैठकको एजेन्डामा केन्द्रित हुन थालेको छ । शान्त, गम्भीर र मर्यादित वातावरण कायम हुन थालेको सचिवालयले जनाएको छ । निर्णय प्रक्रियामा गति आएको र बैठकहरू समयमै सुरु र सकिने प्रवृत्ति बढेको छ ।
मन्त्री भण्डारीका प्रमुख स्वकीय सचिव आनन्द भट्टका अनुसार मोबाइल निषेधपछि सहभागीहरू छलफलमा बढी सक्रिय हुन थालेका छन् । सुझाव दिनु, प्रश्न उठाउनु र आपसी समन्वयमा सहभागिता जनाउनु जस्ता सकारात्मक संकेतहरू देखा परेका छन् । उनले भने,“बैठकमा मोबाइलको प्रयोग नहुँदा बैठकहरु थप व्यवस्थीत र मर्यादित हुन थालेका छन्, यसको सिको अन्य सरकारी निकायहरुले पनि गर्नु जरुरी छ ।”

उद्योग मन्त्री भण्डारीको कार्यकक्षमा सुरु गरिएको यो अभ्यासले अन्य सरकारी कार्यालयहरूमा पनि अनुशासित र प्रभावकारी प्रशासनको उदाहरण बन्ने संकेत देखिएको छ ।सरल देखिए पनि यस्तो कार्यपद्धति सुशासनको मूख्य आधार बन्न सक्ने बताइन्छ ।

 

 

 

सङ्खुवासभामा बस दुर्घटना हुँदा १४ जना घाइते, एकको अवस्था गम्भीर, चालक फरार

घाइते हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका– ९ का २३ वर्षीय सविन  विष्ट, धर्मदेवी– ७ का २५ वर्षीय भवानी कार्की, सात वर्षीया असीमित भारती, नौ वर्षीया हिरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुमार कटुवाल, ५२ वर्षीया धनमाया चापागाईं, धर्मदेवी–६ का ५२ वर्षीय श्रीमान तामाङ, १५ वर्षीया प्रतिमा कटुवाल, १६ वर्षीया सोममाया याईम, ३० वर्षीय सुजन कटुवाल ६२ वर्षीय दलबहादुर कार्की र धनकुटाको महालक्ष्मी नगरपालिका–१ का २४ वर्षीय विमल विक रहेका छन् ।

घाइतेमध्ये धर्मदेवी नगरपालिका– ९ का २३ वर्षीय सविन विष्ट गम्भीर रहेकाले उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रनाउ बताए । अन्य घाइतेको वसन्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस दुर्घटना लगत्तै चालक सङ्खुवासभाको धर्मदेवी– ६ का खेम महत फरार रहेको प्रहरीले जनाएको छ ।

अनेरास्ववियुको नेतृत्व हस्तान्तरण: शंकरदेव क्याम्पसमा दिनेश रेग्मी संयोजक

काठमाडौं । नेकपा एमाले निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को धुलिखेलमा बसेको प्रथम सचिवालय बैठकले धुलिखेल घोषणामार्फत विभिन्न संकल्प पारित गरेको छ ।

काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस, धुलिखेल काभ्रेमा संगठनका अध्यक्ष डा। सुजन कडरियाको अध्यक्षतामा बसेको बैठकले पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीले देखाएको मार्गमा अघि बढ्ने, पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको समृद्ध नेपाल, सुखी नेपालीको को राष्ट्रिय आकांक्षालाई आत्मसात गर्ने, शैक्षिक संस्थाहरुमा हुने हड्ताल, तोडफोड र बन्दको पूर्ण अन्त्य गर्ने, शिक्षामा समानता र पहुँच–समाजवादको आधार, पालिका पालिकामा अनेरास्ववियुको खबरदार ! भन्ने अभियानलाई बलियो बनाउँदै लैजाने संकल्प गरेको हो ।

बैठकले अनेरास्ववियुलाई वास्तविक विद्यार्थीहरूको संगठनको रूपमा स्थापित गर्न थप सक्रियताका साथ वैचारिकरूपमा सुदृढ संगठन निर्माण गर्दै, व्यवहारमा नवीन अभियानहरुको माध्यमबाट विद्यार्थी आन्दोलनको दिशालाई परिवर्तन गर्दै आन्दोलनलाई समसामयिक बनाउने अठोट लिएका लिएको छ ।

बैठकले नेताहरुले महिनाको एक दिन शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी वा सामुदायिक विद्यालयमा अनिवार्य स्वमंसेवकीय कक्षा लिने अभियान सञ्चालन गर्न र यसको कार्यान्वयन गर्न सम्पूर्ण मातहतका कमिटीहरुले कार्यक्रम बनाई लागु गर्न सर्कुलर जारी गरेको छ । त्यस्तै, निजी शैक्षिक संस्थाहरुले दिनुपर्ने अनिवार्य छात्रवृत्तिलाई प्रभावकारी कार्यान्वयनको लागि पहल गर्न र छात्रवृत्ति प्रदान गरिएको विवरणहरु अनिवार्य रुपमा सम्बन्धित शैक्षिक संस्थाको वेवसाईट र सूचना पाटीमा सार्वजनिक गर्न दबाबमुलक कार्यक्रमहरु आयोजना गर्न मातहत कमिटीहरुलाई निर्देशन दिइएको छ ।

संविधानमा मौलिक हकको रुपमा व्यवस्था गरिएको ’कक्षा १२ सम्म निःशुल्क शिक्षा’ सम्बन्धि व्यवस्थालाई पूर्ण कार्यान्वयन गराउन ७५३ वटै पालिकामा कम्तिमा एउटा विज्ञान, व्यवस्थापन, कानून, खेलकुद, शिक्षा र मानविकी विषय तथा प्राविधिक शिक्षाको कक्षा १२ सम्मको नमुना विद्यालयहरु सञ्चालन गर्नका लागि दबाबमुलक कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरिएको छ । देशभरका विज्ञान र आविष्कारमा रुचि भएका विद्यार्थीहरुलाई एकै ठाउँमा ल्याई उनीहरुको सिर्जनात्मकता, ज्ञान र सीपलाई प्रदर्शित गर्ने उद्देश्यले २०८२ मंसिर महिनामा राष्ट्रिय स्तरको विज्ञान तथा आविष्कार मेला आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले उपत्यका विशेष बागमती प्रदेश कमिटी मातहतका क्याम्पस कमिटीहरुका सम्बन्धमा २४ औं राष्ट्रिय महाधिवेशनमा उम्मेद्वार भएका कमिटी अध्यक्ष र नेतृत्व हस्तान्तरणका सन्दर्भमा देखिएका विवादहरु समाधान गर्दै संयोजक र सह-संयोजकको जिम्मेवारी दिएको छ ।

अनेरास्ववियु केन्द्रिय कमिटीको जारी सर्कुलरमा शंकरदेव क्याम्पसमा दिनेश रेग्मी सहित सह-संयोजकमा दिपक विक र किरेन्द्र साहिलाइ जिम्मेवारी हस्तान्तरण गरेको हो ।

त्यस्तै जनप्रशासन क्याम्पसमा महेशराज जोशी, विश्वभाषा क्याम्पसमा प्रविन नेपाली, सरस्वती बहुमुखी क्याम्पसमा चिरञ्जीवी पनेरुलाई संयोजक तोकिएको छ । त्यस्तै सरस्वती क्याम्पसमा विजयविक्रम केसी र विवेकराज जोशीलाई सहसंयोजक तोकिएको छ । सानोठिमी क्याम्पसमा निराजन थापा संयोजक, र चिरञ्जीवी वलीलाई सहसंयोजक तोकिएको छ ।

मधेसमा १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण

जनकपुरधाम। पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेस प्रदेश सरकारले रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ ।

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो ।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा पानी अभावमा खडेरीबाट पीडित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रको कार्यालयबाट स्यालो ट्युबवेल वितरण सुरु गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिए ।

जनताको आवश्यकता तथा प्राथमिकताका आधारमा एक हजार दुई सय स्यालो ट्युबवेल वितरण गरिने उनको भनाइ छ ।

एउटा स्यालो ट्युबवेल जडान गर्न एक लाखदेखि तीन लाखसम्म खर्च हुने मन्त्रालयको अनुमान  छ । साथै सोलार जोड्दा थप खर्च हुनेछ । ट्युबवेल जडान गर्दा  पानीको सतह (गहिराई) कति छ त्यसको आधारमा खर्च लाग्ने उनको भनाइ रहेको छ ।

स्यालो ट्युबवेल वितरणका लागि अहिले सातदिने सूचना जारी गरिएको छ । एउटा ट्युबवेल लिनका लागि दुई बिघा खेतीयुक्त जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा पेस गर्नुपर्ने छ ।

मन्त्रालयले पानीको अभावमा मधेस प्रदेशमा अहिलेसम्म ५० प्रतिशत धानखेती भएको जनाएको छ ।

छायाँनाथ धामको तीर्थयात्रा सुरू

मुगु । हिमाली जिल्ला मुगुस्थित प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र धाममा यस वर्षको तीर्थयात्रा शुक्रबारदेखि सुरु भएको छ । सिञ्जा सभ्यताको ऐतिहासिक केन्द्र मानिने छायाँनाथ धाममा साउन महिनासँगै भक्तजनको आगमन सुरु भएको हो ।

यस वर्ष पहिलो पटक शिवजीको प्राचीन मूर्तिको पूजाआराधना गर्दै यात्राको औपचारिक सुरुआत गरिएको छ । मन्दिर परिसरमा नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो । स्थानीय पुरोहित, पुजारी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, स्थानीय श्रद्धालु भक्तजन तथा जनप्रतिनिधिको उपस्थितिमा  छायाँनाथ मन्दिर परिसरमा विशेष पूजाआजा गरी यात्रा आरम्भ गरिएको हो ।

धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने मुगुम कार्मारोङ गाउँपालिका–१ छायाँक्षेत्र चार हजार ५०० मिटरको उचाइमा छ । यस धाममा विशेषगरी साउन महिनाको पञ्चमीदेखि जनैपूर्णिमासम्म हजारौँ श्रद्धालु दर्शन गर्न आउने गर्दछन् ।  सामान्यतया श्रद्धालु भक्तजनलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाइएको छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले बताए ।

शिवजीको मूर्ति (गाथ) सहित पूजा गर्ने परम्परा सदियौँदेखि चलिआएको र विश्वका चारधाममध्ये कैलाश मानसरोवरपछिको मुख्य धामका रूपमा रहेको यस छायाँनाथ धाम धार्मिक एवं ऐतिहासिक महत्वको क्षेत्र भएको स्थानीय ऐनबहादुर हमालले जानकारी दिए । उनका अनुसार यहाँको ठाकुरज्यु (भगवान् शिव) विष्णु, गणेश र भगवान् बुद्धको मूर्ति विसं १८३६ मा चैन गाउँका तत्कालीन पुजारी सुन्दर चौलागाईं, उपाध्यायले मूर्ति स्थापना गरेका हुन् ।

हिमाली क्षेत्र भएकाले दैनिक नित्य पूजाआजा गर्न कठिनाइ हुने हुँदा तत्कालीन समयमा ब्राह्मणको बासस्थान रहेको गमदराको चैन गाउँमा छायाँक्षेत्र मन्दिर स्थापना गरी ११ महिना त्यहीँ पूजा गर्ने र साउन महिनामा गाथसहित छायाँक्षेत्र धाममा पुगी पूजाआजा गर्ने परम्परा सुरु भएको बताइन्छ ।

यहाँ सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रायः सबै जिल्लाबाट स्थानीय र भारतको उत्तराखण्ड, हिमाञ्चल, कुमाउँ क्षेत्रबाट श्रद्धालु आउने गरेका छन् । छायाँनाथमा नयाँ धामीको अवतार गर्न, छापविदो लिन, व्रतबन्ध गर्न, पितृहरुको मोक्क्ष गर्न, वर माग्न र आफ्ना कुलदेवता, इष्ट देउताको शुद्धिका लागि भक्तजन तथा श्रद्धालु आफ्ना धामीझाँक्री र देउतासहित पुग्ने गर्दछन् ।

इरानको सुरक्षा व्यवस्थामा नयाँ सुधारः ‘रक्षा परिषद्’ गठन हुने संभावना

तेहरान। इरानले आफ्नो नयाँ प्रशासनिक व्यवस्थाको भागको रूपमा ‘रक्षा परिषद्’ स्थापना गर्ने तयारी गरिरहेको समाचार एजेन्सीले शुक्रबार जनाएको छ । स्रोतका अनुसार, यस परिषद्को संरचना चाँडै नै अन्तिम रूप दिइनेछ र यसले इरानको रक्षा नीतिसम्बन्धी रणनीतिक कार्यहरू सञ्चालन गर्ने जिम्मेवारी पाउनेछ ।

यो निर्णय इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) मा भइरहेका संरचनात्मक सुधारहरू पूरा भए पश्चात् लिइएको हो । इरानका सर्वोच्च नेताका सल्लाहकार तथा पूर्व संसद अध्यक्ष अली लारीजानीलाई सम्भावित रूपमा छिट्टै एसएनएससीको नेतृत्व गर्ने गरी नियुक्त गरिने सम्भावना छ भने हालको सचिव अली अकबर अहमदियनले देशका विशेष तथा रणनीतिक मामिलाहरू सम्हाल्ने अपेक्षा गरिएको छ, जसमा उच्चस्तरीय व्यवस्थापन र समन्वय आवश्यक पर्ने विषयहरू पर्दछन् ।

एसएनएससी सम्बन्धित नौर न्यूजले सामाजिक सञ्जाल एक्समा प्रकाशित एक पोस्टमार्फत् जनाएको छ,“आवश्यक तयारी र संरचनात्मक सुधारहरू पश्चात्, केही उच्चस्तरीय सुरक्षा संस्थामा छिट्टै परिवर्तन हुने सम्भावना बढेको छ ।” 

गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव

संयुक्त राष्ट्रसंघ ।  राहतकर्मीहरूले गाजामा झन्डै दस हजार भोकमरी पीडित परिवारलाई खाद्यान्न किन्नका लागि नगद सहयोग दिएका छन् । तर, बजारमा खाद्यान्न कम भएका कारण उनीहरूलाई खरिद गर्न कठिनाइ भएको छ ।

संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयका अनुसार बजारका मूल्यहरू धेरै अस्थिर छन् र धेरै मानिसका लागि ती पहुँच बाहिर छन् ।

इजरायलले राहत सामग्री पठाउन केही अनुमति दिए पनि गाजामा आवश्यक सहयोग पर्याप्त रूपमा पुग्न सकेको छैन । सहायता सामग्री लैजाने गाडीहरू तोकिएका बाटोमा अवरोध र जोखिमको सामना गरिरहेका छन् ।

धेरै महिनादेखि खाद्यान्न अभावले जनजीवन झनै कठिन बनेको छ भने खाना खोज्न जाँदा धेरै मानिस घाइते वा मारिएका छन् । विगत दुई दिनमा मात्रै सयभन्दा बढी मानिसहरू खाद्यान्न ढुवानी मार्ग वा इजरायली सैनिक वितरण केन्द्र नजिकै मारिएका छन् ।

संयुक्त राष्ट्र बाल कोषका उपकार्यकारी निर्देशकले भने– ‘हामीलाई दिनमा करिब पाँच सय ट्रक सहायता सामग्री ल्याउन जरुरी छ ताकि स्थिति सुधार होस् र जनताका पीडा कम होस् । सबै नाका र मार्ग प्रयोग गरी गाजामा आवश्यक सामान पुर्‍याउनुपर्छ ।’

इन्धनको आपूर्तिमा पनि समस्या छ । केही मात्रामा इन्धन गाजामा पुगेको भए पनि अझै अत्यन्त कम छ । स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ र आपत्कालीन सञ्चारका लागि दैनिक धेरै लाखौँ लिटर इन्धन आवश्यक पर्छ ।

मानवीय सहायता ल्याउने गाडीहरू कहिलेकाहीँ बाटोमा रोक्नुपर्ने भएकाले कार्य पूरा गर्न धेरै समय लाग्ने अवस्था छ ।

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहा । यहाँको लहान नगरपालिका–२४ खेसराहा टोलमा खानेपानीको चरम अभाव भएपछि शुक्रबार साँझदेखि ट्याङ्कीबाट पानी वितरण सुरु गरिएको छ ।  खासगरि उत्तरी भेगका बस्तीमा चापाकल सुकेपछि दैनिक उपभोगका लागि पानीको अभाव भोगिरहेका स्थानीयलाई लक्षित गर्दै बोलेरोमा पानीको ट्याङ्की बोकेर गाउँमै पुर्याएर वितरण गर्न थालिएको हो ।

‘विकन परियोजना’ र ‘वाटरएड’ को सहयोगमा दलित जनकल्याण युवा क्लब लहानले खानेपानीको धारा जडान हुन बाँकी रहेका बस्तीमा लहान खानेपानी संस्थानसँग समन्वय गरेर दुई हजार लिटर क्षमताको ट्याङ्कीमार्फत पानी वितरण सुरु गरेको हो ।

नगरप्रमुख महेशप्रसाद चौधरीले स्वयं गाउँ पुगेर पानी वितरण गर्दै भने, ‘खानेपानी मानव जीवनको आधार हो । तीन महिनासम्म प्रत्येक व्यक्तिलाई दैनिक चार लिटर पानी निःशुल्क उपलब्ध गराइनेछ । आवश्यक परेको खण्डमा यो कार्यक्रम थप लम्ब्याउने तयारी गरिरहेका छौँ ।’ नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानीको धारा पुर्याउने योजना सार्वजनिक गरिसकेको उनले जानकारी दिए ।

बस्तीमा करिब ६० घरपरिवार छन् । उनीहरूलाई गाग्री र बाल्टिनमा पानी भरिदिने व्यवस्था गरिएको छ । दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेश विसुङ्केले भने, ‘विकन परियोजनाले रु २० लाख विनियोजन गरिसकेको छ । लहान नगरपालिका र खानेपानी कार्यालयसँग समन्वय गर्दै तीन महिनासम्म यो काम निरन्तर गरिनेछ ।’

स्थानीय पूर्णबहादुर सार्कीले पानी पाउँदा राहत मिलेको बताए । ‘शुद्ध पिउने पानीले अहिले बाँच्ने आधार जस्तै भएको छ । तर, लुगा धुन, नुहाउन, गाईभैँसीलाई पानी खुवाउन अझै गाह्रो छ । त्यसका लागि आकाशे पानीको प्रतिक्षा गरिरहेका छौँ ।’ खानेपानी सङ्कट लहान–१३, १५, १६, १७ र १८ वडामा  देखिएको छ । नगरपालिकाले अब आवश्यकताअनुसार अन्य प्रभावित टोलमा पानी वितरण गर्ने योजना बनाएको छ ।

खडेरीको असरले इनार, पोखरी, हाते कल, सिँचाइका मोटरहरू सबै सुक्न थालेका छन् । लहान–१३ का ६५ वर्षीय कृषक जगबीर यादव भन्छन्, ‘६ दशकमा यस्तो खडेरी देखिएको थिएन । सलहेस फूलबारी र सरस्वती खोला पनि सुकिसके ।’ पानीको दीर्घकालीन समाधानका लागि चुरे संरक्षण अत्यावश्यक रहेको पर्यावरणविद् दिनेश यादवको भनाइ छ ।

भारत लैजान लागेका ७ किशोरीको उद्धार, भारतीय नागरिक पक्राउ

झापा । वैदेशिक रोजगारीको बहानामा भारत पु-याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ ।

ती किशोरीहरुलाई भारत पु-याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताए ।

उनका अनुसार शुक्रबार भारतीय प्रहरीले उद्धार गरेको थियो । उद्धारपछि सातै जना किशोरी र अभियुक्तलाई खोरीबारी प्रहरी थानामा राखिएको छ । उद्धार गरिएका किशोरी सङ्खुवासभा जिल्लाको रहेको जनाइएको छ ।

किशोरीलाई भारत पु-याउने अभियुक्तमध्ये एक जना भारतको दार्जीलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ रहेका छन् भने अर्का सङ्खुवासभाको मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेका छन् ।

अभियुक्तले वैदेशिक रोजगारका लागि हङ्कङ लैजाने भनेर उनीहरुलाई नेपालको पूर्वीनाका काँकडभिट्टा हुँदै सीमावर्ती भारतीय पानीटङ्की नाका पु-याएका थिए । किशोरीहरुको आधार कार्डलगायत नक्कली कागजात बनाउन सिलिगुढी लैजान लागेका बेला भारतीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

नेपाली किशोरीलाई नेपाल ल्याउन माइती नेपालका संयोजक घिमिरेसहितको टोली शुक्रबार नै पानीटङ्की पुगेको थियो । तर, कानुनी प्रक्रिया मिलाउनुपर्ने कारण देखाएर भारतीय प्रहरीले उनीहरुलाई खोरीबारी प्रहरी थानामै राखेको उनले जानकारी दिए ।

उक्त घटनाबारे भारतीय प्रहरीबाट कुनै जानकारी प्राप्त नभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने

चितवन । चितवनको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने भएको छ । सो स्थानमा अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण गृह निर्माण गरिने भएको हो ।

भण्डारण गृह बनाउन राप्ती नगरपालिका–१ मा २३ विगाहा १२ कठ्ठा जमिन नेपाल आयल निगमले खरिद गरेर साइट अफिस सञ्चालनमा ल्याइसकेको छ । चितवन र मकवानपुर जोड्ने लोथर पुलबाट ७०० मिटर पश्चिम लोथर खोलाको बाँध सम्म नियमले जग्गा लिएको हो ।

नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको सहकार्यमा १५ अर्ब रुपैयाँ लगानीमा अमलेखगञ्ज लोथर पेट्रोलियम पाइप लाइन तथा भण्डारण गृह निर्माण गरिँदै छ ।

आयल निगमले १० अर्ब र इन्डियन आयल कर्पोरेशनले पाँच अर्ब लगानी गरेर परियोजना सम्पन्न गर्न लागिएको हो । जग्गा खरिदमा ६० करोड खर्च भइसकेको छ भने १० करोडमा थप जग्गा खरिद प्रक्रियामा रहेको आयोजनाले जनाएको छ ।

आधुनिक प्रविधिबाट ग्रिनफिल्ड टर्मिनल निर्माण गर्न लागिएको हो । ६२ किलोमिटर लामो पाइपलाइन निर्माण गरी जुनसुकै बेला तीन हजार २०० किलोलिटर इन्धन क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । वार्षिक दुई करोड टन इन्धन ढुवानी गर्न सक्ने क्षमताको पाइप लाइन बनाउन लागिएको हो । तीन वर्षभित्रमा काम सक्ने जनाइएको छ ।

सो भण्डारण गृह निर्माण गर्दा लोथर खोला र राप्ती नदीमा बलियो तटबन्धन निर्माण हुने स्थानीयवासीले आशा गरेका छन् । यससँगै रोजगारी प्राप्त हुने र व्यवसाय सञ्चालन गर्न सकिने उनीहरुको विश्वास छ ।

वडा अध्यक्ष सिद्धिलाल स्याङतानले भण्डारण गृह बनेसँगै पूर्वी चितवन बाढीबाट सुरक्षित हुने बताए ।

दैनिक पाँच सयभन्दा बढी ट्याङ्कर ओहोरदोहोर गर्ने भएकाले यहाँका सानातिना होटल, रेष्टुरेन्ट, लजलाई फाइदा पुग्ने उनको भनाई छ ।

एकासी वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता

उदयपुर। उदयपुरको चौदण्डी गढी नगरपालिका– १ की ८१ वर्षीया कालमाया राईले नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छिन् । उनलाई शुक्रबार नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

चौदण्डी गढी नगरपालिका– १ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा वृद्धा राईले नागरिकताप्राप्त गरेकी हुन् ।

खोटाङको जन्तेढुङ्गा गाउँपालिका जन्मघर भएकी वृद्धा राईको चौदण्डी गढी नगरपालिका– १ मा विवाह भएर आएपछि पनि नागरिकता प्रमाणपत्र लिन ढिलाइ गरेको र १५ वर्ष अघि नै श्रीमानको मृत्यु भएपछि वृद्धालाई नागरिकता लिन झनै समस्या भएको थियो ।

बुढेसकालमा नागरिकताविहीन वृद्धलाई सामाजिक सुरक्षाभत्ता र राज्यबाट प्राप्त हुने अन्य सेवासुविधाबाट समेत वञ्चित हुनुपरेकाले वडाध्यक्षको रोहबरमा नागरिकता दिलाइएको हो ।

वृद्धा राईले यसअघि देखिनै नागरिकता लिने प्रयास गरेको भए पनि आफन्त कसैले चासो नदिएको र ज्ञानको अभावबाट नागरिकता प्रमाणपत्रबाट वञ्चित हुँदै आएकी थिइन्।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार चौदण्डी गढी– १ का वडा प्रतिनिधिहरूको रोहबरमा वृद्धा राईले नागरिकता लिएको र अब उनले सामाजिक सुरक्षा भत्ताको लागि पनि तत्कालै पहल र राष्ट्रिय परिचयपत्रको नम्बर पनि व्यवस्था गरिएको प्रजिअ लुइँटेलले बताए ।

वास्तविक नेपाली नागरिक भएर नागरिकता प्रमाणपत्रबाट वञ्चित हुनु दुःखद भएको प्रजिअ लुइँटेलले बताए । वृद्धा राईको तीन भाइ, दुई सन्तान रहेको चौदण्डी गढी– १ का वडाध्यक्ष राईले जानकारी दिए ।

उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’ नरोकिने

काठमाडौं। प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौंभरि नै अपरेशन जारी रहेको बताए ।

‘गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौंमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै छ’, अधिकारीले भने ।

उक्त अभियानअन्तर्गत प्रहरीले शुक्रबार काठमाडौंको महराजगञ्जस्थित होटेल साम्बालाबाट ४७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ४७ जनामध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हितविपरीत गतिविधि गरेको कसुरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

उनले बाँकी २८ जनालाई भने प्रहरीमा हाजिर हुने गरी छाडिएको र उनीहरूमाथि पनि अनुसन्धान भने जारी रहेको बताए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौंमा आपराधिक गतिविधिविरुद्धको अपरेशन जारी रहेको प्रहरीले जनाएको छ ।

दोस्रो दिनको माओवादी स्थायी समिति बैठक जारी

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ।पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार सुरु बैठक आज दोस्रो दिनमा प्रवेश गरेको हो।

बैठक केही बेरअघि अर्थात् बिहान ११ बजेपछि सुरु भएको हो।बैठकमा आज स्थायी समिति सदस्यहरूले प्रस्तुत एजेन्डाका विषयमा आफ्ना धारणा राख्नेछन्।

माओवादी स्थायी समितिमा पदाधिकारीसहित ४६ सदस्य छन्।बैठकको पहिलो दिन शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले समसामियक राजनीतिक विषयमा ब्रिफिङ गर्दै केन्द्रीय समितिको बैठक असोज तेस्रो साता राख्ने प्रस्ताव गरेका छन्।

बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएका विषयमा पनि स्थायी समिति सदस्यहरूले मत राख्नेछन्।

विदेशबाट फर्किएका नेपालीहरू समृद्धिको सारथी : उद्योग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विदेशबाट फर्किएका नेपालीहरूलाई अब केवल रेमिटर नभई राष्ट्रका लगानीकर्ता, सीपका संवाहक र समृद्धिका सारथीको रूपमा परिभाषित गर्नुपर्ने बताएका छन् ।

रिटर्नी फेडेरेसन नेपालद्वारा काठ्माण्डौँमा आयोजित ‘नवयुग उद्यमशाला’मा बोल्दै मन्त्री भण्डारीले विदेशमा आर्जन गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई नेपालको माटोसँग जोड्ने अभियानको स्वागत गरे । उनले भने, “नेपाल अब केवल विप्रेषणमा भर पर्ने अवस्थामा छैन । तपाईंहरूजस्ता रिटर्नी उद्यमीहरूको अन्तर्राष्ट्रिय अनुभव र लगानीलाई राष्ट्रनिर्माणको मूल प्रवाहमा ल्याउनु हाम्रो प्राथमिकता हो ।”

उनले दुई ठुला दलको सहकार्यमा बनेको वर्तमान सरकारले विकास निर्माणका अधिकांश कामहरु सु–सम्पन्न गरिरहेको भएपनि केही कानुनी झण्जट अझै कायम रहेको बताए । उनले भने, “सरकार निर्यात सहजीकरणमा लागिरहेको छ, तर केही समस्याहरु अवश्य छन् । प्रधानमन्त्री ज्यूको चीन भ्रमणका बखत धेरै बस्तुहरु निर्यातको सम्झौता भएको छ, तर ती सबै बस्तु चीनको प्रयोगसालाको मापदण्ड अनुसार गुणस्तरीय हुनुपर्ने हुन्छ त्यसैगरी भारत निर्यात हुने सामग्रीमा बिआइएस अनिवार्य हुन्छ, हामीलेपनि नेपाल आयात हुने सामग्रीहरुमा नेपाल गुणस्तर अनिवार्य गर्न खोजेका छौँ ।”

उनले ‘नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ लाई रिटर्नीहरूको सामूहिक लगानीको सफल उदाहरण बताउँदै, यसले साना व्यक्तिगत जोखिमलाई कम गर्दै ठूलो व्यवसायिक सम्भावनाको ढोका खोल्ने बताए । सरकारले उद्यमीहरुका लागि स्टार्टअप लगायतका केही आर्कषक कार्यक्रम ल्याएको उल्लेख गरे ।

नेपालको अर्थतन्त्र पुनरुत्थानको चरणमा रहेको उल्लेख गर्दै उनले भने, “हाम्रो प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १४९६ अमेरिकी डलर पुग्नुले हाम्रो आर्थिक यात्रा सहि दिसामा रहेको संकेत गर्छ, आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहेको छ । अब यो स्थितिलाई थप सबल बनाउन रिटर्नीहरूको लगानी अपरिहार्य छ ।”

कार्यक्रममा उनले सरकार उद्यममैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको, लगानी सुरक्षाको ग्यारेन्टी दिने र नीति तथा कानुनहरूमा आवश्यक सुधार गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

मन्त्री भण्डारीले रिटर्नीहरूको ज्ञान, सीप, पूँजी र जाँगरलाई समृद्ध नेपालको दिगो आधार बनाउने सन्देश दिँदै कार्यशालाको सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथी रहेका नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मेहेनती उद्यमीहरु अवश्य सफल हुनेमा जोड दिए । उनले नेपाल दुनियासँग प्रतिस्प्रधा गर्न नसक्ने भन्ने भाष्य त्याग्नुपर्ने बताए । उनले अभाव र संघर्ष बाट नै समृद्धि कायम गरिने विश्वास व्यक्त गरे ।

बहुविवाहको कानुन ल्याउन लागेको भन्‍दै बिनु यादवको आमरण अनशन (तस्वीरहरू)

काठमाडौँ । सरकारले बहुविवाहलाई कानुनी मान्यता दिन सक्ने मस्यौदा ल्याउने तयारी गरिरहेको खबर बाहिरिएसँगै बिनु यादवले त्यसको विरोधमा माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेकी छिन्।

आफ्नै प्रेमीबाट बलात्कृत भएको भन्‍दै ७ वर्षदेखि न्याय माग्दै आइरहेकी बिनु यादवले माइतीघरमा बहुविवाह विरुद्ध सेतो सारी लगाएर आमरण अनसन बसेकी हुन् ।

प्रहरी, प्रशासन र अदालतमा धाइरहेकी तर कतैबाट न्याय पाउन नसकेकी उनी बहुविवाह गर्न पाउने कानुन ल्याउने सरकारको तयारीप्रति विरोध जनाउँदै सडकमा अनशनमा बसेकी हुन् । यसअघि उनी पटक-पटक माइतीघरमा अनशन बसिसकेकी छिन् ।

उनको लडाईँ २०७५ बैशाखबाट सुरु भएको थियो । उक्त समयमा उनी प्रेमीबाट बलात्कार भएको जाहेरी लिएर कालिमाटीस्थित प्रहरी कार्यालय पुगेकी थिइन् ।

त्यसपछि २०७६ मंसिरमा उनका प्रेमी रामेछापका प्रदीप कठायतसँग विवाह भएको थियो । विवाह भएर घर जाँदा उनले चरम घरेलु हिंसा भोग्नुपरेको उनको भनाई छ । उनका अनुसार उनलाई जबरजस्ती गर्भपतन समेत गराइएको थियो । उनका श्रीमान्ले बिनुविरुद्ध २०७७ सालमा सम्बन्धविच्छेद मुद्दा हालेका थिए ।

७ वैशाख ०७९ मा रामेछाप जिल्ला अदालतका न्यायाधीश बद्रिप्रसाद ओलीको इजलासले सम्बन्ध विच्छेद हुने फैसला गर्‍यो । सो समयमा बिनुले अदालतमै विष सेवन गरेकी थिइन् ।त्यसपछि उनी निरन्तर आफ्नो न्यायको लागि लड्दै आएकी छिन् ।

हेर्नुहोस्  तस्वीरहरू : 

 

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताएका छन् । काठमाडौंमा आज कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसीसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सूचना प्रविधिमा रोजगारको प्रशस्त सम्भावना रहेको बताए ।

सूचना प्रविधिको क्षेत्रमा भएको विकासले विभिन्न देश धेरै अगाडि पुगेका उनको भनाइ थियो । ‘नेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् । तर, प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र सूचना प्रविधिको संरचनाको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको छ’, सञ्चारमन्त्री गुरुङले भने । सूचना प्रविधिको क्षेत्रमै भविष्यको लक्ष्य निर्धारण गरेर अब्बल बन्छु भन्ने सिर्जनशील युवाका लागि नेपालमै रोजगार पाउने अवसर बिस्तारै राज्यले निर्माण गर्ने उनले विश्वास दिलाए ।

‘यो वर्ष हामी सूचना प्रविधि सम्बन्धी संरचना निर्माण गर्नेदेखि फोर जी घर–घर पुर्‍याउने र फाइभ जी लञ्च गर्ने भएका छौँ’, नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘अबको विकास भनेको सूचना प्रविधिको समृद्धि नै हो ।’

मधेस प्रदेशको खडेरीमा सरकारले ठोस कदम नचालेको भन्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौँ । तराइको खडेरीमा नेपाल सरकारले केही ठोस कदम नचालेको भन्दै मधेस कृषि–जल आन्दोलन सङ्घर्ष समितिले माइतीघरमा प्रदर्शन गरेको छ ।

‘तराई–मधेसको अस्तित्व र अस्मिताका लागि सङ्घर्ष’ भन्ने नारा सहित समितिले साङ्केतिक रूपमा धानको गाँज, हलो, उखु लगायतका सामाग्री बोकेर प्रदर्शन गरेको हो ।

‘नेपाल सरकारले लामो समयदेखि तराई मधेसप्रति उपेक्षा, शोषण र बेवास्ताको नीति अपनाउँदै आएको यथार्थ आज फेरि पनि देखिएको छ। चुरे विनाश, अवैज्ञानिक उत्खनन, बन अतिक्रमण, सिँचाइको अभाव र वातावरणीय असन्तुलनले गर्दा आज तराई मधेस मरुभूमितिर अघि बढ्दैछ। भूमिगत पानीको सतह घटेको छ, कृषियोग्य जमिन बाँझिएको छ, जनता प्यासले तड्पिरहेका छन् र सरकार मौन छ। यो अवस्था स्वीकार्य छैन। मधेस अब चुप छैन’ समितिले जारी गरेको अपिलमा उल्लेख छ ।

 

समितिले राखेका ७ बुँदे माग सहितको विज्ञप्ती :-

 

 

 

 

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते

काभ्रपलाञ्चोक । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीनजना बालबालिका घाइते भएका छन् । आज दिउँसो अविरल वर्षासँगै आएको पहिरोले सालको रुख टहरामा खसेको थियो ।

घटनामा टहरामा ओत लागेका नौ वर्षीय सार्की थिङ र १६ वर्षीय शन्ता गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । उनका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएकोहो । यस्तै, १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र सात वर्षीय सुशील थिङ घाइते भएका छन् । तीनै जनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सवारी लाइसेन्सको अवधि अब १० वर्षसम्म कायम

काठमाडौं।  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष पुगेको छ।

केहि नेपाल ऐन संशोधनले सवारी चालक अनुमतिपत्र दिइएको मितिले १० वर्षसम्म कायम हुने व्यवस्था गरेको हो।

यस अघि ५ वर्षसम्म मात्रै म्याद कायम रहने व्यवस्था थियो।जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो। ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ।

यस्तै जाँचपाँचसको प्रमाणपत्रको अवधि नयाँ सवारी दर्ता भएको मितिले पाँच वर्षसम्मका लागि एक वर्षसम्म र त्यो बाहेकका सवारीको हकमा भने ६ महिनासम्म रहने व्यवस्था गरिएको छ।

झलनाथ खनाललाई पार्टीबाट विदा हुन माधव नेपालको सुझाव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टी नीति विपरीत बोलेकाले पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।

शुक्रबार विराटनगरमा पार्टीका सम्मानित नेता ‘झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको भन्नुभएछ’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा जवाफ दिँदै अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिए ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालले आजकाल त एआईको जमाना पनि छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ भन्दै यदि त्यो बोलेको हो भने पार्टीबाट बिदा गरिदिने बताए।

नेपालले भने, ‘पार्टीमा बस्ने ठाउँ नै रहेन नि, नैतिक अधिकार नै छैन, खुरुक्क राजीनामा दिनु पर्छ बिदा लिएर जानु पर्छ।’

झलनाथ खनाल संस्थागत पार्टीको निर्णय उल्लंघन गर्ने कुरामा एक नम्बर रहेको समेत भन्न भ्याए। उनले रामकुमारी झाँक्रीलाई पनि स्पष्टीकरण सोधिएकोले कारबाही हुने स्पष्ट पारे। पार्टीको सङ्गठनका निर्णयहरू उल्लंघन गर्ने व्यक्तिहरूलाई कारबाही गरिने नेपालको भनाई छ।

हृदयन्द्रको जुम्ला भ्रमणको भिडियोबारे माओवादी सांसदको कडा टिप्पणी

काठमाडौँ । पूर्व नवयुवराज हृदयेन्द्र वीरविक्रम शाहको ‘जुम्ला भ्लग’लाई लिएर नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामाले तीव्र असन्तुष्टि पोखेकी छिन् । जुम्लाको पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले बनाइएको शाहको ‘भ्लग’लाई लिएर लामाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि पोखेकी हुन् ।

हृदयन्द्रको उक्त भिडियोलाई लिएर सांसद छिरिङले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो भँडास पोखेकी छन् । उनले फेसबुकमार्फत इतिहासका प्रसंगसमेत तोडमोड गर्दै जुम्लाको भूमिमा फेरि अपवित्र षड्यन्त्रको रचना भइरहेको दाबी गरेकी छन् ।
हृदयन्द्रको जुम्ला भ्रमणको  भ्लगले निकै नै चर्चा कमाइरहेका बेला जुम्लाकी माओवादी सांसदले भने रिसले आगो भएकी छन् । साथै उनले हृदयन्द्रको भिडिओलाई मिडियाले समाचार बनाएकोप्रति पनि लामाले आपत्ति जनाएकी छिन् ।

संघीय प्रतिनिधिसभामा जुम्लाबाट प्रतिनिधित्व गरेकी लामाले देशलाई शाहकै जिजु बाजेहरूले नै कंगाल बनाएको आरोप लगाएकी छिन् । दरबारमा भोटे कुकुरका छाउरा हुर्केझैँ ऐस आरामले हुर्केकाले जुम्लालाई चिनाउन आवश्यक नभएको लामाले आक्रोश पोखेकी छिन् ।

‘उसको पूरै वंश जिजु बाजेहरूले देशलाई कंगाल हुने गरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा एेस आरामले बिलासी जीवन बिताइरहेको भोटे कुकुर को छाउरा हुर्के झै गरेर हुर्काएको साँढे प्रवृत्ति जस्तैले चिनाउनुपर्छ र  ? जुम्लालाई चिनाउने विषयमा हृदयेन्द्र शाहको भन्दा ब्लगर सिर्जना सिज्जु लगायत धेरैको ब्लग अझ धेरै राम्रो र स्पष्ट छ तर विडम्बना सिर्जनाको ब्लगले  न त कुनै सामाजिक अभियन्ताले चर्चा गर्‍यो न त कुनै मिडियाको हेडलाइन बन्यो। किनकि उनी राजपरिवारको सदस्य होइन’, उनले लेखेकी छिन् ।

शाहको ‘भ्लग’मा देखाइएको जुम्लाको विकास २३८ वर्षे राजतन्त्रले नभई १५ वर्षमा गणतन्त्रले गरेको उनले जिकिर गरेकी छन् ।

अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता

काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ६ घण्टासम्म कृतिम श्वास दिई नवजात शिशुको ज्यान जोगाउने बैतडीको सिगासकी अनमी जानकी पुजारा साउदसँग फोन संवाद गरेका छन् ।

संवादका क्रममा मन्त्री भण्डारीले सिगास जस्तो दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा आफ्ना जिम्मेवारीहरू अत्यन्त निष्ठापूर्वक र प्रभावकारी रूपमा निर्वाह गरी राज्यको ध्यान आकर्षित गर्न सफल भएकोमा पुजाराको कामको उच्च प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । उनले पुजारालाई उत्कृष्ट स्वास्थ्यकर्मीको रूपमा परिचित हुन सफल भएकोमा बधाई दिँदै, आगामी दिनमा पनि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरे ।उनले भने, “तपाईंलगायत अरू पनि स्वास्थ्यकर्मीहरूले काम गर्ने सिलसिलामा कुनै अप्ठ्यारो परेमा वा मेरो तर्फबाट गर्नुपर्ने कुनैपनि कामका लागि जुनसुकै बेला फोन गर्न सक्नुहुन्छ, म तत्कालै समस्या समाधानका लागि पहल गर्नेछु ।”

फोन संवादकै क्रममा स्वास्थ्यकर्मी पुजाराले आफ्नो कार्यक्षेत्रमा भौतिक पूर्वाधार र स्वास्थ्य सामग्रीको अभाव रहेको भन्दै पहल गरिदिन आग्रह गरे । जवाफमा मन्त्री भण्डारीले विगतमा सिगासमा तीनवटा स्वास्थ्य संस्था निर्माणका लागि पहल गरिएको स्मरण गराउँदै, आगामी दिनमा पनि आवश्यक भौतिक पूर्वाधार र स्वास्थ्य सामग्री उपलब्ध गराउन सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्वास्थ्य सेवा प्रणाली सुदृढ बनाउन आवश्यक उपकरण र सुविधाहरूको सूची आफूलाई उपलब्ध गराउन पनि अनुरोध गरे ।

यसैबीच, मन्त्री भण्डारीले सिगास स्वास्थ्य चौकीमा खानेपानीको समस्या आएको गुनासोप्रति ध्यान दिँदै, सो समस्या समाधानका लागि कार्यान्वयनको चरणमा रहेको हल्काशैनी लिफ्ट खानेपानी योजनाको स्कीम थप गरी स्वास्थ्य चौकी, भुवन भाष्कर मावि र आसपासका बस्तीमा खानेपानी पु¥याउने गरी सम्बन्धित निकायलाई निर्देशन दिने जानकारी दिए ।

गत बिहीबार ६ घण्टा मुखबाटै अक्सिजन दिएर अनमी पुजारा सिगास–४की लक्ष्मी धामीले जन्मदिएको शिशुको ज्यान बचाउन सफल भएकी थिइन् । राति २० वर्षीया धामीले शिशुलाई जन्म दिएकी थिइन् । शिशुको श्वास निकै सुस्त चल्न थालेपछि स्थलमार्ग र हवाइमार्गबाट समेत उद्धारको अवस्था नभएको अवस्थामा अनमी पुजाराले शिशुलाई मुखबाटै श्वास दिएर ज्यान जोगाएकी हुन् । उनको कामको अहिले चैतर्फी प्रशंसा भैरहेको छ ।

मुलुकलाई लागू औषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागू औषध नियन्त्रण व्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताए ।

उनले भने, ‘लागू औषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ । त्यसैले हामीले एक वर्षमा लागू औषधविरुद्धको महाअभियान लागू गरेका थियौं । त्यो अभियान सार्थक भएको छ ।’

विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए । ‘आगामी दिनमा थप प्रभावकारी ढंगले यो चुनौतिको सामना गर्नु छ । स्रोत साधानको कमी भएपनि चहाँदा धेरै काम गर्न सकिन्छ । त्यो यो एक वर्षमा देखिएको छ,’ उनले भने । लागू औषधको विगविगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

‘खास गरेर युवाहरुमा यसको लत देखिएको छ । देशको भविष्य जोडिएको युवा शक्ति लागू औषधमा फसको देखिएको छ, उनले भने, ‘लागू औषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ । लागू औषधको अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागू औषधविरुद्ध अभियान चलाउन आवश्यक छ । यो प्रहरीको मात्र होइन । सबै मानिसको जिम्मेवारी हो ।’

यस्तै गृहमन्त्री लेखकले लागू औषध व्युरोलाई विभागकै रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनु भयो । ‘लागू औषध व्युरोलाई विभागका रुपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ, ‘उनले भने ।

गृहमन्त्रीले लागू औषध व्युरोलाई विभागका रुपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए । कार्यक्रममा महानिरीक्षक थापाले लागू औषध व्युरोलाई विभागका रुपमा विकास गर्ने गृहमन्त्रीको प्रस्ताव सराहनीय रहेको बताए ।

निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ: प्रधानमन्त्री

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ।

प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन्। संघ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता भएको थियो। प्रदेशका १३ जिल्ला र ११९ पालिका पूर्ण खोप भएपछि प्रदेशस्तरमा घोषणा गरिएको हो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गरे। कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको डिजिटल हेल्थ कार्यक्रमको पनि उद्घाटन गरे।

प्रधानमन्त्री ओलीले पूर्ण खोप घोषणा भएकामा प्रदेशलाई बधाई दिँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य प्राप्तिका लागि निरोगी नेपाल अभियान सञ्चालन गरिएको बताए। उनले नेपालमा मानिसका साथै पशुपंक्षी र वनस्पति पनि निरोगी हुन् तथा सहर र गाउँ सफा रहुन् भन्ने सोचका साथ काम गर्नुपर्नेमा जोड दिए।

‘रोग लाग्न सक्छ तर हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ। त्यसको एउटा उपाय खोप हो। यो अभियान सफल हुँदै गएकामा म खुसी व्यक्त गर्दछु‘, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा समावेश गरेको छ। उक्त हक प्राप्तिको दिशामा खोप अभियान सार्थक भएको छ। आगामी २०८३ मा हामी विकासशील मुलुकमा स्तरोन्नती हुँदैछौँ। त्यसका लागि पनि यो अभियान महत्वपूर्ण साबित भएको छ। अरु प्रदेशमा यस्ता अभियान सञ्चालनमा हामीले प्रेरित गर्नुपर्नेछ।‘

प्रधानमन्त्री ओलीले खोप अभियानका क्रममा उत्कृष्ट कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वंसेविकाहरुलाई सम्मान प्रदान गरे। प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य क्षेत्रको निरन्तर खटाइबाट पूर्ण खोप अभियान सफल भएको बताए।

 

रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ: ऊर्जा मन्त्री खड्का

खाँदबारी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव रहेको बताएका छन् । सङ्खुवासभालाई जलविद्युत्को केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने पनि उनले बताए।

खाँदबारी नगरपालिका–१ मा पावर हाउस सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी २० दिने तालिमको उद्घाटन समारोहमा आज उनले अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथोजस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा रहेकाले यिनको यसबाट स्थानीय युवाले लाभ लिनुपर्ने बताए । मन्त्री खड्काले आयोजनाको दीर्घकालीन लाभ र सफलताका लागि प्राविधिक सीप हासिल गरेका स्थानीय युवाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताए।

“जलविद्युत्को सम्भावनासहितको जिल्लामा सीप विकासमार्फत युवालाई आत्मनिर्भर र आर्थिक रूपले सबल बनाउँदै रोजगारी सृजना गर्नु आजको आवश्यकता हो । सीप विकास रोजगारीको आधार मात्रै होइन, आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि हो”, उनले भने ।

ऊर्जामन्त्री खड्काले खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गर्ने योजना रहेको जनाउँदै स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान, विद्युतीय क्षेत्रका मिस्त्रीजस्ता विभिन्न शाखाका तालिम सञ्चालन गरिने जानकारी दिए ।

खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाले तालिमले युवामा आशा, सम्भावना र आत्मनिर्भरताको भावना जागृत गर्ने भएकाले नगरपालिकाले यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू (तस्बिरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठक ३ दिनसम्म चल्ने बताइएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक परिस्थितिको ब्रिफिङ गर्नेछन् ।

यस्तै पोखरामा आएर रोकिएको जागरण अभियानलाई निरन्तरताबारे छलफल गर्ने र केन्द्रीय समितिको मिति तय गर्नेछ ।

 

मेरो भ्रष्टाचारको केस नै होइन, प्रतिशोध हाे : माधव नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिशोध साँध्न आफूलाई मुद्दा लगाइएको दाबी गरेका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यो प्रकरण राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको जिकिर गरे।

उनले आफूले जिन्दगीमा एक पैसा पनि तलमाथि नगरेको दाबी गर्दै भने, ‘मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो। जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन।’

यो प्रकरण राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको दाबी उनको छ । उनले आफूले जिन्दगीमा एक पैसा पनि तलमाथि नगरेको दाबी गरे ।

सिरियाका लागि विद्युत आपूर्ति बढाउन कतारद्वारा योजना विस्तार

दोहा । कतारले टर्कीएमार्फत अजरबैजानी ग्यासको डेलिभरीको लागि भुक्तानी गरेर सिरियामा विद्युत आपूर्ति बढाउन आफ्नो योजना विस्तार गर्ने भएको कतार विकास कोषले बिहीबार घोषणा गरेको छ।

सिरियामा लामो समयदेखि विद्युत् कटौतीलाई कम गर्ने उद्देश्यले गरिएको यो वितरणले कतारी योजनाको उत्पादन क्षमता प्रतिदिन ८०० मेगावाट पु¥याउने कतार फन्ड फर डेभलपमेन्टले जनाएको छ ।

सिरियामा १४ वर्ष लामो गृहयुद्धका कारण त्यहाँको विद्युत् पूर्वाधार ध्वस्त भएको छ भने उपभोक्ताले दैनिक २० घण्टासम्म विद्युत् कटौती गरेका छन् ।

कतारी योजनाको पहिलो चरण जोर्डन हुँदै मार्चमा सुरु भएको थियो र दैनिक ४०० मेगावाट बिजुली उपलब्ध गराइएको थियो ।

“शनिबारदेखि अलेप्पो पावर स्टेशनमा नयाँ आपूर्ति प्राप्त हुनेछ र विभिन्न शहर र छिमेकमा बिजुली आपूर्ति गरिनेछ,” कोषले भनेको छ।

लामो समयदेखि राष्ट्रपति रहेका बशर अल असदलाई गत डिसेम्बरमा सत्ताच्युत गरेपछि सिरियामा गठन भएको इस्लामवादी नेतृत्वको अन्तरिम सरकारका प्रमुख विदेशी समर्थकमध्ये कतार र टर्कीए पनि हुन् ।

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जान लागेका छन् ।

राष्ट्रिय कोदो दिवस मनाइँदै

काठमाडौँ । कोदो बालीको संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज पहिलो राष्ट्रिय कोदो दिवस मनाइँदै छ ।

मन्त्रिपरिषद्को गत असार तेस्रो साताको बैठकले गरेको निर्णय अनुसार आज पहिलो राष्ट्रिय कोदो दिवस मनाउन लागिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयको प्रस्तावमा सरकारले राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको थियो ।

सन् २०२३ लाई संयुक्त राष्ट्र सङ्घले पनि कोदोजन्य बाली वर्षको रुपमा मनाएको थियो । कोदो उत्पादनलाई प्रोत्साहनका निम्ति मन्त्रालयको चमेनागृहलेसमेत कोदोका परिकार नियमित बनाउने गरेको छ । केही वर्षअघि दुवै छाक भातका लागि मरिहत्ते गर्नेले आजको दिनमा स्वास्थ्यका लागि कोदोको खोले र रोटी खान थालेका छन् ।

कोदोका परिकार कहाँ पाइन्छ भनेर धेरैतिर मानिस भौँतारिएर हिँड्ने गरका छन् । अहिले अस्वस्थ खाना खाँदा १८ देखि २० वर्षका बालबालिका कुपोषण जस्ता रोगसँग जुध्न बाध्य छन् । पोषणका लागि कोदोका अनाज नियमित खानुपर्ने चिकित्सकले सल्लाह दिन थालेका छन् । यस अवसरमा कोदो दिवस मूल समारोह समिति भक्तपुरको चाँगुनारायण नगरपालिकामा कार्यक्रम आयोजना गरेको मन्त्रालयले जनाएको छ ।

नेपाली कांग्रेसले पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा कोदो दिवससम्बन्धी कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय किसान समूह महासङ्घ र एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिस्टस् (अनाज)ले पनि आज कार्यक्रम गर्न लागेको छ । कृषि विज्ञ डा कृष्णप्रसाद पौडेल भविष्यमा खाद्य सङ्कट हुने भन्दै समयमा नै कोदो संरक्षण गरेर राख्नुपर्ने बताउनुहुन्छ । कोदो दिवस मनाउँदै गर्दा करोडौँको आयात हुने कोदोको आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने उनले बताए । राम्रोसँग भण्डारण गरेमा कोदो सयौँ वर्ष सुरक्षित रहने भएकाले कोदो नै भविष्यमा खाद्य सङ्कट हटाउन सहयोगी हुने कृषि विज्ञ पौडेलको भनाइ छ ।

कोदोमा अन्य बालीमा जस्तो विषादी, रासायनिक मल जस्ता पदार्थ हाल्न नपर्ने भएकाले यो स्वस्थ र देशका लागि नै फाइदा हुने बताइन्छ । नेपाल कुपोषणको दुष्च्रकमा फसेको र विद्यालय पढ्ने बालबालिका कुपोषणबाट पीडित भइरहेकाले यसबाट बच्न कोदोजन्य बालीको उत्पादन प्रवद्र्धन गर्नुपर्ने कृषि विज्ञहरुको भनाइ छ ।

कृषि मन्त्रालयले कोदो प्रवद्र्धनको मुख्य अधिकारीका रुपमा सहसचिव रामकृष्ण श्रेष्ठलाई तोकेको छ । पछिल्लो समयमा कोदोको उपयोग बढ्दै गए पनि कोदो उत्पादनमा व्यावसायिकता र किसानलाई आकर्षण गर्न आवश्यक काम हुन सकेको छैन । सिमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन तथा आयातले आन्तरिक उत्पादन विस्थापन गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा रु सात करोड १५ लाख बराबरको कोदो आयात भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७७/७८ मा रु सात करोड २२ लाख, आव २०७९/८० मा रु ७३ करोड २० लाख र आर्थिक वर्ष २०८०/८१ मा मात्र रु ७५ करोड ४४ लाख २२ हजार ६५९ बराबरको कोदो आयात भएको सरकारी तथ्याङ्क छ ।