`

नेपाल र नेपाली डायस्पोरामा मानसिक स्वास्थ्यको समस्या विकराल: स्वास्थ्य विज्ञ

नेपाल र नेपाली डायस्पोरामा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै गएको भन्दै स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

गैरआवासीयनेपाली संघ (एनआरएनए) को महिला विभाग अन्तर्गतको महिला स्वास्थ्य तथा  शिक्षा कार्यदलले आयोजना गरेको ‘स्वास्थ्य सचेतना र सल्लाह’ कार्यक्रममा स्वास्थ्य विज्ञहरुले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या र त्यसका कारण आत्महत्या जस्ता गम्भीर घटनाहरु बढीरहेको भन्दैचिन्ता व्यक्त गर्दै ती समस्या सम्बोधनका लागि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् । कार्यदलकी अध्यक्ष एवं कार्यक्रम संयोजक डा एलिनी पोखरेल सुवेदीका अनुसार  विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई नै स्वास्थ्य सेवा दिने उद्देश्यले सोकार्यक्रमको थालनी गरिएको हो । भर्चुअल माध्यमबाट आज (२९ जनवरी २०२३) पहिलो चरणको कार्यक्रम एसिया प्यासिफिक क्षेत्रबाट सुरु गरिएको हो ।

कार्यक्रममा  त्रिभुवन विश्व विद्यालयका प्रोफेसर. डा. सरोज प्रसाद ओझा ( मनोचिकित्सक) ले मानसिक स्वास्थ्यका बारेमा अध्ययनपत्र प्रस्तुतगर्दै नेपालसहित विदेशमा रहेका नेपालीहरु मानसिक स्वास्थ्य समस्याको जोखिममा धकेलिने क्रम बढ्दो रुपमा रहेको बताए ।  नेपालमा मानसिक स्वास्थ्यका कारण आत्महत्याका घटना बढ्दो क्रममा रहेकोले यससम्बन्धमा गम्भीर हुनुपर्ने बताए । उनका अनुसार नेपालमा मात्रै नभई डायस्पोरामा रहेका नेपालीमा पनि मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको भन्दै उहाँले सरोकारवाला सबै मिलेर उक्त स्वास्थ्य जोखिमन्यूनीकरणका लागि काम गर्नुपर्ने  छ ।

उनले भने,  “मानसिक स्वास्थ्य समस्याका विषयमा खुलेर कुरा गर्न रुचाउँदैनन् ,करीब ९० प्रतिशतले मानसिक स्वास्थ्य परामर्श नै पाउँदैन नकी उनीहरुले आफ्नो समस्या खुलेर व्यक्त गर्दैनन् वा गर्नका लागि उचित स्थान वा मौका नै पाउँदैनन्, मानसिक स्वास्थ्य बिना कुनै मान्छे स्वस्थ हुन सक्दैन तर यो बुझाउन सकिएको छैन ।” उनका अनुसार ८० प्रतिशत आत्महत्या मानसिक स्वास्थ्यका कारण हुने गरेको पाइएको छ । २५ प्रतिशत नेपालीमा मानसिक स्वास्थ्य समस्या हुने र समस्याग्रस्त मध्ये ९० प्रतिशत मानसिक स्वास्थ्य सेवाको पहुँच बाहिर हुने गरेको डा ओझाले बताए । मनोपरामर्श, खानपान र शारीरिक व्यायाम, योग, ध्यान लगायतका गतिविधिमा ध्यान दिन प्रोत्साहन गर्न सके समस्याकेही हदसम्म समाधान हुने उनको भनाई थियो ।

कार्यक्रममा हाल दक्षिण अफ्रिकामा रहनुभएका डा पुष्पराज भट्टराईले  महिलाहरुमा हुने स्तन क्यान्सरको सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका छन् । डाभ ट्टराईले सहजै निधान  गर्न सक्ने भएपनि सचेतनाका अभावका कारण स्तन क्यान्सर विकराल बन्दै गएको बताए ।  विश्वभर, प्रत्येक ८महिलामा १ जनामा स्तन क्यान्सर हुने सम्भावना रहने भन्दै डा भट्टराईले नेपाल र डायस्पोरामा पनि स्तन क्यान्सरका सम्बन्धमा बृहत रुपमासचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उनले भने,, “सजिलै निधान गर्न सकिने र उपचार हुने भएपनि चेतना अभाव वा भनौं व्यक्ति जागरुक नहुँदा यो क्यान्सर घातक बन्दै गइरहेको छ, समयमै उपचार पाए यो समस्या ९० प्रतिशतसम्म उपचार गर्न सकिन्छ ।” विकसित राष्ट्रमा पनि स्तन क्यान्सरको समस्या बढ्दो क्रममा रहेको भन्दै डा भट्टराईले नेपाल र डायस्पोरामा बृहत रुपमा सचेतनामुलुक कार्यक्रमसञ्चालन गर्न जरुरी भएको बताए ।  सन् २०२० मा जारी एक अध्ययन प्रतिवेदन अनुसार विश्वभर सबैभन्दा २२ लाख भन्दा बढीमा स्तनक्यान्सर पत्ता लागेको थियो ।

बेलायतका डा अमृत पोखरेलले महिलाहरुको प्रजनन अंगमा हुने क्यान्सरका विषयमा आफ्नो प्रस्तुती गरेका छन्। डा पोखरेलका अनुसार पछिल्लो समय महिलाको योनी, पाठेघरभित्र र पाठेघरको मुखको क्यान्सर, अण्डाशयको क्यान्सर बढ्दो क्रममा रहेको बताउनुभयो । क्यान्सरजस्तो घातक रोगको बारेमा जनचेतना अभावमा कयौंको ज्यान जाने गरेकोले त्यस सम्बन्धमा व्यापक जनचेतना र सरकार र सरोकारवालासँगकोसमन्वयमा रणनीतिक योजना बनाएर अघि बढ्नुपर्नेमा डा पोखरेलले जोड दिनुभयो ।

कार्यदलकी सहअध्यक्ष  हाल जापानमा रहनुभएकी जनस्वास्थ्य स्कलर एलिजा केसी भण्डारीले स्वास्थ्य बीमाको महत्वमाथि प्रकाश पारेकी थिइन् ्स्वास्थ्य बीमालाई सही तरिकाले प्रयोग गर्न सके सहजै स्वास्थ्य सेवाको पहुँचमा पुग्न सकिने उनको भनाई थियो । संसारका कोही पनि मानिसले कुनै पनि हालतमा स्वास्थ्य सुविधा पाउनुपर्ने भन्दै समान पहुँचका लागि स्वास्थ्य बीमा फलदायी हुनसक्ने,  विदेशमा स्वास्थ्य बीमा के कसरी लिने भन्ने विषयमा उहाँले जानकारी गगराएका छन । यस्तै, साउथ अफ्रिकामा रहनुभएकी कार्यदलकी सचिव सरितापाण्डे भट्टराईले स्वदेश र विदेशमा पनि मानसिक र शारीरिक स्वास्थ्य आवश्यक रहेको भन्दै विश्वभर नेपालीको घनत्व रहेका स्थानमा स्वास्थ्यसेवाको पहुँच स्थापना गर्न आवश्यक रहेकोने बताइन ।

कार्यक्रमको सञ्चालन  एसिया प्यासिफिक महिला डीआरसी, एवं कार्यदलकी क्षेत्रीय संयोजक डा इन्दिरा तिवारीले गर्नुभएको थियो ।  डातिवारीले डायस्पोराका नेपालीका लागि लामो समयदेखि पैरवी गर्दै आउनुभएको छ  । कार्यक्रममा आइसीसी  उपाध्यक्षहरु डा हेमराज शर्मा, उपाध्यक्ष महेश श्रेष्ठ, नारायण आचार्य, ,उपमहासचिव रामशरण सिम्खडा, कोषध्यक्ष फणिन्द्र पन्त, आइसीसी महिला सचिव राधिकागुरुङ,एसिया प्यासिफिक क्षेत्रबाट पारसमणि पोखरेल र डण्डपाणी कँडेल, आएसीसी तथा एनसीसीका अभियन्ता, सञ्चारकर्मी लगायतकोसहभागीता थियो ।

लुम्बिनीमा राष्टियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार सार्वजनिक

बुटबल – आगमी २५ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले लुम्बिनी प्रदेशमा हुने निर्वाचनका लागि सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचनको अन्तिम तयारी पुरा गरेको हो । ३

एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत मतदान हुदैँछ ।

निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुलाई चुनाव चिह्नसमेत प्रदान गरि सकिएको जानकारी दिए। उनका अनुसार एमालेवाट कुमार दसौती, नेपाली कांगेसका माधवपसाद आचार्य, नागरिक उन्मुक्तिवाट राजेन्दृविर राय रहेका छन ।

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य गरी तीन सय पाँचजना मतदाता छन् । जसमा दुई सय १८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरू छन् । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।

आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन

काठमाडौं – इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को अध्यक्षमा सुधीर पराजुली पुनः चयन भएका छन्। आइस्पानको सोमबार सम्पन्न भएको २२औं वार्षिक साधारण सभाबाट पराजुली सर्वसम्मत रुपमा अध्यक्षमा पुनः चुनिएका हुन्।

यसैगरी, उपाध्यक्षमा मनोज अग्रवाल, महासचिवमा नविन कुमार श्रेष्ठ, सचिवमा भने सुरेन क्षेत्री र कोषाध्यक्षमा पुष्कर बडाल चयन भएका छन्।  छानिएका छन्। कार्यकारी सदस्यहरुमा कमल बास्तोला, सुदीप आचार्य, मधु अमात्य र सुजन थापा निर्वाचित भएका छन्।

सूचनाको वर्गीकरण गर्ने निर्णय फिर्ता लिइने

काठमाडौं – नागरिकको सूचनाको हक कुण्ठित हुने गरी सरकारले गोप्य राख्ने भनेर गरेको सूचनाको वर्गीकरण गर्ने निर्णय फिर्ता लिइने भएको छ । मुख्यसचिव शंकरदास वैरागीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा सरोकारवाला पक्षसँगको छलफलमा सूचना वर्गीकरणको निर्णय फिर्ता लिने भएको बताए । अहिलेको निर्णय फिर्ता लिएर संविधान र कानुनअनुसार गोप्य राख्ने सूचना मात्रै संरक्षण गरिने वैरागीले जनाए ।

वैरागीले नागरिकलाई सूचनाको हकबाट बञ्चित नगरिने गरी नयाँ निर्णय हुने बताए । ८७ किसिमका सूचना बढीमा ३० वर्षसम्म गोप्य राख्नुपर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय सूचना आयोगमा कार्यार्थ पठाएको थियो ।

गोप्य राख्ने सूचनामा कालोसूचीमा राखिने ठेकेदार कम्पनी, सरकारी सम्पत्ति उपभोग गर्न दिने लिज सम्झौता, कर छलीका प्रतिवेदनलगायत थिए । भ्रष्टाचारलाई संरक्षण गर्ने उद्देश्यले सूचना वर्गीकरण गरेको भन्दै आलोचना बढेपछि मुख्यसचिव वैरागीले सरोकारवालासँग तत्काल निर्णय स्थगन गर्ने वाचा गरे । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

परराष्ट्र मन्त्री पौडेलेको पहिलो बिदेश भमण श्रीलंकावाट

काठमाडौं – परराष्ट्र मन्त्री बिमला राई पौडेलको पहिलो बिदेश भमण श्रीलंकावाट हुने भएको छ ।

बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि पराराष्ट्र मन्त्री पौडेल श्रीलंका जान लागेकी हुन । उनको श्रीलंका भमणलाई मन्त्रीपरिषदको सोमवार बसेको बैठकले स्विकृत गरेको छ ।

मंगलवार देखी कोलम्बोमा सुरु हुने बिशेष समारोह आर्थिक संकटले टाट परे पछि बौतरिने क्रममा श्रीलंकाले यो बिशेष समारोह आयोजना गरेको हो । सो समारोहमा परराष्ट्र मन्त्री पौडेलले समकक्षी अलि साबिक्रोसहित श्रीलंकाका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछिन ।

रवि लामिछाने : एमाले र माओवादी केन्द्रबीच फरक फरक धारणा

काठमाडौं – वर्तमान सरकार सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रमा रहेका दलहरूमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फरक फरक धारणा आउन थालेको छ। गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाउने कि नपाउने भन्ने विषयमा दुई दलको धारणा बाझिएको हो ।

रास्वपाका रवि लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता निष्क्रिय भएको तर पछि अमेरिकी नागरिकता त्यागेपछि नयाँ नागरिकता लिनुको सट्टा स्वतः खारेज भएको पुरानै नागरिकता प्रयोग गरेको अभियोगमा सर्वोच्चले गरेको फैसलाका कारण उनको सांसद, पार्टी सभापति र उपप्रधानमन्त्री एवं गृहमन्त्री पद खारेज भएको थियो । तर लामिछानेले आइतबार पुनः नयाँ नेपाली नागरिकता लिएपछि फेरि पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएका छन् साथै उपप्रधान एवं गृहमन्त्रीमा पनि फर्किने कोसिस गरिरहेका छन्। नेपालको संविधानअनुसार सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्न पाउने प्रावधान छ ।

सत्ता गठबन्धन निर्माण गर्ने क्रममा रास्वपाको भागमा परेको मन्त्रालय अरू दलले लिन नहुने धारणा एमालेको छ भने माओवादीले चाहिँ आफैसँग राख्न चाहिरहेको छ । माओवादीले गृह मन्त्रालयको बहानामा विपक्षी दलहरूसँग निकटता बढाउन चाहेको चाल पाएपछि एमालेले सो मन्त्रालयको जिम्मेवारी रास्वापालाई नै दिनपर्ने भन्दै दबाव बढाएको हो । माओवादीको यो कसरतलाई एमालेले सत्ता गठबन्धनलाई फेरबदल गर्न खोजेको रूपमा आशङ्का गरेको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

एमसिसी कार्यान्वयनका विषयमा नुल्यान्डको चासो

काठमाडौं – अमेरिकाकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले दुई दिने नेपाल भ्रमणका क्रममा आफ्नो देशको सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी कम्प्याक्ट०सहितका परियोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा चासो व्यक्त गरेकी छन्।

दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेकी नुल्यान्डले सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका शीर्ष नेतासँगको भेटमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको पारदर्शी र प्रभावकारी कार्यान्वयनमा जोड दिएकी हुन्।

दाहाल नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमणमा आएकी उच्चअधिकारी नुल्यान्डले शीर्ष नेतासँगको भेटपछि पाटन दरबार क्षेत्रमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमसिसी परियोजना नेपाली जनताको हितमा भएकाले यसको कार्यान्वयन महत्वपूर्ण रहेको बताइन्।

‘धेरै अमेरिकी नेपालमा लगानी गर्न इच्छुक छन्,’ उनले भनिन्, ‘यहाँ उनीहरूलाई लगानीमैत्री वातावरण कसरी बनाउन सकिन्छ भन्नेबारे पनि हामीले छलफल गर्‍यौं।’ नेपाली नेतासँगको भेटका क्रममा चार विषयमा कुरा गरेको जनाउँदै नुल्यान्डले नेपाल दुई ठूला छिमेकी चीन र भारतबीच रहेको भन्दै मुलुकको हितमा प्रयोग गर्न पनि सुझाएकी छन्।

भारतसँग अमेरिकाको सुमधुर सम्बन्ध रहेको र चीनसँगको सम्बन्ध सुधारमा पनि बाइडेन प्रशासन लागिरहेको बताइन्। ‘यी दुई ठुला मुलुकसँगको भूराजनीतिभन्दा पनि हामी नेपालले आफ्नो हितका विषयमा सार्वभौम निर्णय गरोस् भन्ने चाहन्छौं,’ उनले भनिन्। यो समाचार नागरिक दैनिकमा छ ।

सन्दीप लामिछानेविरुद्ध सर्वोच्च जाने निर्णय

काठमाडौं – जबर्जस्ती करणीको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ । थुनछेक आदेश बदरको माग गर्दै सर्वोच्चमा निवेदन दिने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गरेको हो ।

जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले सन्दीपलाई सर्तसहितको धरौटीमा रिहाइको आदेश पुस २८ गते गरेको थियो । उक्त आदेश प्रचलित कानुनविपरीत रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च जाने निर्णय गरेको हो ।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले आदेशउपर सर्वोच्च जाने निर्णय भइसकेको बताउनुभयो । रेग्मीले भन्नुभयो, “सर्वोच्च जाने निर्णय भइसकेको छ, मस्यौदालाई अन्तिम रूप दिएर एकरदुई दिनमै सर्वोच्चमा दर्ता गर्छौं ।’’

उच्च अदालतले प्रचलित कानुन र स्थापित नजिरविपरीत लामिछानेलाई धरौटीमा राखेर पुर्पक्षको प्रक्रिया अघि बढाउन आदेश गरेको महान्यायाधिवक्ता कार्यालयको निष्कर्ष छ । उच्च अदालतले लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपियाँ धरौटीमा रिहाइको आदेश गरेको थियो । अदालतको आदेशअनुसार लामिछाने पुस २९ गते रिहा हुनुभएको थियो ।

उच्चले जिल्लाको आदेश बदर गर्दै सर्त नमाने तत्काल निष्क्रिय हुनेगरी धरौटीमा रिहाइको आदेश दिएको हो । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले थुनामै राख्नुपर्ने निर्विकल्प अवस्था नरहेको, पीडितको बकपत्र भइसकेको, बकपत्र बदल्नका लागि परिस्थिति सिर्जना गर्ने अवस्थासमेत नरहेकाले धरौटीमा रिहाइको आदेश दिएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

नेकपा एसले प्रधानमन्त्रीलाई आर्थिक संकटवारे ज्ञापन पत्र बुझाउने

काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

आज बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान बृद्धी हुदाँ सर्वसाधरणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुदाँ देश आर्थिक अवस्था नाजुक हुदैँ गएको भन्दै नेकपा एसले ज्ञापन पत्र बुझाउन लागेको हो ।
्

आजको मौसमः कर्णाली र लुम्बिनीमा पानी पर्न सक्ने, हिमाली भु–भागमा हिउँ पर्ने

काठमाडौं – देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको सो महाशाखाले जनाएको छ ।

उता रातको समयमा भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि सामान्यतया  मौसम सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाको भनाई छ ।

धनगढीमा ब्राउनसुगरसहित एक युवक पक्राउ

धनगढी – धनगढीमा ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बसन्त होटलबाट अछामको साफेबगर नगरपालिका स्थाई घर भई हाल धनगढी ५ हसनपुर बस्ने ३४ वर्षीय मुकेश कुवँरलाइ प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरिक्षक उपेन्द्र बमको टोलीले कुवँरलाई ९ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।

कृषि मिटरको महसुल पचरौता नगरपालिकाले तिरिदियो

बारा – किसानलाई सहुलियतका लागि बाराको पचरौता नगरपालिकाले नगरक्षेत्रमा चलाइएको कृषि मिटरको महसुल रकम नेपाल विद्युत प्राधिकरणलाई तिरिदिएको छ । पचरौता नगरपालिका नगरप्रमुख जलन्धर सिंह जैसवार र वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी साहले सोमबार काठमाडौं गई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विद्युत् मिटरको महसुल बुझाएका हुन् ।

नगरपालिकाकको नगर सभाको निर्णय अनुसार यस अघिको बक्यौता रकमदेखि हालसम्मको रकम गरि करिब ४८ लाख १५ हजार रुपौया नगरपालिकाले भुक्तानी गरेको पचरौता नगरपालिका कर्मचारी मुकेश सिंहको जानकारी दिए । नगरक्षेत्रभित्र रहेका १ हजार ३३ किसानले खेतीपातीका लागि जडान गरेको कृषि विद्युत् मिटरको महसुल तिरिएको हो ।

कृषि मिटर चलाउँदा किसानले खपत गरेको विद्युत्को महसुल नगरको कृषि शाखामार्फत सम्बन्धित किसानका नाममा विद्युत् प्राधिकरणलाई सोझै भुक्तानी गरिने प्राधिकरणसँग नगरको सम्झौता भएको नगरप्रमुख जैसवारले बताए । ‘नगरपालिका सँग किसानले माग गरेको र चुनावका बेलामा जनतासँग गरेका बाचा अनुसारनै कृषि मिटर जडान गरिएको थियो र त्यसयताको महसुल नगरले भुक्तानी दिएको हो ।’

कृषि मिटर चलाएका किसानले प्राधिकरणमा मिटर किन्दा लिएको रसिद, ग्राहक नम्बरसहित कृषि शाखामा दर्ता भएपछि त्यसका आधारमा नगरले महसुल प्राधिकरणलाई भुक्तानी दिने गरेको वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी साहले बताए ।

नगरक्षेत्रमा १ हजार ३३ जना किसानले कृषि मिटर जडान गरेको प्राधिकरणको तथ्यांक छ । किसानले खेतीपाती गर्दा मासिक रूपमा खपत गरेको विद्युत्को बिलअनुसार प्राधिकरणलाई भुक्तानी दिने गरेको छ ।

अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु

सन्धिखर्क – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-९ ढिकुरामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

ढिकुराको भुजेलपानीमा विद्युत मर्मत गर्ने क्रममा सन्धिखर्क नगरपालिका-७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि अर्घाखाँची जिल्ला अस्पतालमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महत नियुक्त

काठमाडौं – सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा तीन सदस्य नियुक्त गरेको छ ।

मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको थियो । मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमण पनि स्वीकृत गरेको छ ।

काठमाडौंमा सवारी दुर्घटना, एक महिलाको मृत्यु

काठमाडौं – काठमाडौंको सीतापाइलामा बस र टाटा सुमो एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ ।बसमा सवार रसुवाको गोसाइँकुण्ड घर भइ हाल काठमाडौंको पुतलीसडक बस्ने ५२ वर्षीया यायल्म घलेको दुर्घटनामा मृत्यु भएको प्रहरीको भनाइ छ ।

कलंकीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा २ ख ८३६८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना १ ज २४२१ नं को टाटा सुमो एक आपसमा ठोकिँदा बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।

यसपछि सख्त घाइते भएकी घलेको उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

टाटा सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उत्कृष्ट प्रहरी पुरस्कृत, आचरण विपरित काम गर्नेलाई कारबाही

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहत वृत्तहरू र प्रभागमा कार्यरत रही उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत भएका छन् । उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई भक्तपुरमा पुरस्कृत गरिएको हो । उत्कृष्टलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीसमेत सकारात्मक प्रभाव पर्न गई कुशल कार्य सम्पादन गर्नेतर्फ उत्प्रेरित हुने भन्दै उनीहरूलाई पुरस्कृत गरिएको हो ।

भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा आफूलाई सुम्पिएको जिम्मेवारी इमान्दार बफादार कर्तव्यनिष्ट भई उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने, अपराध रोकथाम नियन्त्रण तथा प्रभावकारी अनुसन्धान गर्ने, बालसुधारबाट फरार बाल बिज्याँईकर्तालाई खोजतलास गरी पक्राउ गर्ने, राजमार्गमा ट्राफिक प्रहरीसँग समन्वय गरी प्रभावकारी सडक सुरक्षा व्यवस्था प्रवाह गर्ने, लागूऔषध नियन्त्रण एवम् पक्राउ गर्ने साथै दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्य सम्पादन गर्ने २४ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको हो ।

प्रहरी परिसर भक्तपुरबाट प्रहरी नायब उपरीक्षकसहित १३ जना, प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी निरीक्षकसहित ५ जना र प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी नायब निरीक्षकसहित ६ जना गरी कुल २४ जना प्रहरी कर्मचारीहरुलाई जिल्ला प्रहरी परिसर भक्तपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रजित केसीले नगद पुरस्कारद्वारा पुरस्कृत गरेका हुन् ।

यस आर्थिक वर्षमा प्रहरी आचरण विपरीत कार्य गर्ने, डिउटीमा मादक पदार्थ सेवन गरी लापरबाही गर्ने, आफूखुशी कार्यालय छोडी अनुपस्थित रहने साता जना प्रहरी कर्मचारीलाई प्रहरी नियमावली बमोजिम सेवाबाट हटाउने, दर्जा घटुवा, बढुवा रोक्का, नसिहद जस्ता कारबाहीसमेत गरिएको छ ।

काठमाडौंका मेयर बालेन शाह र राष्ट्र बैंकका गभर्नस महाप्रसाद अधिकारीबीच भेटवार्ता

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्र बैंकका गभर्नस महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । भेटका क्रममा सर्वसाधारणले सहकारीमा बचत गरेको रकम सुरक्षाका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका थिए ।

सोमबार राष्ट्रिय सभागृहमा भएको भेटमा मेयर बालेनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महानगर क्षेत्रका सहकारीहरूमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि सहयोग गरिदिन आग्रह गरेको महानगरले जनाएको छ ।

मेयर बालेनले सर्वसाधारणको बचत सुरक्षा गर्न काठमाडौं महानगपालिकाले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको बताए ।

सहकारीहरूमा बचतको सिलिङ सम्बन्धी कानुनी प्रबन्ध गर्न सक्ने गभर्नर अधिकारीको भनाइ थियो । महानगरलाई आवश्यक पर्ने सहयोग राष्ट्र बैंकले उपलब्ध गराउने उनले बताएका थिए ।

कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण

मुम्बई, १६ माघ । भारतीय गायक कैलाश खेरमाथि कर्नाटकमा भएको हम्पी उत्सवको लाइभ कन्सर्टमा आक्रमण भएको छ । उत्सवमा गीत गाइरहेका उनलाई स्टेजमै आक्रमण भएको हो ।गत बिहीबार भएको कन्सर्टमा कैलाशमाथि दुई अज्ञात व्यक्तिले बोतल प्रहार गरेका थिए । गायकमाथि भएको आकस्मिक आक्रमणपछि प्रहरीले तुरुन्तै ती दुई व्यक्तिलाई पक्राउ गरेको थियो ।

कैलाशले उत्सवको समापन समारोहका समयमा केवल हिन्दी गीतमात्र गाएका थिए । उनले एउटा पनि कन्नड गीत गाएनन् । जसकारण त्यहाँ उपस्थित दर्शक निराश भएका थिए । यही मौकामा दुई स्थानीय प्रदीप र सुरह नामका व्यक्तिले गायकमाथि बोतल फ्याक्न थालेका थिए ।

प्रहरीले प्रदीप र सुरहलाई पक्राउ गरेर बयान लिइसकेको छ । यद्यपि यो मामलामा हालसम्म कैलाश र उनको टिमबाट कसैले आधिकारिक धारणा बाहिर ल्याएका छैनन् ।

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

काठमाडौं, १६ माघ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २२ जनाको आवेदन परेको छ । बैंकले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि २२ जनाको आवेदन परेको जनाएको छ । बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो ।

आवेदन पर्नेमा सिभिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्वडेपुटी सीइओ कबिराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी रहेको बैंकले जनाएको छ ।

यसैगरी, बद्री गुरागाँई, रामराज उपाध्याय, नरेश कुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाई, अरुणकुमार ढुंगाना र प्रमोदबाबु तिवारीको सीईओका लागी आवेदन परेको हो ।

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्यानुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्यांकनको आधारमा उम्मेदवारमध्ये ५ जनालाई सर्ट लिष्टिङ गरी अन्तर्वार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ ।

यसअघि बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएको थियो । त्यसलगत्तै सीईओका लागि बैंकले पुस २५ गते विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो ।

सीतापाइलामा मिनी बस र सुमो दुर्घटनामा घाइते एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको सीतापाइलामा मिनी बस र सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना हुँदा घाइते भएकी रसुवाको गोसाइकुण्ड(६ स्थायी घर भई काठमाडौंको पुतलीसडक बस्दै आएकी ५१ वर्षीया यायाल्म घलेको उपचारको क्रममा मनमोहन अस्पतालमा मृत्यु भएको हो ।

कलङ्कीबाट सितापाइला गइरहेको बा २ ख ८३६८ नम्बरको मिनी बस र ना १ ज ३४२१ नम्बरको सुमो ठोक्किँदा उनि घाइते भएकी थिइ्न । दुर्घटनामा घाइते अर्का एक पनि गम्भीर रहेका छन् ।

३ जना भने सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा  

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न गाउँमा पहिलो पटक नेपाल टेलिकमको सेवा पुगेपछि स्थानियवासी खुसी भएका छन् ।नेपाल टेलिकमले भोटेकोशी गाउँपालिका–१ बगाममा  टावर निर्माण गरेर सेवा सञ्चालन गरेपछि स्थानीयलाई सहज भएको हो । उक्त स्थानमा यसअघि मोबाइल सेवाको पहुँच थिएन । ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोडन टेलिकमले थ्रीजी सेवा विस्तार गरेको स्थानीय ध्रुव थापाले बताए ।

यस क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन सो टावर विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइएको भोटेकोशी गाउँपालिका निवर्तमान अध्यक्ष राजकुमार पौडेलले बताए ।

‘टेलिकमले अहिले टावर निर्माण गरी सञ्चालनमा ल्याएको छ, निकट भविष्यमा हामी उक्त टावरलाई स्तरोन्नति गरी अत्याधुनिक प्रविधिको फोरजी सेवामार्फत भ्वाइस र उच्च गतिको इन्टरनेट (मोबाइल डेटा) सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं,’ पौडेलले  भने ।

पहिले टावर नहुँदा दुःख पाएका नागरिकले टेलिकमको थ्रीजी सेवा एकसाथ सञ्चालनमा आएपछि भोटेकोशी गाउँपालिकाका बगाम, छगाम, साबुखानी, गिप्ते ,तारतुङ ,सेबुङ लगायत आसपासका गाउँमा करिब १ सय ६० घरधुरी प्रत्यक्ष लाभान्वित भएको स्थानीय ध्रव थापाले जानकारी दिए ।

यसअघि फोनमार्फत् कुराकानी गर्न १ घण्टा हिँडेर लिस्तीमा पुग्नु पर्ने बाध्यता यहाँका स्थानीयलाई थियो । यस सेवाले फोन सम्पर्कका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ ।

टावर सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा डेटामार्फत इन्टरनेट चलाउन सहज भएकोे छ । टावर निर्माणसँगै त्यस क्षेत्रको प्रचारप्रसार र सूचना आदानप्रदानको निमित्त थप सहज भएको स्थानीय तथा समाजसेवी दावा लामाले बताए ।

शनिवारदेखि बगाममा बनेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि पहिलोपटक यस क्षेत्रका बासिन्दा टेलिफोन सेवासँग जोडिएका हुन् ।

पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न एमाले खोटाङको माग

खोटाङ, १६ माघ । नेकपा एमाले खोटाङले सडक तथा पुल निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्याको माग गरेको छ । बराहपोखरीमा सम्पन्न जिल्ला कमिटिको बैठकले जिल्लाका ठूला र महत्व राख्ने सडक तथा पुल निर्माणमा भएको ढिलासुस्तीको विरोध गर्दै यथाशीघ्र निर्माणको माग गर्ने निर्णय गरेको हो ।

एमालेले गाईघाट–दिक्तेल सडक, मध्यपहाडी लोकमार्ग, दिक्तेल–आहाले–रेग्मीटार सडक, दिक्तेल–खोटाङबजार सडक, साप्सु खोला–पान्धारे सडक, हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक, धाप्लाङघाट, बंशिलाघाट, मुलघाट, घोपाटार, लिदिङ खोला, सिलौरीघाट, कसावा खोला पुल लगायतका संरचना चाँडोभन्दा चाँडो निर्माणको माग गरेको हो । जिल्लाका विकास निर्माणमा भएको ढिलासुस्ती, अनियमितता तथा भ्रष्टाचार विरुद्ध योजनावद्ध आन्दोलनमा उत्रने निर्णय गरिएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

यस्तै, नेपाल सरकारले सय गन्तव्यस्थलको सूचीमा समावेश गरेको पर्यटकीय स्थल बराहपोखरीको समृद्धिका लागि नेतृत्व गर्न प्रतिवद्धता जाहेर गरिएको एमालेले जनाएको छ । सुन्दर पर्यटकीय बराह ताललाई आकर्षक पर्यटकीय गन्तत्वको रुपमा विकास गर्न पार्टीकातर्फबाट पहल गर्ने एमालेले निर्णय गरेको हो ।

बैठकले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको कालापानीमा सञ्चालित लिफ्टिङ खानेपानी योजना बन्द भएकाले उक्त लिफ्टिङ खानेपानी सुचारु गर्न पहल गर्ने प्रतिवद्धता जनाएको छ । एमालेले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेश (क)मा निर्वाचित पिके राईलाई बधाई ज्ञापन गरेको छ ।

२०० करोड क्लब बादशाह

मुम्बई, १६ माघ । बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ ले हालैमात्र दुई सय करोड रुपैयाँ क्लबमा पाइला चालेको छ । योसँगै शाहरुखले पुनः दुई सय करोडको ताज आफ्नो शीरमा राख्न पाएका छन् । शाहरुख एक उदाहरण मात्र हुन् । यहाँ दुई सय करोड क्लबमा सामेल बलिउडका १० कलाकारको बारेमा प्रस्तुत गरिएको छ ।

सलमान खान
सलमान खान यो सूचीको पहिलो स्थानमा छन् । उनले बक्सअफिसमा दुई सय करोड रुपैयाँभन्दा बढी कमाउने ६ फिल्म दिएका छन् ।

आमिर खान
आमिर दोस्रो नम्बरमा पर्छन् । उनले दुई सय करोड रुपैंयाँ भन्दा बढी कमाउने ४ फिल्म दर्शकलाई दिएका छन् ।

शाहरुख खान
शाहरुखले बलिउडमा यस्ता तीन फिल्म दिएका छन्, जसले दुई सय करोड रुपैयाँभन्दा बढी कमाएको छ । जसमा ‘पठान’, ‘चेन्नइ एक्सप्रेस’ र ‘ह्याप्पी न्यू इयर’ छन् ।

अजय देवगन
अजयले बक्सअफिसमा ३ यस्ता फिल्म दिएका छन्, जसले दुई सय करोड रुपैयाँभन्दा बढी कमाई गरेको थियो ।

अक्षय कुमार
अक्षय सूचीमा चौथो नम्बरमा पर्छन् । उनले दुई पटक दुई सय करोड बक्सअफिस कलेक्सन गरेको फिल्म दर्शकलाई दिएका थिए ।

रणवीर सिंह
रणवीर सिंहले अभिनय गरेका दुई फिल्मले बक्सअफिसमा दुई सय करोडको स्वाद चाखिसकेका छन् ।

रणवीर कपुर
रणवीरले पनि बक्सअफिसमा दुई पटक दुई सय करोडको क्लबमा आफूलाई उभ्याइसकेका छन् ।

शाहिद कपुर
शाहिद अभिनित २ फिल्मले बक्सअफिसमा २ सय करोड रुपैयाँ बढी कमाई गरिसकेको छ ।

अभिषेक बच्चन
अभिषेकको पनि दुई फिल्मले बक्सअफिसमा २ सय करोड रुपैयाँ कमाई गरिसकेको छ ।

भूकम्पको हल्लाले कर्णालीवासी रातभर जाग्राम

मुगु – कर्णालीमा भूकम्प आउने हल्ला फैलिएपछि आइतबार रातभर कर्णाली प्रदेशका  जुम्ला, मुगु, हुम्ला र बाजुराका बासिन्दा बाहिर बसेका छन्।

भूकम्पको हल्ला फैलिएपछि यहाँका स्थानीय घर छाडेर खेतबारी र सडक, विद्यालय चौरमा बस्न बाध्य भएका हुन् । भूकम्प आउँदै छ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका थिए ।

मुगु सदरमुकाम गमगढीवासी र आसपासका गाउँ चैन, ढुम, तुम, भामबाडा, छत्यालबाडा,  कार्कीबाडा थार्प, घट्टलेख, सोरु गाउँपालिका लगायत छायाँनाथ रारा नगरपालिकावासी भूकम्प आउने हल्लाले रातभर घर बाहिर जाग्राम बसेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुगुले अफवाह र हल्लाको पछि नलाग्न आग्रह गरेको डिएसपी सुवास हमालले बताए ।

आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौं, १६ माघ । आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सोमबारदेखि आइपीओ बिक्री खुला गरेको छ । लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १०% अर्थात् २० हजार ३३८ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका लागि बिक्री खुला गरेको छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताकोसम्म आवेदन दिन सक्नेछन् । यसमा फागुन १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणहरुका लागी भने फागुन ११ गतेदेखि आईपीओ जारी गर्नेछ । सर्वसाधारणका लागि कम्पनीले १ लाख ६९ हजार ७५५ कित्ता सेयर खुला गर्नेछ । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यस कम्पनीको आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तलको आईपीओलाई ‘केयरएनपी बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । कम्पनीको केन्द्रीय कार्यालय लुम्बिनी प्रदेशको घोराही दाङमा रहेको छ ।

रजनीकान्तलाई दुरूपयोग गरे कारबाही

मुम्बई । साउथ फिल्मका दिग्गज अभिनेता रजनीकान्त अभिनयका महाराथी हुन् भन्दा फरक नपर्ला । विश्वभरी नै यी अभिनेतालाई मनपराउने फ्यानको संख्या उल्लेख्य छ ।

यही बीचमा रजनीकान्तले आफ्नो निजी अधिकारलाई सुरक्षा गर्न एक महत्वपूर्ण निर्णय लिएका छन् । उनले अनुमति बिना आफ्नो नाम, स्वर, फोटो र उनीसँग जोडिएका कुनै पनि वस्तु प्रयोग गरे कडा कारवाही गर्ने घोषणा गरेका छन् ।

रजनीकान्तका वकिल इलाम भारतीले केही व्यक्तिविरुद्ध आपराधिक कारबाहीको चेतावनीयुक्त पत्र जारी गरेका छन् । जसअनुसार कसैले पनि अभिनेताको निजी र एक सेलिब्रेटीका रुपमा अधिकारलाई बिना अनुमति प्रयोग गरेमा उविरुद्ध कानुनी कारबाही गरिनेछ ।

अधिकांश व्यक्तिहरु सेलिब्रेटीको नाम, फोटो, स्वर र फेमका माध्यमबाट आफ्नो फलोअर बढाउन, उत्पादन बेच्न र व्यावसायिक रुपमा प्रयोग गर्न सक्रिय छन् । यस्तो अवस्थामा रजनीकान्तका वकिलले सूचना जारी गरेपछि अब यस्तो काममा कडाई गरिएको छ ।

प्रि-ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो

काठमाडौं, १६ माघ । प्रि-ओपन सेसनमा सोमबार सेयर बजार घटेको छ । यो सेसनमा नेप्से परिसुचक २.२३ अंकले ओरालो लागी २१६६.३१ विन्दुमा आएको छ ।यससँगै २५ कम्पनीको १५ सय ८४ कित्ता सेयर खरिदबिक्री हुँदा ७ लाख भन्दाबढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने १० कम्पनी घटेको छ । २ कम्पनी भने स्थिर रहेको छ ।यता, १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

काठमाडौँका आयुष रेग्मीले अष्ट्रेलियामा ‘रेकी हिलिङ’ तालिम दिँदै

काठमाडौं, १६ माघ। ‘हिलर’ आयुष रेग्मीले अष्ट्रेलियामा ‘रेकी हिलिङ’ तालिम दिने भएका छन् । फेफ्रुअरी ११ मा सिडनीको ब्ल्याक टाउनमा उनले यो तालिम दिन लागेका हुन्। आयुष नन–भर्वल हिप्नोटिस्ट र ग्रान्डमास्टर इनर्जी हिलर हुन्।

६ वर्षदेखि सिड्नीमा बसोबास गर्दै आएका काठमाडौंका आयुषले लामो समयदेखि ‘हिलिङ’ प्रक्रियामार्फत मानिसका मानसिक समस्या निको पार्दै आइरहेका छन्। रेकी तालिममार्फत स्मरण शक्ति विकाश, एन्जाईटी, डिप्रेशनबाट मुक्त हुने, आध्यात्मिक उन्नती हुने, मानसिक तनाव, अनिन्द्रा जस्ता समस्याहरुलाई हटाउने काम गरिन्छ । यो तालिम लिएपछि आँफुलाई हिल राख्नुका साथै अरुलाई हिल राख्नुका साथे सिकाउन सकिने इनर्जी हिलर आयुष बताउँछन् ।

रेकी १८ सय शताब्दीदेखि अहिलेसम्म चली आएको ‘जापानको हिलिङ’ पद्धती हो । रेकीका विभिन्न तहहरु छन् । प्रत्येक तहमा २१ दिनको साधना गराइन्छ । तर आयुषले मन्त्रसम्मोहनको विधिद्धारा १ दिनमा नै साधनाबिना सबै तहहरुको दिक्षा दिन सकिने बताउँछन् । आयुषले यसअघि अष्ट्रेलियामा नै दुई दिने मन्त्र सम्मोहनको तालिम दिएका थिए ।

सरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगलमा पठाउने तयारी: परराष्ट्र मन्त्री पौडेल

लण्डन – पोर्चुगलमा पछिल्लो समय ठूलो संख्यामा नेपालीहरु समस्यामा पर्दै गएको गुनासो बढेको बढेपछि सरकारले विशेष टोली खटाउने तयारी गरेकोछ ।परराष्ट्रमन्त्री विमला राई पौडेलले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी गरेको जानकारी दिईन्।

गैरआवासीयनेपाली संघको यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरुको पहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री पौडेलले दूतावास तथा कन्सुलर सेवा नभएका देशहरुमा सरकारले घुम्ती टोली खटाएर त्यहाँका नेपालीहरुले भोग्नुपरेको समस्यासमाधानका लागि पहल गर्ने तयारी गरेको बताएकि हुन् । उनले भनिन, `पोर्चुगलको धेरै कुराहरु सुन्यौँ, धेरै नेपाली अलपत्र छन्, कागजपत्र नभएका भन्ने पनि सुन्नमा आएपछि सकेसम्म कन्सुलेट खोल्ने तयारी छ, तर सो कार्य तत्काल सम्भव छैन, त्यसमा आर्थिक पाटो पनि जोडिएकोछ, अर्कोतर्फ मन्त्रीपरिषदबाट त्यसको निर्णय हुनुपर्छ, त्यसैले तत्काल समस्या समाधानका लागि २५ देखि १ महिना भित्र एउटा सरकारी टोलीपोर्चुगलमा राख्ने, र त्यहाँका कागजपत्र विहिन तथा समस्याग्रस्त नेपालीलाई सहजीकरण गर्ने योजना बनाएका छौँ । आजै मात्रै यसमा निर्णय गरेर प्रक्रियाका लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाएका छौँ । स्पेनबाट वा अन्य कहाँबाट टोली खटाउने भन्नेमा हामी छलफलमा छौँ ।`

उनले अगाडि भनिनि, `दिगो समाधान कन्सुलेट नै राख्ने हो तर आर्थिक पाटो देखि मन्त्रीमपरिषदको निर्णय आवश्यक पर्छ त्यसमा लामो समय उलाग्छ ।” यसअघि गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले काठमाण्डौस्थित परराष्ट्र मन्त्रालयमा पुगेर दूतावास तथा महावाणिज्यदूत नभएका देशमा तत्काल दूतावास स्थापना तथा महावाणिज्यदूत नियुक्त गर्न मन्त्री पौडेललाई आग्रह गरेको थियो ।

यूरोपेली मुलुक माल्टामा दूताबास नहुँदा समस्या परेको भन्ने विषयमा मन्त्रालय जानकार रहेको भन्दै मन्त्री पौडेलले माल्टाको समस्या समाधानमा सरकारले पहल गर्ने बताएका छन् ।

हाल बेलायतस्थित दूताबासले नै माल्टामा काम गर्दै आएकोमा सो प्रभावकारी नभएको गुनासो बढेकोले छ । साइप्रसमा घरेलु कामदारको रुपमा जाने क्रम बढेको भन्दै त्यसलाई जी टु जी च्यानलमा ल्याउन सरकारले पहल गर्ने मन्त्री पौडेलको भनाई थियो । यद्यपी त्यस सम्बन्धमा अध्ययन गर्नै बाँकी रहेकोले आफूले आवश्यक अध्ययन गरेर मात्रै काम अघि बढाउने मन्त्रीको भनाई थियो ।

मन्त्री पौडेलले विदेशस्थित दूतावास तथा कूटनीतिक नियोगलाई २४ घण्टा सञ्चालन गर्न सर्कुलर जारी गरेको बताउँदै भनिन,  “नेपाली नागरिकलाई दूतावासमा गुहार्छ भने ऊ सुरिक्षत हुनुपर्छ र उसका लागि दूतावासको सर्भिस २४ घण्टे हुनुपर्छ भन्ने हाम्रो ध्येय छ, त्यही अनुसार काम हुन्छ, चाहे त्यो टेलिफोनबाट इमेलबाट नै किन नहोस् ।”

यस्तै, र्यापिड रेसपोन्डस् टिम बनाउने र त्यसले मासिक रिर्पोट गर्ने व्यवस्था मिलाउने, जनशक्ति थप्ने र दूतावासमार्फत द्रूत सेवामा हुनुपर्छ भन्नेमा आफ्नो जोड रहेको मन्त्री पौडेलले बताईन् ।

सपोर्ट नविकरण गर्दा लामो समय लाग्ने, अर्को देशमा जानुपर्ने बाध्यता रहेको गुनासो आएको भन्दै मन्त्री पौडेलले दूतावासले मोबाइल टिम पठाउने वा के गर्ने भन्ने भन्नेमा सुझाव दिन एनआरएनएलाई आग्रह गरेक ी छिन्। त्यसबाहेक विकास साझेदारीमा पनि काम अघि बढाउने तयारी रहेको मन्त्री पौडेलको भनाई थियो ।पोर्चुगलका महासचिव राजकुमार थापाले त्यहाँ नेपालीको अवस्था र समस्याबारे जानकारी गराउँदै सरकारले तत्काल पहल नगरे आत्महत्या जस्तो विकराल समस्या आउनसक्नेतर्फ मन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

यस्तै, एनआरएनए साइप्रसकी राधा पोखरेलले साइप्रसमा घरेलु कामदारका रुपमा गैर कानूती तवरले बसीरहेका नेपालीको संख्या बढ्दै गएको भन्दै जीटुजीमार्फत कामदार पठाउने व्यवस्था गर्न आग्रह गरेकी छिन् ।  त्यहाँ विद्यार्थीले भोग्नुपरेका समस्याबाारेजानकारी गराईन् । एनआरएनए पोल्याण्डकामहासचिव पवन, खड्काले त्यहाँको नेपालीको अवस्था र विद्यमान समस्याबारे जानकारी गराए।  माल्टाका अध्यक्ष भूवन अर्यालले माल्टामादूतावास नहुँदा भोग्नुपरेको समस्या, माल्टासँग नेपालले कूटनीतिक सम्बन्ध विस्तारका लागि गर्न सक्ने पहल लगायतका विषयमा जानकारीगराउनुभएको थियो । एनआरएनए पोल्याण्डका महासचिब पवन खड्काले दूतावास नहुँदा नेपालीले भोग्नुपरेको समस्याबारे जानकारी गराउनुभयो। यस्तै, एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रेले विविध कारण ज्यान गुमाएका नेपालीको शव व्यवस्थापन लगायतका समस्याबारे मन्त्रीपौडेलको ध्यानाकर्षण गराउनुभयो । चेक रिपब्लिकका अध्यक्ष यदुराम पन्थी त्यहाँस्थित नेपालीलाई व्यवसाय गर्न सरकारी स्तरबाट पहल गरीआवश्यक व्यवस्था मिलाउन र कन्सुलर सेवा उपलब्ध गराउन अनुरोध गर्नुका साथै आगामी १५औ यूरोपियन क्षेत्रिय सम्मेलन चेक गणतन्त्रकोराजधानी प्रागमा हुन गैरहेकोमा माननीय मन्त्रीज्यू लगायत सबैलाई आमन्त्रण गर्नु भयो । कार्यक्रममा सहभागी बेल्जियमका अध्यक्ष खड्ग बहादुर केसीले बेल्जियममा हालसम्म त्यस्तो कुनै ठूलो समस्या नरहेको र समस्या परिहालेपनि नेपाली समुदाय मिलेर समाधान गर्ने गरेको बताउनुभयो ।यस्तै एनआरएनकी महिला उपाध्यक्ष यास्मिन सैयद बेगमले मध्यपूर्वमा नेपाली श्रमिकको अवस्थाबारे जानकारी गराउँदै त्यस्तो विकराल समस्यानभएको जानकारी गराए । यद्यपी शव व्यवस्थापन र स्वदेश फिर्ताका लागि सरकारले सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिए ।

कार्यक्रममा एनआरएनकी मिडिया समिति सहअध्यक्ष बाबा राजेश्वरीले कार्यक्रमको सारांश प्रतिबेदन प्रस्तुत गरेक ी थिईन ।

आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौं – आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सोमबारदेखि आइपीओ बिक्री खुला गरेको छ । लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १०% अर्थात् २० हजार ३३८ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका लागि बिक्री खुला गरेको छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताकोसम्म आवेदन दिन सक्नेछन् । यसमा फागुन १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणहरुका लागी भने फागुन ११ गतेदेखि आईपीओ जारी गर्नेछ । सर्वसाधारणका लागि कम्पनीले १ लाख ६९ हजार ७५५ कित्ता सेयर खुला गर्नेछ । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यस कम्पनीको आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तलको आईपीओलाई ‘केयरएनपी बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । कम्पनीको केन्द्रीय कार्यालय लुम्बिनी प्रदेशको घोराही दाङमा रहेको छ ।

आज हरियो तरकारी र फलफूलको मुल्य कति ?

काठमाडौ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज सोमबार  कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ , हरियो अंगुर १५० रुपैयाँ, अदुवा ९०, नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु २८ रुपैया, सेतो आलु र स्थानीय काउली २० रुपैयाँ, कागती ११० रुपैयाँ, किवि र अकबरे खुर्सानी ३०० रुपैयाँ कायम रहेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्युनतम तोकेको मूल्य हो ।

त्यस्तै, सोमबार लोकल गाजरको औसत मूल्य प्रतिकेजी १८ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल सानो गोलभेडा १० रुपैयाँ , राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँ, कन्य च्याउ  १०० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ४० रुपैयाँ, हरियो प्याज ११० र हरियो धनिया ८० रुपैयाँ रहेको छ ।

अमेरिकी डलर स्थीर, आज कुन मुद्रा कतिमा हुँदै छ खदिबिक्री ?

काठमाडौं – नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर स्थीर रहेको छ । यसको खरिददर १३० रुपैयाँ १४ पैसा र बिक्रीदर १३० रुपैयाँ ७४ पैसा तोकिएको छ । यस्तै, सोमबार युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीमा १४२ रुपैयाँ १० पैसा तोकिएको छ ।

यसअघि आइतबार यसको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीमा १४२ रुपैयाँ ३६ पैसा तोकिएको थियो । अष्ट्रेलियन डलर को खरिदमूल्य ९२ रुपैयाँ ४५ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ८८ पैसामा कारोबार भैरहेको छ ।

अघिल्लोदिन यसको खरिदमूल्य ९२ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ९६ पैसामा कारोबार भएको थियो । त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८३ पैसा तोकिएको छ ।यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ ५३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६९ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ८० पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५८ पैसा र बिक्रीमा १० रुपैयाँ ६३ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६२ पैसा र बिक्रीमा १६ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ४२६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३६ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ १९ पैसा र बिक्रीमा ३४६ रुपैयाँ ७८ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्न सबै पक्षलाई ‘शहीद दिवस’ ले प्रेरणा दिन्छ – सभापति देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्पका लागि आह्वान गरेका छन् । आज शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै उनले देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्पका लागि आह्वान गरेका हुन् । ्

उनले समान हक, अवसर र न्याय तथा सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा देशभक्त वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेको उल्लेख गरेका छन् ।

उनले नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार सबै पक्षलाई ‘शहीद दिवस’ ले प्रेरणा प्रदान गर्ने बताए।

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्नेछ । माघ १२ गतेदेखि सुरु भएको स्थायी समिति बैठक आज पनि बस्न लागेको हो ।

बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्नेमा बताउदै आइरहेका छन् । यसअघि बसेको बैठकले राष्ट्रपतिका विषयमा सबै राजनीति दलसँग छलफल गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति भण्डारीद्वारा सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन् । आज सहिद दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

उनले सहिद दिवस देश र जनताका लागि प्राण आहुति दिनुहुने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको बताइन् । उनले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत भएको बताउदै आजको दिनले हामीलाई सहिदहरूले गरेको यही सर्वोच्च त्यागको स्मरण गराउने बताएकी छिन् ।

नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ – प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित रहेका उनले बताए ।

उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे उनले सन्देशमा भने-शहीदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामबद्ध हुन, उहाँहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने सङ्कल्प गर्न म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु

उनले भने “तानाशाही र निरङ्कुश व्यवस्थाका विरूद्ध सङ्घर्षका क्रममा उच्च बलिदानी गर्नुहुने महान् शहीदहरूको बलिदानी भएको दिनलाई हामीले शहीद दिवसका रूपमा स्मरण गर्दै आएका छौँ, आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो ।”

आज शहीद दिवस मनाइँदै

काठमाडौँ – आज शहीद दिवस । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइन्छ ।

शहीद दिवसको अवसरमा शहीदलाई प्रत्येक बर्ष सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाइदै पनि आइएको छ । विसं २०१२ देखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

यस अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको जनाइएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोलीलगायतले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

सभामुखको सरकारी निवास अझै टुङ्गो लागेन

काठमाडौं । सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ।भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो ।

माघ ५ गतै नै निर्वाचित भए पनि सभामुख देवराज घिमिरे सरकारी निवासमा सरेका छैनन् ।सचिवालयले सभामुख, उपसभामुखको निवास व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई भने ताकेता गरिरहेको छ।

संसद् सचिवालयले पदाधिकारी निर्वाचन अगावै निवास व्यवस्थापनका लागि आग्रह गरिसकेको हो। त्यसका लागि पुनः ताकेता गरेको छ तर मन्त्रालयले व्यवस्थापन गरिसकेको छैन । “हामीले सहरी विकासलाई आग्रह गरिसकेका छौँ तर व्यवस्थापन भएको छैन ।

सभामुख पनि गृह जिल्ला गएकाले पुरानैमा व्यवस्थापन गर्नेबारे पनि थप कुरा भइसकेको छैन,” संसद् सचिवालय स्रोतले भन्यो ।सचिवालयका अनुसार घिमिरेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रयोग गर्नुभएको लैनचौरको निवासमा जान अनिच्छा गरेका छन् ।

बालुवाटारमा रहेको सभामुख निवास भने राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रयोग गरिरहेका छन् ।अध्यक्षको भवनमा भने यसअघि मन्त्रिपरिषद् कार्यालय पुनर्निर्माणका क्रममा प्रधानमन्त्रीको सरकारी निवास बनाइएको थियो। उक्त समय प्रतिनिधि सभा सभामुखविहीन रहेकाले अध्यक्ष तिमिल्सिनाले भवन प्रयोग गरेका थिए ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री दाहाललाई दबाब

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् ।

लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएपछि उनलाई गैरसांसदको रूपमा उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमै फर्काउन ओलीले प्रधानमन्त्री दाहालमाथि दबाब बढाएका हुन् ।

‘उहाँ (रवि लामिछाने) लाई गृह मन्त्रालय नदिनुपर्ने कुनै कारण छैन, त्रुटि सच्चिएको छ । उपनिर्वाचन नहुँदासम्म उहाँलाई गैरसांसदको रूपमा मन्त्रिपरिषद्मा फर्काउनुपर्ने एमालेको राय छ, एमालेका एक पदाधिकारीले भने ।

अदालतले नागरिकताविहीन लामिछाने सांसद हुने अयोग्य भएको फैसला सुनाएपछि सोही दिन उनले उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

नागरिकता लिएपछि लामिछाने रास्वपा सभापतिमा फर्किएका छन् । सभापतिमा फर्केपछि उनलाई उपप्रधान तथा गृहमन्त्रीका रूपमा पुनः सरकारमा सहभागी गराउनुपर्ने पक्षमा ओली छन् । तर प्रधानमन्त्री दाहालले गृह मन्त्रालय अरुलाई दिन चाहेका छैनन् ।आजको नागरिक दैनिकमा समाचार छ ।

राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब पर्दै गएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ। संविधानको धारा ६३ अनुसार राष्ट्रपतिको पदावधि सकिनु एक महिनाअघि निर्वाचन गराउनुपर्ने हुन्छ ।

राष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ मा भने कार्यकाल सकिनुभन्दा एक महिनाअघि राष्ट्रपतिको चुनाव हुने गरी मिति तोक्ने भनिएको छ । उक्त कानुनमा निर्वाचन परिणाम आएपछि राष्ट्रपति निर्वाचित भएको मानिने पनि उल्लेख छ ।ऐनअनुसार राष्ट्रपति निर्वाचित भइसकेपछि पनि पुरानो राष्ट्रपतिको कार्यभार कायमै रहने भएकाले समस्या देखिएको हो।

राष्ट्रपति निर्वाचनका सम्बन्धमा संवैधानिक र कानुनी विवाद बढ्दै गएपछि राष्ट्रपति निर्वाचनको मिति तोक्ने विषयमा अन्योल छाएपछि सार्वजनिक रूपमा टीकाटिप्पणी भइरहेको छ ।यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

यस स्थितिमा राष्ट्रपतिको निर्वाचनको मिति तोक्ने विषयमा राजनीतिक दल र तिनका नेताहरूले सार्वजनिक रूपमा अभिव्यक्ति दिने क्रम बढ्दै गएको छ ।यसैबीच नेपाली कांग्रेसले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।