`

इजरायल–गाजा द्वन्द्वले मध्यपूर्वमा अमेरिकाको ‘असफलता’ देखाउँछ – पुटिन

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल–गाजा द्वन्द्वले वासिङ्टनको मध्यपूर्व नीतिको ‘असफलता’ देखाएको भन्दै ‘स्वतन्त्र सार्वभौम प्यालेस्टिनी राष्ट्र’ को निर्माण ‘आवश्यकता’ भएको बताउनुभएको छ ।

हमासले इजरायलमाथि अकस्मात व्यापक आक्रमण गरेको केही दिनपछि मस्कोमा इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँगको भेटमा रूसी नेताले उक्त टिप्पणी गर्नुभएको हो । पुटिनले भन्नुभयो, “धेरै मानिसहरू मसँग सहमत हुनेछन् भन्ने मलाई लाग्छ । यो मध्यपूर्वमा अमेरिकी राजनीतिको असफलताको स्पष्ट उदाहरण हो ।”

उहाँले स्वतन्त्र सार्वभौम प्यालेस्टिनी राज्यको निर्माणसम्बन्धी संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को निर्णयहरू कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । पुटिनले भन्नुभयो, “अमेरिकाले द्वन्द्वलाई नियमन गर्ने (द्वन्द्व) मा एकाधिकार जमाउने प्रयास गरेको छ तर दुर्भाग्यवश, दुवै पक्षलाई स्वीकार्य हुने गरी सम्झौताको खोजीमा व्यस्त छैन ।”

उहाँले भन्नुभयो, “पश्चिमा मुलुकले प्यालेस्टिनी जनताको आधारभूत हितलाई ध्यानमा राखेको छैन ।”एक दिनअघि रूसी विदेशमन्त्री सर्गेई लाभरोभले प्यालेस्टिनी राज्यको निर्माण इजरायलमा शान्तिका लागि ‘सबैभन्दा भरपर्दो’ समाधान भएको बताउनुभएको थियो ।

इजरायलमाथि हमासले आक्रमण गर्नुअघि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको मस्को भ्रमणको तयारी भइरहेको क्रेमलिनले जनाएको छ । मस्कोले अमेरिकाले आफ्नो सहयोगी इजरायलसँग युद्धपोत सारेपछि कुनै विदेशी खेलाडी द्वन्द्वमा प्रवेश गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौँ। मंगलबार साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साझ ५ बजे काठमाडौं सुन्धारा केन्द्रविन्दु भएर भूकम्प गएको हो।उक्त भूकम्प ३ रेक्टर स्केलको रहेको जनाइएको छ ।

इजरायली आक्रमणमा छ सयको मृत्यु, करिब चार हजार घाइते

गाजा÷जेरुसेलम÷संयुक्त राष्ट्रसङ्घ – इजरायल–प्यालेस्टाइन द्वन्द्वमा गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६८७ र घाइते हुनेहरूको सङ्ख्या तीन हजार ७२६ पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ ।

प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले शनिबार गाजा पट्टीसँग जोडिएका इजरायली शहरहरूमा अचानक आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी हमला गरेको थियो ।आक्रमणका क्रममा हमासका लडाकूले गाजा पट्टीलाई इजरायलबाट छुट्याउने सुरक्षा घेरा तोडेर आसपासका समुदायमा आक्रमण गरी इजरायलीको हत्या गरेको र सयौँलाई कब्जा गरेका थिए ।

यसैबीच जेरूसेलमबाट प्राप्त समाचारमा इजरायलको सरकारी स्वामित्वको कान टिभीले सोमबार दक्षिणी इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ९०० भन्दा बढी पुगेको जनाएको छ । इजरायली सेनाले हमाससँगको युद्धको चौथो दिन इजरायलमा फेला परेका हमास लडाकूका करिब एक हजार ५०० मृत शरीरहरू आफूसँग राखेको मङ्गलबार जनाएको छ ।

इजरायली रक्षा बलका अन्तर्राष्ट्रिय प्रवक्ता रिचार्ड हेक्टले पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा भन्नुभयो, “गाजा पट्टी र वरपरका इजरायली क्षेत्रमा हमास लडाकूका करिब एक हजार ५०० शव फेला परेका छन् ।हेक्टका अनुसार हमासका लडाकूहरूले शनिबार तोडेको गाजा वरपरको सुरक्षा घेराको क्षेत्रमा सुरक्षा फौजले नियन्त्रण कायम गरेको छ ।

उहाँले तटीय प्यालेस्टिनी भूभाग वरपरको क्षेत्रमा ३५ बटालियन तैनाथ गरिएको बताउनुभयो ।सीमासँग जोडिएका समुदायका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम लगभग पूरा भइसकेको उहाँले बताउनुभयो ।

इजरायली सरकारी सञ्चारमाध्यम र सशस्त्र समूहका अनुसार इजरायलमा कम्तीमा ९०० जनाको मृत्यु भएको छ भने गाजामा करिब १३० सर्वसाधारण र सैनिकलाई बन्धक बनाइएको छ । त्यस्तै, संयुक्त राष्ट्रसङ्घका लागि इरानको स्थायी नियोगले इजरायलविरुद्ध प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) को सैन्य कारबाहीमा इरानको संलग्नता नरहेको बताएको छ ।

इरानी नियोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्यालेस्टाइनी राष्ट्रप्रति ऐक्यवद्धता जनाउन इरान दृढतापूर्वक उभिएको छ । हमासले हालै गरेका निर्णय र उपायहरूको ‘जनताको आत्मनिर्णयको अधिकारको आधारभूत सिद्धान्तमा बलियो जरा गाडेको छ, जुन इजरायलको सात दशकको क्रूर कब्जाको पूर्ण रूपमा वैध प्रतिक्रियाको सङ्केत हो ।”

इजरायली आक्रमणका कारण गाजामा एक लाख २३ हजारभन्दा बढी मानिस आन्तरिक रुपमा विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले सोमबार जनाएको छ । इजरायली हवाई आक्रमण र गोलाबारीका कारण घर र आवासीय भवनमा क्षति पुगेको छ भने गाजा शहरमा रहेका चार वटा बहुतले आवासीय भवन ध्वस्त भएका छन् । आक्रमणमा परी छ जना स्वास्थ्यकर्मीको मृत्यु भएको, चार जना घाइते भएको र सात वटा स्वास्थ्य संस्था र नौ वटा एम्बुलेन्समा क्षति पुगेको कार्यालयले जनाएको छ ।

पानी, सरसफाइ सेवाहरूमा भएको क्षतिका कारण गाजामा चार लाखभन्दा बढी मानिसहरूले उक्त सेवा प्राप्त गर्न सकेका छैनन् । गाजा पावर प्लान्ट अहिले बिजुलीको एक मात्र स्रोत हो र केही दिनभित्रै इन्धन समाप्त हुन सक्ने चेतावनी दिइएको छ ।

उपसमितिले प्रतिवेदन बुझायो

काठमाडौँ, २३ असोज : संसद् मातहत गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेल मिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य एवं उपसमितिका संयोजक रमेश लेखकले समितिका सभापति विमला सुवेदीसमक्ष उक्त प्रतिवेदन बुझाउनुभएको हो ।

प्रतिवेदनमा मानव अधिकारको गम्भीर उलङ्घनमा समावेश गरिएको स्वेच्छाचारीरुपमा क्रुरतापूर्वक गरिएको हत्या÷दोहोरो भीडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा थप छलफलबाट टुङगोमा पु¥याउन सिफारिस गरिएको छ । सशस्त्र द्वन्द्वको क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिलाई कसरी सम्वोधन गर्ने तथा मानव अधिकार उलङ्घनको घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने भन्ने विषयमा उपसमितिमा मतैक्यता हुन नसकेको उल्लेख छ ।

घटी सजायका सम्बन्धमा आधार र काराण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने भन्ने विषय पनि थप छलफलबाट टुङ्ग्याउन पर्ने सूचीमा छ । विसं २०८० जेठ ५ गते गठन भएको लेखक संयोजकत्वको ११ सदस्यीय उपसमितिले विधेयकलाई समृद्ध तुल्याउने सिलसिलामा विषय विज्ञ र नागरिक समाजका व्यक्तिसँग गहन छलफल तथा परामर्श गरेको थियो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बृहत् शान्ति सम्झौतापछि सबै राजनीतिक पक्ष मिलेर संविधान जारी गरेको पक्षलाई मानसिकतामा राखेर विधेयकलाई निष्कर्षमा पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “धेरै लामो राजनीतिक यात्राबाट आएको विधेयकलाई समृद्ध तुल्याउने सिलसिलामा आवश्यकताका आधारमा दलका शीर्ष नेतासँग राय परामर्श लिए पनि निर्णय समितिबाटै गरेर अघि बढाइने छ ।”

सोही बैठकमा सम्पति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई सशोधन गर्न बनेको विधेयकको सम्बन्धमा गठित उपसमितिले पनि प्रतिवेदन बुझायो । उपसमितिका संयोजक रञ्जुकुमारी झाले सभापति सुवेदीसमक्ष प्रतिवेदन बुझाउँदै विधेयकमा व्यक्तिगत बचतको अधिकतम सीमा रु २५ लाख हुने गरी गरिएको प्रस्तावलाई भने थप छलफलबाट टुङ्गोमा पु¥याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

विधेयकमा अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण तथा पारदर्शीता कायम राख्न वाणिज्य हेर्ने सचिव संयोजक रहनुभएको सात सदस्सीय एकाइ गठन गर्न प्रस्ताव गरिएको छ । यसअघि बैठकमा उपसमितिका सदस्यहरुले राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियाली रहेको दुवै विधेयक राष्ट्रिय सहमति तथा साझा धारणाका आधारमा निष्कर्षमा पु¥याइनुपर्ने आवश्यकता आँैल्याएका थिए । बेपत्ता पारिएका व्यक्तिसम्बन्धी विधेयकमा अन्तर्राष्ट्रिय पक्षको समेत चासो रहेकाले करिब २८ वर्षदेखिको द्वन्द्वको घाउलाई छिटोभन्दा छिटो सम्बोधन गर्न आवश्यक रहेको उहाँहरुले धारणा राख्नुभएको थियो ।

मानसिक स्वास्थ्योपचार सर्वसुलभ बनाउन माग

काठमाडौँ, २३ असोज : राष्ट्रिय मानवअधिकार आयोगले मानसिक स्वास्थ्योपचार सर्वसुलभ बनाउन माग गरेको छ । मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनका साथै यससम्बन्धी उपचार सर्वसुलभ बनाउन आयोगले सबैलाई आग्रह गरेको हो । आयोगले मानसिक स्वास्थ्यबाट पीडितहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न आयोग सरकार तथा सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले ३१औँ विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपालमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक रहेको र यस क्षेत्रमा पर्याप्त काम हुनसकेको नसकेको उल्लेख छ । “मानसिक स्वास्थ्यका सम्बन्धमा सरकारले पर्याप्त बजेट तथा संयन्त्रको व्यवस्था गरेको देखिँदैन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार नेपालमा जम्मा एक सय ४४ मनोचिकित्सक र तीन बालमनोचिकित्सक छन्”, विज्ञप्तिमा भनिएको छ, “मनोसामाजिक सहायताका लागि आवश्यक अन्य जनशक्ति (मनोचिकित्सक नर्स, मनोविद्, मनोविमर्शकर्ता, सामाजिक कार्यकर्ता) को व्यवस्था हुनसकेको पाइँदैन ।”

मानसिक स्वास्थ्य समस्यालाई विश्वमा एक गम्भीर सार्वजनिक स्वास्थ्य सरोकारको विषयको रुपमा लिइन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वको कूल जनसङ्ख्याको करिब १५ प्रतिशत मानिस मानसिक स्वास्थ्य समस्यामा छन् । आयोगले मानसिक स्वास्थ्यलाई मानव अधिकारको संवेदनशील विषयको रुपमा लिए काम गर्दै आएको छ ।

मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको अभावमा अझै पनि मानसिक रोगीलाई औषधिउपचार नगरी साङ्लाले बाँधेर राख्ने, खोरमा थुन्ने, दुव्र्यवहार गर्ने जस्ता कार्य परिवारबाटै हुँदै आएको आयोगको अनुगमनबाट पाइएको आयोगले जनाएको छ । गम्भीर मानसिक स्वास्थ्य अवस्था भएका पाँचजना व्यक्तिमध्ये चारजना निम्न र मध्यम आय भएका देशमा रहेको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको छ ।

‘मानसिक स्वास्थ्य एउटा विश्वव्यापी मानव अधिकार हो’ भन्ने नाराका यो दिवस साथ विश्व व्यापीरुपमा मनाइँदै छ । नेपालको संविधानमा नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जाने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्ने, निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने भनिएको छ ।

त्यस्तै, स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिँदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सङ्ख्या वृद्धि गर्दै जाने राज्यको नीतिे छ । त्यसैगरी, आधारभूत स्वास्थ्य सेवाको जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ ।

चाडबाड लक्षित सुपथ मूल्य पसलमा चिनी नपाएको उपभोक्ताको गुनासो

काठमाडौँ, २३ असोज : चाडबाडलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको गुनासो आमउपभोक्ताले गरेका छन् ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बिक्री कक्षमा चिनी सकिएको सूचना टाँसिएको छ । थापाथलीमा मात्र नभई खाद्य व्यवस्था कम्पनीद्वारा ४२ जिल्लाका ४८ स्थानमा सञ्चालित सुपथ मूल्य पसलमा चिनी सकिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसअघि साल्ट ट्रेडिङ कर्पोरेसनबाट थोरै–थोरै परिमाणमा चिनी ल्याएर बिक्री गरिरहेको थियो । साल्ट ट्रेडिङमै मौज्दात न्यून भएपछि चिनी ल्याएर बेच्न नसिकएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो ।

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी खरिद गर्न गत भदौ २९ गते अनुमति दिएको हो । अहिले कम्पनीमार्फत चिनी खरिदका लागि ४५ दिनको अवधि राखेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान प्रक्रिया अघि बढाइएको छ । सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार बोलपत्र आह्वान, छनोट, स्वीकृति र त्यसपछि चिनी आपूर्तिको प्रक्रिया सुरु गर्दा दसैँ, तिहारलगायत चाडबाडको समयमा चिनी आइपुग्ने अवस्था देखिँदैन ।त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनमा पनि चिनीको मौज्दात सकिन लागेको छ । अहिले साल्ट ट्रेडिङसँग करिब चार सय मेट्रिक टन मात्र चिनी मौज्दात रहेको सूचना अधिकारी कुमार राजभण्डारीले बताउनुभयो । दसैँ तिहारको समयमा एक महिनामा ३० हजार मेट्रिक टन चिनी खपत हुने गरेको उहाँ बताउनुहुन्छ ।खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलले एक व्यक्तिलाई अधिकतम दुई किलोभन्दा बढी नहुने गरी प्रतिकिलो रु ९७ का दरले चिनी बिक्री गर्दैआएका थिए । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सोमबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द र साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई चिनी अभाव हुनुको कारणबारे सोधेको थियो । चिनी खरिदका लागि आह्वान गरेको आन्तरिक टेण्डरमा कुनै पनि कम्पनीको आवेदन नपरेको तथा अहिले अन्तर्राष्ट्रिय टेण्डर प्रक्रियाबाट चिनी खरिदको काम भइरहेकाले केही समय लाग्ने दुवै जनाले लेखा समितिमा जवाफ दिनुभएको थियो । सरकारले पहिला चिनी खरिदका लागि अनुमति नदिएको र अहिले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढेपछि खरिद गर्न ल्याउन समस्या भएको उहाँहरुको भनाइ छ ।चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिने उद्देश्यले सरकारले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सुपथ मूल्य पसल सञ्चालन गर्दैआएको छ । सुपथ मूल्य पसल सञ्चालनका लागि सरकारले यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई रु दुई करोड ३२ लाख र साल्ट ट्रेडिङ कर्पोरेसनलाई रू एक करोड बजेट उपलब्ध गरेको थियो ।खाद्य व्यवस्था कम्पनीले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलमा सबै किसिमको चामल, दाल, गहुँ, पिठो, मैदा, तेल (तोरी, सनफ्लावर र भटमास) तथा चिउरा बजारभन्दा प्रतिकिलो रु सात सस्तो छ । त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडी, फापरको दाना, चिनो, कागुनो, उवा, जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो रु १० छुट दिइएको छ ।साल्ट ट्रेडिङले बजार मूल्यको तुलनामा नुन प्रतिकिलो रु दुई तथा तेल र चिउरा प्रतिकिलो रु सातका दरले छुट दिएको छ । यस्तै, दुग्ध विकास संस्थानले घ्यूमा प्रतिकिलो रु २०, पनिर प्रति दुई सय ग्राममा रु २० र प्रति पाँच सय ग्राममा रु ५० छुट दिएको छ ।

बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

मकवानपुर, २३ असोज : बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य हुँदै छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार, प्रदेश सभाको १२औँ वर्षे अधिवेशन बैठक आज मध्यराति १२ बजेदेखि अन्त्य गर्नुभएको हो ।

मन्त्रिपरिषद्बाट आज पारित भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक अन्त्य गर्नुभएको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । बागमती प्रदेशसभाको पहिलो बैठक २०७९ पुस १८ गते बसेको थियो ।

बझाङमा भूकम्प मापकयन्त्र सेस्मोमिटर जडान गर्न सुरु

सुर्मा (बझाङ), २३ असोज : बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन् ।

सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा शिव सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सोमबार सुर्मा गाउँपालिकाको दौलिचौरमा सेस्मोमिटर जडान गरिएको छ भने आज दक्षिणतर्फ जयपृथ्वी गाउँपालिकामा जडान गर्ने तयारी भइरहेको छ ।चैनपुरमा आधार मानेर पूर्व–पश्चिम, उत्तर–दक्षिण गरी चारै दिशामा सेस्मोमिटर जडान गर्दा भूकम्पको केन्द्र, समय, रेक्टरस्केल पत्ता लगाउन सजिलो हुने सेस्मोमिटर जडान गरिएको भूगर्भ तथा खानी विभागका निर्देशक तथा वरिष्ठ भूगर्भविद् डा लोकविजय अधिकारीले बताउनुभयो ।उहाँका अनुसार बझाङमा खप्तडछान्नाको बयानामा मात्रै अहिलेसम्म सेस्मोमिटर जडान गरिएको थियो । “बयानाको सेस्मोमिटरले भूकम्प आएको चार–पाँच किलोमिटरसम्म टाढा केन्द्र भएको हुनसक्ने थाहा हुन्थ्यो । त्यो चार–पाँच किलोमिटर कतापट्टि हो भन्ने पनि ठम्याउन मुस्किल हुन्थ्यो । अब भूकम्प आइरहेको क्षेत्र बाहिर चारैतिर जडान गर्दा छिटो र यथार्थ पत्ता लगाउन सकिन्छ”, उहाँले भन्नुभयो ।उहाँले अनुसार अहिलेसम्म नेपालभर ४२ स्टेशन (मापनयन्त्र) बनाएर भूकम्पको निगरानी गरिरहेको जानकारी दिनुभयो । “बझाङमा गएको मङ्गलबार यता करिब साढे चार सय पटक चैनपुर आसपासमै केन्द्र बनाएर भूकम्प गइसकेको छ । यसरी चारै दिशामा मापकयन्त्र राख्दा छिटो र कम त्रुटिमा पत्ता लगाउन जडान गरिएको हो”, उहाँले बताउनुभयो ।

जाजरकोटको धाउनीमामा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

जाजरकोट, २३ असोज ः कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।

टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिनुभएको जानकारी अनुसार घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार मृत्यु भएको थियो भने सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको थियो ।

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते हुनुभएको प्रमुख बस्नेत बताउनुभयो । उनीहरुलाई गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालले टोकेको थियो । अरिङ्गालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतले बताउनुभयो ।

घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए एक हजार जरिवाना !

गण्डकी – घरपालुवा कुकुरलाई जथाभावी दिशा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ । सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताउनुभयो ।

“घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने गरेको व्यापक जनगुनासो आएपछि महानगरले निगरानी सुरु गरेको छ”, उहाँले भन्नुभयो, “यस्तो अभियान महानगरको एक्लो प्रयासले मात्र सफल हुँदैन, नागरिकको पनि साथ चाहिन्छ ।”

कुनै कुकुरधनीले सार्वजनिकस्थलमा लगेर कुुकुरलाई शौच गराएको देखेमा गोप्य ढङ्गबाट महानगरका प्रतिनिधिलाई खबर गर्न या प्रमाण उपलब्ध गराउन उहाँले महानगरवासीसँग आग्रह गर्नुभयो । “सार्वजनिक सूचनामार्फत पनि यो विषय जानकारी गराइएको छ, अब कसैले घरमा पालेको कुकुरलाई बाहिर लगेर शौच गराएमा कारबाही भोग्नुपर्छ”, उहाँले भन्नुभयो, “एकपटकका लागि रु एक हजार र पटक–पटक शौच गराएको पाइएमा रु १५ हजारसम्म जरिवाना गर्ने सकिने व्यवस्था नियमावलीमा छ ।”

महानगरले घरपालुवा कुकुरलाई आफ्नै घरको परिसरभित्र शौचको व्यवस्था मिलाउन र त्यसको उचित व्यवस्थापन गर्न कुकुरधनीलाई सचेत गराएको छ । खुला ठाउँमा कुकुरलाई दिसा–पिसाब गराउँदा वातावरणीय सरसफाइमा प्रतिकूल असर पार्ने शाखा प्रमुख बरालले उल्लेख गर्नुभयो । उहाँले घरमा पालिरहेको कुुकुरलाई सडकमा लगेर बेवारिसे अवस्थामा छोडेमासमेत कारबाही हुने बताउनुभयो ।

सांसद र सदन भारदारी सभाजस्तो छ : अध्यक्ष साह

काठमाडौँ, २३ असोज : आम जनता पार्टीका अध्यक्ष प्रभु साह विदेश पलायनलाई सक्षम र महान् देख्ने तथा देशको सेवा गर्नेलाई अपमानित र कमजोर बुझ्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक देख्नुहुन्छ । सांसदसँग रासस संवादमार्फत उहाँले युवा र विद्यार्थीलाई विदेश पलायन होइन, डाँडाकाँडा, नदीको धाप र गाउँलाई सुन्दर सहर बनाउँदै समृद्ध राष्ट्र निर्माण अभियानमा जुटेर गौरव गर्न आह्वान गर्नुभयो ।

पूर्वमन्त्री साहले भन्नुभयो, “देश छाडेर भाग्ने महान् जस्तो, यहीँ बसेर धर्तीको सेवा गर्ने अपमानित र लाछीजस्तो देखियो, त्यसलाई बदल्न जरुरी छ । यो धर्तीमा बस्न पाएकामा गौरव गर्नुस् ।”

जनतामा आशा र उत्साह जागृत गराएमा पहाड बनिरहेको नदी धापलाई सहरमा परिणत गरेको उदाहरण आफ्नो निर्वाचन क्षेत्र भएको दाबी गर्दै उहाँले भन्नुभयो, “विदेश भाग्ने तिमीहरू गल्ती गर्दैछौँ, हामी मुलुकलाई सुन्दर बनाएर देखाउँछौँ, कायर र कमजोर होइनौँ, हामी महान् छौँ ।”

वाग्मती र बकैया नदीबाट प्रभावित रौतहटको धाप क्षेत्रबाट आफूले राजनीति सुरु गरेको समय कयौँले घर र खेती छाडेर सहर पसेको घटना स्मरण गराउँदै पूर्वसहरी विकासमन्त्री साहले अहिले त्यो ठाउँ सुन्दर गाउँ र नमूनामा बस्तीमा परिणत भएको दाबी गर्नुभयो ।

जनतामा आशा र भरोसा दिँदै रौतहटको अभियान देशभर फैलाउन आवश्यक रहेको बताउँदै नेता साहले सही र गलत व्यवहार र तथ्यले परीक्षण गरी नेपाल बनाउने अभियानमा सरिक हुन युवापुस्तालाई सुझाव दिनुभयो । उहाँ भन्नुहुन्छ, “नेपालमा अहिले भइरहेको अभ्यास संसदीय व्यवस्था नभई पार्टीका नेताको हालीमुहाली हो । सांसद र सदन भारदारी सभाजस्तो छ ।”

सांसदको काम भनेको ताली बजाउने र एस वा नोमा सीमित रहेको बताउँदै अध्यक्ष साहले भन्नुभयो, “नेताहरूले शासन गरिहनुभएको छ, उहाँहरूको स्तरमा जे हुन्छ, सदनमा त्यसलाई ल्याएर औपचारिकता दिने र पारित गर्नेमात्र काम हुन्छ ।”

नेता साहसँग मधेसी राष्ट्रिय मुक्ति मोर्चाको महासचिव, नेकपा (माओवादी)को केन्दीय सदस्य, तत्कालीन नेकपाको मधेस प्रदेश अध्यक्ष र नेकपा (एमाले) स्थायी समिति सदस्य भई काम गरेको अनुभव छ । सांसद साहले मुुलुकमा राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनका क्रममा नौ वर्ष भूमिगत र एक वर्ष बेपत्ता जीवन बिताउनुभएका साहले कानुन, न्याय तथा संसदीय मामिला र सहरी विकास मन्त्रालयको नेतृत्वसमेत सम्हाल्नुभयो ।

उहाँ विसं २०६२÷६३ को जनआन्दोलनपछि लगातार संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएको छ । जनप्रतिनिधि कानुन निर्माणबाहेकका कार्यमा संलग्न हुनुहुन्न भन्नेहरू अयोग्य र बेइमान भएको तर्क प्रस्तुत गर्दै उहाँले दलीय प्रणाली भएको मुलुकमा संसद्ले बजेट र नीति तथा कार्यक्रम बनाउँछ भने सरकारको कार्यान्वयन गर्ने जिम्मेवारी भएको स्पष्ट गर्नुभयो ।

अध्यक्ष साहले भन्नुभयो, “हामी नागरिक सर्वाेच्चतालाई सम्मान गर्छाैँ, कुन कार्यक्रम कहाँ आवश्यक र प्रभावकारी छ भनेर हेर्ने काम सदन र सांसदकै हो, त्यो उनीहरूले नगरे कसले गर्छ त ।” जनताका प्रतिनिधिको सर्वाेच्चता र निर्वाचित व्यक्तिको नेतृत्व कायम गर्दै कानुन निर्माणमा सांसदलाई पूर्णरूपमा स्वतन्त्रता प्रदान गर्नुपर्नेमा विधेयकका हरेक दफा र शब्दमा दलको ह्वीप लाग्ने प्रवृत्तिले गुणस्तरीय कानुन निर्माण हुन नसकेको उहाँले भनाइ प्रस्तुत गर्नुभयो ।

चुनावमा कुन उम्मेदवार निर्वाचित हुन्छ भनी पहिले नै आकलन गरिने विषयले जनसहभागिता र निर्वाचन प्रणालीको निष्पक्षतामाथि प्रश्न उठिरहेको बताउँदै अध्यक्ष साहले नेता विशेषको खल्तीबाट नाम राख्ने समानुपातिकले लोकतन्त्रकै खिल्ली उडाएको विचार प्रकट गर्नुभयो ।

विगतमा मदन भण्डारी र कृष्णप्रसाद भट्टराईबीचको उम्मेदवारीलाई स्वस्थ्य प्रतिस्पर्धा र असल लोकतान्त्रिक अभ्यासका रूपमा लिन सकिने उदाहरण प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “मिलेर लड्नुपर्छ, सबै नेता जित्नुपर्छ अनि लुट्नुपर्छ भन्ने सोच लोकतन्त्र हुनै सक्दैन ।”

प्रतिनिधिसभाको गएको निर्वाचनमा ठूलो दलका उम्मेदवारलाई पराजित गरी आफू विजयी भएको घटनालाई अपवादका रूपमा लिएको बताउँदै उहाँले प्रणाली स्थापित नभएसम्म लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा प्रस्तुत गर्नुभयो ।

पूर्वमन्त्री साह भन्नुहुन्छ, “प्रतिस्पर्धा, पारदर्शी, जवाफदेहिता र निष्पक्षता भएमा मात्र लोकतन्त्र हुन्छ, त्यो कुनै अहिले हामीले अभ्यास गरिरहेका छैनौँ, भ्रष्टाचार बढेको छ, सुशासन कमजोर छ अनि कसरी लोकतन्त्र हुन्छ, यो केवल दलतन्त्रमात्र हो ।”

निर्वाचन प्रणालीसँगै राज्य व्यवस्था, मूल नेतृत्व र संरचना नै ठीक नभएको बताउँदै उहाँले भन्नुभयो, “जबसम्म राज्यका सबै मेसिनरी ठीक हुन्न, तबसम्म राम्रो परिणाम दिन सकिन्न ।” अहिले दल र नेतामा मात्र सीमित यथास्थितिवादी शाससन व्यवस्था रहेको विचार प्रकट गर्दै अध्यक्ष साहले आफूहरूले जनताको नेतृत्वसहित अग्रगामी र रुपान्तरणकारी शासन व्यवस्था चाहेको भनाइ प्रस्तुत गर्नुभयो ।

मुलुकमा अहिले भइरहेको राज्य सञ्ञ्चालनको अभ्यास र ढाँचाप्रति जनताको आलोचना रहेको बताउँदै पूर्वमन्त्री साहले त्यसैको परिणाम युवा विद्यार्थीको विदेश पलायन भएको टिप्पणी गर्नुभयो । समाजमा रहेको आक्रोश बेलाबखत सदनमा पनि देखिने गरेको घटना सुनाउँदै पूर्वकानुनमन्त्री साहले त्यो मौलाउँदो दण्डहीनता र नेतृत्वप्रति कमजोर विश्वासको नतिजा भएको विचार प्रकट गर्नुभयो ।

हिजोको राज्यव्यवस्था दमनकारी रहेकामा अहिलेको समग्र चरित्र लुटकारी र भगौडा देखिएको आरोप लगाउँदै उहाँले नेपालमा अवसर लिने र सम्पत्ति कमाएर विदेशमा थुपार्ने प्रवृत्ति मौलाउँदो रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “जनतालाई निराश बनाएर देश कहिल्यै बन्दैन, नागरिकलाई उत्साहित तुल्याउनुपर्छ, बदमासीलाई दण्डित गर्नुपर्छ, अनि मात्र मुलुक बन्छ, विकास हुन्छ, समृद्धि ल्याउन सकिन्छ ।”
–––

समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने

कास्की, २३ असोज : समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने भएको छ । मोर्चाको गण्डकी प्रदेश संयोजन समितिको सोमबार पोखरामा बसेको बैठकले मोर्चामा रहेका चार दलका दुई–दुई जनाको प्रतिनिधित्व हुने गरी असोज महिनाभित्रमा जिल्ला संयोजन समिति गठन गरी सन्देशसभा गर्ने निर्णय गरेको हो ।

समाजवादी मोर्चामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् । जिल्लास्तरीय सन्देशसभाको व्यवस्थापनका लागि गोरखा, स्याङ्जा, म्याग्दी र मनाङको जिम्मेवारी माओवादी केन्द्रलाई दिइएको छ ।

यसैगरी कास्की, मुस्ताङ र पर्वत एकीकृत समावादी, नवलपुर र लमजुङ जनता समाजवादी पार्टी तथा बागलुङ र तनहुँ जिल्लाको सन्देशसभा व्यवस्थापनको जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीलाई तोकिएको मोर्चाका प्रदेश संयोजक एवं नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले बताउनुभयो ।

उहाँका अनुसार बैठकले मोर्चाका शीर्षनेताहरूको उपस्थितिमा गत भदौ १५ गते पोखरामा आयोजना गरिएको प्रदेशस्तरीय सन्देशसभाको समीक्षालगायतका विषयमा छलफल गरिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धताका साथ समाजवादी मोर्चा स्थापना भएको उहाँले बताउनुभयो ।

संयोजक गुरुङले भन्नुभयो, “सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मूल उद्देश्यले मोर्चा गठन गरिएको हो । मोर्चालाई प्रदेश हुँदै जिल्ला तथा स्थानीय तहसम्म विस्तार गर्छौँ । सरकारले गरिरहेका कामका बारेमा जनतालाई प्रशिक्षित गर्ने र जनताबाट सुझाव लिने काम गरिरहेका छौँ ।”

बैठकले इजरायलको गाजा क्षेत्रमा भएको द्वन्द्वमा परी नेपाली विद्यार्थीको निधन भएकामा दुःख व्यक्त गरेको छ । साथै विद्रोहीहरूको आक्रमणमा घाइते, बेपत्ता भएका र युद्धग्रस्त क्षेत्रमा अप्ठ्यारो अवस्थामा परेका नेपालीहरूको शीघ्र उद्धार र राहतका लागि सरकारसँग मागसमेत गरेको छ ।

मोर्चाको गण्डकी प्रदेश समितिमा माओवादी केन्द्रबाट गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङसहित ज्ञानमान गैरे र जगन्नाथ खनाल सदस्य हुनुहुन्छ । एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली मोर्चामा रहनुभएको छ ।

यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट राजन सी, दीपा सी र काजी सी रहनुभएको छ । मोर्चा समितिको अध्यक्षता आलोपालो प्रणालीअन्तर्गत हाललाई माओवादी केन्द्रका प्रदेश अध्यक्ष गुरुङले गर्नुभएको छ ।

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै,नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, २३ असोज ः विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी मनाइँदै छ ।

त्रिविवि शिक्षण अस्पतालका मानसिक रोग विभागको प्रमुखमा डा सरोज ओझाले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्ररित गर्ने बताउनुहुन्छ ।मानसिक स्वास्थ्यबारे उहाँ भन्नुहुन्छ, “जो व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्छ र दैनिक जीवनमा आउने तनावलाई त्यो क्षमताले व्यवस्थापन गरेर आफ्नो जीवनमा सकारात्मक किसिमको भूमिका निर्वाह गर्छ भने त्यो स्थिति नै मानसिक स्वास्थ्य र ‘मेन्टल वेयल विङ हो’ ।”उहाँका अनुसार मानसिक स्वास्थ्य स्वस्थ राख्न शारीरिक स्वस्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्छ । “युद्ध, अशान्ति, आर्थिक सङ्कट, बेरोजगारी र कतिपय सम्बन्धले मानिसमा निरासा, रिस, द्वेषलगायत विभिन्न कारणले मानसिक स्वास्थ्यमा नकरात्मक प्रभाव पर्न सक्छ”, डा ओझा भन्नुहुन्छ, “व्यक्ति आफूले यस्ता तनाब बहन गर्ने क्षमताको वृद्धि गर्नुपर्छ । आफू प्रतिकूल परिस्थितिलाई स्वीकार र सामना गर्न क्षमता विकास गर्नुपर्छ ।”दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उहाँको सुझाव छ । उहाँका अनुसार मनोचिकित्सकको परामर्श लिने बिरामीको सङ्ख्या बढ्दो छ । मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ । मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिनसके डिप्रेशनलाई कम गर्न सकिने उहाँ बताउनुहुन्छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अन्तर्गत मानसिक क्षेत्रमा काम भइरहेको एनसिडी तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा फणेन्द्र बरालले बताउनुभयो । उहाँका अनुसार मानसिक स्वास्थ्यमा बढ्दो सचेतना तुलनात्मकरूपमा बढे पनि यसको उपचारमा पहँुच बढाउन चुनौती छ ।“सरकारी स्वास्थ्य संस्थामा मनोचिकित्सकहरू कम हुनुहुन्छ । त्यसमा पनि उहाँहरू सहरकेन्द्रित हुनुहुन्छ”, शाखा प्रमुख डा बरालले भन्नुहुन्छ, “दूरदराजका २२ जिल्लामा महिनामा एकपटक मनोचिकित्सकले मानसिक स्वास्थ्य परीक्षण गर्दै आउनुभएको छ ।” सरकारले मानसिक स्वास्थ्य परामर्श र औषधि निःशुल्क वितरण गर्दै आएको छ ।संयुक्त राष्ट्रस¬ङ्घको दिगो विकास लक्ष्य (२०१६–२०३०)मा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्द्धन र नसर्ने रोगबाट हुने मृत्युदरलाई एकतिहाइले कम गर्ने लक्ष्य छ । –––

पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन , सानै व्यापारमा मनग्य आम्दानी

कमलामाई (सिन्धुली), २३ असोज-“व्यापार गर्न ठूलो लगानी चाहिन्छ ? होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ ।”

सिन्धुलीको मुख्य सडक दायाँबायाँ, स्थानीय हाटबजार र सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा फुटपाथ व्यापार गर्ने ढाटीमाया दर्जीले यस भनाइलाई चरितार्थ गरिदिनुभएको छ । कमलामाई नगरपालिका–४ पोख्रेल गाउँकी उहाँले रु ३० लगानी गरेर व्यापार सुरु गर्नुभएको हो । उक्त पैसाले ३० वर्षअघि प्रतिमुठा रु पाँचमा छ मुठा फापरको साग किनेर बेचेको उहाँलाई हिजोजस्तै लाग्छ ।व्यापार सुरु गर्दासम्म उहाँका आँखा चम्किला, दाँत भरिला थिए । कपालको रङ कालो, शरीरको छाला भरिलो थियो । अहिले आँखा धमिलो हुँदै गएका छन् । दाँत झरेर सकिनै लागिसके । कपालको कालो रङ उडेर सेतै भएको छ । शरीरको छाला चाउरिँदै गयो । तर उहाँले व्यापार छाड्नुभएको छैन ।७९ वर्षीया दर्जी सानो लगानीमा स–साना व्यापार गरेरै जीवन र जीविका धान्दै आउनुभएको छ । रोगले थलिएका श्रीमान्को दरिलो आड र भरोसा उहाँलाई छ । घरायसी दैनिक खर्चदेखि चाडपर्व र औषधि, स्वास्थ्योपचार खर्चसम्म उहाँले जोहो गर्नुपर्छ ।यसका लागि सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताले पनि सघाएको छ । सिन्धुलीमाढीमा शनिबार लाग्ने हाटबजारमा व्यापार गर्न आउनुभएकी दर्जी व्यापार गर्न छाड्दा खर्च धान्न मुस्किल पर्ने बताउनुभयो । “तीस वर्ष पहिले रु ३० सापटी गरेर व्यापार सुरु गरेको थिएँ । आजको दिनसम्म यही व्यापारबाट आएको नाफाले घरव्यवहारको खर्च टार्न सहज भएको छ”, उहाँले भन्नुभयो ।शनिबारे हाटबजारमा दसैँ नजिकिएकाले खसी व्यापारीको भीड थियो । कपडा, भाडाँकुँडा, तरकारी व्यापारीलगायत ठूलो लगानीमा ठूलै व्यापार गर्ने व्यापारीे थिए । सेवाग्राहीको उस्तै खचाखच । त्यही भीडमा निलो प्लाष्टिक बिच्छ्याएर अदुवा, लसुन, गुन्द्र्रुक, जिरे खुर्सानी भाग–भाग लगाएर उहाँ बेच्न बस्नुभएको थियो ।विगत सम्झिँदै उहाँले सुनाउनुभयो, “म पहिलादेखि यस्तै व्यापार गर्ने हो । तन्नेरी उमेरमा पनि श्रीमान् रक्सी पिएर झगडा गर्ने, कुट्ने–पिट्ने र घरव्यवहारको वास्तै नगर्ने भएपछि आफैँले खर्च टार्ने गर्नुपथ्र्यो । खर्च टार्ने उपाय केही नभएपछि काम खोज्न भौतारिए । काम नपाएपछि विरक्तिएर घर फर्किँदा खम्बे चौरमा आफूजस्तै दीदी–बहिनीले दैनिक भान्छामा प्रयोग हुने तरकारीजन्य वस्तु व्यापार गरेको देखे । नजिकै गएर उहाँसँग व्यापार गर्ने तरिका सिके । व्यापार सुरु गर्न श्रीमान्सँग पैसा मागेको ३० रुपैयाँ त्यो पनि फिर्ता गर्ने शर्तमा दिनुभयो । त्यही पैसाले गाउँका किसानकामा गएर प्रतिमुठा रु पाँचका दरले फापरको साग किने । त्यो छ मुठा साग बजार ल्याएर प्रतिमुठा रु १० का दरले बेच्दा रु ३० नाफा कमाएँ । अर्को दिन त्यही नाफा आएको पैसाले अघिल्लो दिन जसरी नै व्यापार गरे । नाफा आएको ३० रुपैयाँ श्रीमानलाई फिर्ता दिए । तीस रुपैयाँले आफ्नो व्यापार बढाउँदै आज यो स्थानमा आइपुगेको छु ।”फुटपाथमा गरेको व्यापारमा उहाँ हाल दैनिक रु पाँच हजारसम्मको कारोबार गर्नुहुन्छ । आफ्नो एक्लो स(ङ्र्घषमा सानो लगानीबाट सुरु गरेको स–सानो व्यापार परिवारको बाच्ने गतिलो आधार बनेको छ ।मौसम अनुसारको स्थानीय उत्पादन किसानको बारीबाट किनेर बजार ल्याई बेच्दा घाटा नहुने उहाँले बताउनुभयो । श्रीमान्सँग सापटी लिएको ३० रुपैयाँबाट व्यापारिक यात्रा सुरु गर्नुभएकी दर्जीले दृढ इच्छाशक्ति, इमान्दार प्रयास र आँट भए व्यापार गर्न धेरै लगानी नचाहिने आशय व्यक्त गर्नुभयो । भन्नुभयो, “थोरै लगानीमा सानै भए पनि जसले व्यापार सुरु गर्छ, उसले भोकै बस्नु पर्दैन । व्यापार नै जीविका धान्ने बलियो आधार बन्छ ।”ढाटीमाया दर्जीले जसरी व्यापार गरेर आर्थिकरूपमा सवल र आत्मनिर्भर बन्ने महिलाको यकिन तथ्याङ्क जिल्लाका कुनै निकायसँग छैन । सानो लगानीमा स–सानै व्यापार गरेर मालामाल कमाइरहेका र समाजमा उदाहरणीय कहलिँदै गएका महिला भने सिन्धुलीमाढी बजार क्षेत्रको फुटपाथमा बाक्लै भेटिन्छन् ।कमलामाई–५ बोजेकी फूलमाया वाइबाले सिन्धुलीमाढीमा साप्ताहिकरूपमा लाग्ने शनिबारे हाटबजार, धुराफाँटमा लाग्ने बुधबारे हाटबजार, भिमानमा लाग्ने शुक्रबारे हाटबजार र अन्य दिन बजार क्षेत्रको फुटपाथमा मौसमी तरकारी, तरकारीजन्य वस्तु तथा कागती, अम्बा, बयरजस्ता फलफूलको व्यापार गर्नुहुन्छ ।श्रीमान् गणेश वाइबा बितेपछि तीन सन्तानको हुर्काइ, पढाइसहित घरव्यवहारकोे सम्पूर्ण जिम्मेवारी उहाँको काँधमा आयो । उहाँले २० वर्षअघि सानो लगानीमा व्यापार सुरु गर्नुभएको थियो । यसबाट अहिले उहाँ उत्साहित मात्रै हुनुहुन्न, आत्मनिर्भर पनि बन्नुभएको छ । व्यापारबाट महिनामा १५ हजार माथि नाफा कमाउने उहाँले बताउनुभयो । “खेतीपाती गरेर खाउ भने आफ्नो जग्गा छैन, यही व्यापारको कमाइबाट खर्च टार्छु । भान्छामा प्रयोग हुने सामान बिक्दैन कि भन्ने चिन्ता हुँदैन । सबैलाई दैनिक खान चाहिन्छ”, उहाँले भन्नुभयो ।भान्छामा दैनिक प्रयोग हुने उपभोग्य वस्तु गाउँका किसानबाट थोरै–थोरै ल्याएर रु पाँचदेखि १५ सम्म नाफा हुने गरी बेच्नुहुन्छ । किसानले थौरे मात्रामा उत्पादन गरेका अग्र्यानिक स्थानीय उत्पादन बजारसम्म ल्याउँदा उपभोक्ताले खुसी भएर किन्ने गरेको उहाँको अनुभव छ ।कमलामाई–६ की देवकुमारी आले सिजनअनुसार हरियो मकै पोलेर बेच्नुहुन्छ । किसानसँग प्रतिगोटा रु १० का दरले हरियो मकै किनेर पोलेर रु २० देखि ३० सम्म बेच्ने गरेको उहाँले बताउनुभयो । उहाँले वर्षौँदेखि हरियो मकै पोलेर बेच्दै आउनुभएको छ । सिजनअनुसारका स्थानीय उत्पादन हरियो अखबरे खुर्सानी, अमला, बेसार र साग बेचेर नाफा कमाएको पैसाले घरव्यवहार चलाउँदै आउनुभएको छ । स्वास्थोपचार र औषधिमा सबैभन्दा धेरै खर्च हुने उहाँले सुनाउनुभयो ।“व्यापार राम्रो भएको महिना रु १७ हजारसम्म कमाएको छु । व्यापार गर्न लजाउन हुँदैन, आफ्ना हातगोडा चलुन्जेल आफ्नै पौरखमा बाँच्नुपर्छ”, उहाँले भन्नुभयो । आफूले खाएर बचेको करेसाबारीको उत्पादन थोरै भए पनि बारीबाटै बिक्ने भएपछि जिल्लाका मुख्य सडकले छोएका र बजारको सहज पहुँच भएका गृहणी पनि मेहनती र उद्यमशील बन्दै गएका छन् ।पहिला खेर जाने जङ्गली फलदेखि खेतबारी र करेसाबारीमा उत्पादन भएका तरकारीजन्य वस्तु तथा सिजनअनुसारका फलफूल पछिल्लो समय आफैँ बजार पुर्याएर बिक्री गरी आम्दानी लिन थालेका छन् । यसले यहाँका महिलालाई आर्थिकरूपमा सवल र आत्मनिर्भर बनाउँदै लगेको छ ।महिला आर्थिकरूपमा सवल र आत्मनिर्भर भएमा महिलामाथि हुने विभिन्न हिंसाजन्य गतिविधिमा कमी आउने जिल्लाका सफल व्यापारी तथा व्यवसायी महिला बताउँछन् । यसका लागि सरकारले परनिर्भर जीवन बाँचिरहेका महिलालाई सानो लगानीमा पनि व्यापार, व्यवसाय गर्न सकिन्छ भनेर आवश्यक जानकारी दिने, व्यापार, व्यवसायमा लागेकालाई प्रोत्साहन गर्ने, महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग गर्ने, स्वरोजगारमूलक सीप सिकाउने र व्यापार, व्यवसाय गर्न सहज वातावरण बनाइदिनुपर्ने उहाँहरूको धारणा छ ।

चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौँ, – प्रहरीले यातायात व्यवसायीसँगको समन्वयमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा यात्रु सहायता कक्षा स्थापना गरेको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायी र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यातायातमा सहजीकरण थालेको हो । यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाको सुन्धारा, नागढुङ्गा, कलङ्की, नयाँ बसपार्क, चावहिल, कोटेश्वर, बल्खु, भक्तपुरको जगातीलगायत मुख्य उक्त कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो । यात्रु सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडादर भन्दाबढी भाडा लिए÷नलिएको, लामो दुरीका सवारी साधनमा दुई चालक भए÷नभएको जाँच गर्ने, काउण्टरमा भाडादर टाँस्न लगाउने छ ।

यस्तै सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपु¥याइ बाटोमै अलपत्र पार्ने जस्ता कार्यको पनि निगरानी गरिने उहाँले बताउनुभयो । यससँगै नाकामा थप जनशक्ति परिचालन गरी विशेष जाँचको व्यवस्था मिलाई यात्रुलाई पर्नसक्ने विभिन्न समस्या समाधान गरिने पनि प्रवक्ता भट्टले बताउनुभयो ।

वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

काठमाडौँ, २३ असोज- वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ ।नेपाल गणतान्त्रिक खेलकुद महासङ्घको आयोजनामा सोमबार नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको फाइनल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै गण्डकी प्रदेश विजयी भएको हो ।

प्रतियोगितामा प्रथम भएसँगै गण्डकी प्रदेशले रु पाँच लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो टिम नेपाल पुलिस क्लबले रु दुई लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र हासिल गरेको छ ।

प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुहुँदै खेलकुद क्षेत्रको विकासमा सरकार ध्यान दिनुपर्दछ भन्नुभयो ।

महासचिव चन्दले इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन उच्च प्राथमिकताका साथ काम गर्न सरकारलाई आग्रह गर्नुभयो । नेपाल गणतान्त्रिक खेलकुद महासङ्घका अध्यक्ष जयनन्द चन्दले वीरजङ्गको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । यही असोज १८ देखि सुरु भएको उक्त प्रतियोगिताको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नुभएको थियो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – मंगलबार देशका केही स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको साथै पश्चिमी भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ ।साथै कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चितवनका पोल्ट्री व्यवसाय संकटमा : व्यवयायी भन्दछन् ‘हाम्रा कुरा कसैले सुनेन’

चितवन, २३ असोज ः सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भरमा छन् । उनीहरुलाई बैंकको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर छ ।

बैंकको ऋण टिकाउनैका लागि कतिपयले कुखुरा पालिरहेका छन् । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार नेपालमा अण्डा पार्ने लेयर्स कुखुरा फार्म आठ हजार वटासम्म पुगेका थिए । यो सङ्ख्या घटेर अहिले चार हजारभन्दा तल छ । पोल्ट्री व्यवसायीसमेत रहनुभएका उहाँले भन्नुभयो, “धेरै विस्थापित भए, जति छन्, उनीहरूमध्ये आधाले बैंकलाई देखाउनकै लागि मात्रै कुखुरा पालिरहेका छन् ।”

देशभरमा पोल्ट्री व्यवसाय धरासायी हुने अवस्थामा पुगेपछि अर्बौँ लगानी गर्नुभएका पोल्ट्री व्यवसायी विनोद पोखरेलले आफ्नो अगुवाइमा नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गर्नुभयो । उहाँले भन्नुभयो, “व्यवसाय सिद्धिने अवस्थामा पुगेपछि गत वर्ष हामीले सङ्गठित बनेर देशव्यापी दौडाहा अभियानमा लाग्यौँ ।” आफ्नो व्यवसाय छाडेर सामूहिक हितका लागि पोखरेलको समूहले देशका सबै जिल्लामा पुगेर अण्डाको बजारीकरणसँगै सचेतना काममा जुट्यो ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा चार लाख लेयर्स कुखुरा पाल्दै आउनुभएका दाउन्ने कर्पाेरेटका सञ्चालक पोखरेलले भन्नुभयो, “टिक्नका लागि हामी सङ्गठित भएर लागेका हौँ ।” बाहिरबाट देखिएजस्तो अवस्था नरहेको उहाँले बताउनुभयो ।

वर्षाैँदेखि नोक्सानमा काम गर्नुपर्दा धेरै विस्थापित भएको र रहेकाहरू ऋणमा टिकेको उहाँको भनाइ छ । अहिले अण्डाको लागत मूल्य प्रतिगोटा रु १७ हुन आउँछ । किसानले हाल रु १३ हाराहारीमात्रै पाएका छन् । लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्नुपरेपछि धेरै किसान विस्थापित भएको उहाँ बताउनुहुन्छ ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने लेयर्स कुखुरा फार्म, ह्याचरीसहित पोल्ट्रीसँग सम्बन्धित किसान र व्यवसायी धेरैजसो विस्थापित भएको बताउनुभयो । सरकारको नीतिका कारण धेरै समस्या व्यहोर्नुपरेको उहाँको गुनासो छ । कोभिडअघिसम्म दैनिक ५५ लाख हाराहारी अण्डा उत्पादन हुने गरेकामा अहिले घटेर ३० लाख हाराहारीमा झरेको उहाँको भनाइ छ । पाँच लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको यो व्यवसाय धान्न मुस्किल अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेल तीन सय ४८ ह्याचरी घटेर एक सय २० मा झरेको जानकारी दिनुभयो । भएकामध्येले पनि क्षमताको आधाभन्दा कम उत्पादन गरिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पछिल्ला वर्षहरूमा पोल्ट्रीसँग सम्बन्धित सबै उद्योग धरासायी बन्दै गएका छन् ।” राज्यले नहेर्ने हो भने केही समयपछि नै सम्पूर्ण व्यवसाय धरासायी हुने उहाँको भनाइ छ ।

बैंकको ऋणले मात्रै व्यवसाय टिकेको जनाउँदै उहाँले समयमा सुधार हुन नसके कुल ग्रार्हस्थ उत्पादनमा करिब चार प्रतिशत योगदान दिएको यो व्यवसाय समाप्त भएर जाने उहाँको भनाइ छ । पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट राज्यले व्यवसायीका समस्या बुझ्न नसक्दा पोल्ट्री व्यवसाय समस्यामा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार फेरिएपिच्छे मन्त्री र प्रधानमन्त्रीसम्म कुरा पुर्याएका छौँ, हाम्रा कुरा कसैले सुनेन ।”

नेपालको पोल्ट्री क्षेत्रमा रु दुई खर्बभन्दा बढी लगानी रहेको छ । समयमै राज्यले सम्बोधन गर्न नसकेमा यहाँको पोल्ट्री व्यवसाय पूरै समाप्त हुने अध्यक्ष विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “आत्मनिर्भर रहेको यो व्यवसाय जोगाउन वा समाप्त पार्ने भन्ने राज्यको हातमा छ ।” पोल्ट्री व्यवसाय धरासायी भएमा एकातर्फ आयातमा भर पर्नुपर्ने छ भने अर्कातर्फ रोजगारीका अवसरसमेत गुम्ने उहाँको भनाइ छ ।

हेर्नुहोस् असोज २३ गते मंगलवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ ।

बृष राशि – आय मुलक कार्यको थालनि हुनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

मिथुन राशि – नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।

कर्कट राशि – सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

सिंह राशि – निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

कन्या राशि – एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

तुला राशि – पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।

बृश्चिक राशि – नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।

धनु राशि – साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।

मकर राशि – मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

कुम्भ राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।

मीन राशि – बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।

चोभार सुक्खा बन्दरगाहमा बढ्यो चहलपहल,भन्सार जाँच पासका लागि नयाँ सवारीसाधनसमेत आउन सुरु

काठमाडौँ । चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि इलेक्ट्रिक सवारीसाधन आउन सुरु भएको छ । चोभार सुक्खा बन्दरगाहमा सुरु अवस्थामा कन्टेनराइज्ड कार्गो मात्र आउने गरेकामा गत असारबाट चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधनसमेत आउन सुरु गरेको हो ।

हालसम्म साङ्ग्रिला मोटर्स प्रालि, जि‍ओ अटोमोबाइल्स प्रालिलगायत अन्य कम्पनीका पेट्रोलबाट चल्ने ८३ वटा गाडी चोभार भन्सार कार्यालयमा भन्सार जाँच पासका लागि आइसकेका इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

आयातकर्ताले गत शनिबारदेखि इलेक्ट्रिक गाडीसमेत भन्सार जाँच पासका लागि चोभार ल्याउन सुरु गरेका छन् । नेपाल मोटर्स प्राइभेट लिमिटेडले चार वटा इलेक्ट्रिक कार कन्टेनरमा राखी चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो । उक्त गाडीहरू भन्सार जाँच पासका लागि वीरगन्ज नाकाबाट सिधै चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो ।

चोभार भन्सार कार्यालयबाट भन्सार जाँच पास प्रक्रिया व्यवस्थित भएपछि सवारीसाधन चोभार आउन थालेका हुन् । आगामी दिनमा अझै थप सवारी चोभार आउने जानकारी आयातकर्ताले गराएका छन् ।

कार्यकारी निर्देशक श्री आशिष गजुरेलले चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कन्टेनराइज्ड मालवस्तु एवं नयाँ सवारीसाधन चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि ल्याउन आयातकर्तासँग पटक पटक छलफल भएको जानकारी दिए ।

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँच पासका लागि आउने मालवाहक सवारीसाधन एवं नयाँ सवारीसाधनका लागि प्रवेश निःशुल्क गर्नुका साथै पार्किङ एवं गोदाम शुल्कसमेत न्यूनतम गरी समितिले स्तरीय सेवा प्रदान गरिरहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला बिक्री, भएन अनुगमन

झापा, २३ असोज: सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ ।
उपभोक्ता जागरण अभियान मेचीनगरले हालै गरेको अनुगमनमा मेचीनगर नगरपालिकाको प्रशासनिक कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, अस्पताललगायतका सार्वजनिकस्थलबाट एक सय मिटरभित्र चुरोट, बिँडी, खैनी र गुट्खाको खुला बिक्री वितरण भइरहेको तथ्य फेला पारेको हो ।

अभियानका मेचीनगर अध्यक्ष रचना घिमिरेले अनुगमनबाट पाइएको तथ्यबारे जानकारी दिँदै मेचीनगर नगरपालिकाको मेचीनगर वडा नं ७ स्थित मुख्य प्रशासनिक कार्यालयबाट एक सय मिटरभित्रका पसल तथा घरमा सुर्तीजन्य पदार्थको निर्वाध बिक्री वितरण भइरहेको फेला पारिएको जानकारी दिनुभयो ।

अभियानले मेचीनगर वडा नं १० स्थित धुलाबारी माध्यमिक विद्यालय, मेचीनगर वडा नं ८ स्थित आदर्श माध्यमिक विद्यालय र मेचीनगर वडा नंं ६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालयको एक सय मिटरभित्रका पसल तथा घरको अनुगमन गरेको जनाएको छ । ती विद्यालयको एक सय मिटरभित्र चुरोट, बिँडी, खैनी, गुट्खा र पत्रु खाना (जङ्क फुड)को निर्वाध बिक्री वितरण भइरहेको अभियानका कोषाध्यक्ष मीरा काफ्लेले जानकारी दिनुभयो ।

उपभोक्ता जागरण अभियान मेचीनगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाइएको प्रतिबन्धात्मक कानुनी व्यवस्थाको कार्यान्वयन नभएको जनाउँदै सोमबार मेचीनगर नगरपालिकामा तीनबुँदे मागपत्र बुझाएको छ ।

अध्यक्ष घिमिरेले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ ले सार्वजनिकस्थलको सय मिटरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने कानुनी व्यवस्था गरेको बताउनुभयो । यो कानुनी व्यवस्थाको उल्लङ्घन गर्नेलाई रु १० हजारसम्म जरिवाना गर्न सकिने दण्डात्मक व्यवस्थासमेत ऐनले गरेको उहाँको भनाइ छ ।

नगरभित्रका सार्वजनिकस्थल वरिपरि कानुनले निषेधित गरेको स्थानमा सुर्तीजन्य पदार्थको छ्याप्छ्याप्ती बिक्री वितरण भएको फेला परेपछि त्यसलाई रोक्न माग गर्दै अभियानले मेचीनगर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष घिमिरेको नेतृत्वमा नगरपालिकाका कार्यवाहक नगरप्रमुख हृदय राजवंशीलाई बुझाइएको तीनबुँदे ज्ञापनपत्रको पहिलो बुँदामा मेचीनगरका सार्वजनिकस्थलबाट एक सय मिटरभित्रका घर तथा पसलबाट भइरहेको सुर्तीजन्य पदार्थको बिक्री वितरण अविलम्ब रोक्न माग गरिएको छ ।

विद्यालय, क्याम्पस, अस्पताल, स्वास्थ्योपचार केन्द्र, धार्मिक तथा पर्यटकीयस्थल, नगरपालिकाको प्रमुख प्रशासनिक कार्यालय, वडा कार्यालयलगायतका सार्वजनिकस्थलबाट सुर्तीजन्य पदार्थको बिक्री रोकिनुपर्ने माग गरिएको सचिव निरु परियारले बताउनुभयो । अभियानले मेचीनगरभित्रका विद्यालयमा दिइँदै आएको दिवा खाजामा पत्रु खाना (जङ्क फुड) निषेध गर्न र लागुपदार्थविरुद्ध वडा तहसम्म जागरण अभियान सञ्चालन गर्न नगरपालिकासँग माग गरेको छ ।

मेचीनगरको शिक्षा शाखा प्रमुख होमप्रसाद भण्डारीले शिक्षण संस्थाबाट सय मिटरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउन सबै प्रधानाध्यापकलाई निर्देशन दिइने बताउनुभयो । मेचीनगरका कार्यवाहक नगरप्रमुख राजवंशीले कानुनमा भएको व्यवस्था कसैले पनि उल्लङ्घन गर्न नमिल्ने हुँदा सार्वजनिकस्थल वरिपरि निषेधित वस्तुको बिक्रीमा रोक लगाउन पहल गरिने बताउनुभएको छ ।

बजार अनुगमन गर्न आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेशका प्रमुख पवनकुमार भट्टले बजारको तत्काल अनुगमन गरी उपभोक्तालाई स्वच्छ र सुलभ मूल्यमा वस्तु तथा सेवा उपभोग गर्न पाउने व्यवस्था मिलाउन स्थानीय तहको सरकारलाई आग्रह गर्नुभएको छ ।

झापा जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले उपभोक्ताको अधिकार मानवअधिकारकै विषय भएकाले यस विषयमा स्थानीय सरकार गम्भीर बन्नुपर्ने र आमनागरिक जागरुक बन्नुपर्ने बताउनुभयो ।

सरकारी कार्यालयका प्रमुख, मानवअधिकार र उपभोक्ता अधिकारकर्मी, कानुन व्यवसायी, व्यवसायीलगायतको उपस्थितिमा भएको उक्त कार्यक्रमका सहभागीले चाडपर्व नजिकिँदै जाँदा झापाको बजारमा मूल्यवृद्धि अनियन्त्रित भएको, बजार अनुगमन फितलो भइरहेको, कानुन कार्यान्वयन हुन नसकेको र सुपथ मूल्यका पसल सञ्चालन नभएको गुनासो सुनाएका थिए ।

आयोगका प्रमुख भट्टले मूल्यवृद्धि नियन्त्रण र बजार अनुगमनमा ध्यान दिन स्थानीय तहको अनुगमन समितिलाई निर्देशन दिनुभएको थियो । सङ्घीयता कार्यान्वनपछि बजार अनुगमनको अधिकार स्थानीय प्रशासन र वाणिज्य विभागबाट स्थानीय तहको सरकारलाई हस्तान्तरण भएको जनाउँदै आयोगका प्रमुख भट्टले उपभोक्ता अधिकारको संरक्षण गर्न कम चासो दिएको भन्दै सरकारको आलोचनासमेत गर्नुभयो ।

कञ्चनपुरको महाकाली नदी किनारमा खुला बिचभलिबल हुने

महेन्द्रनगर (कञ्चनपुर) २३ असोज : कञ्चनपुरको महाकाली नदी किनारामा रु एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ ।यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा पहिलोपटक प्रथम पुरुष खुला तथा भेट्रान भलिबल प्रतियोगिता यही असोज २९ गतेदेखि आयोजना हुन लागेको हो ।

आयोजकले सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित भाइरल रोड छेउमा रहेको महाकाली नदीमा बिचभलिबल आयोजना गरिने जानकारी गराएको छ ।

नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित उक्त आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगिता मूल आयोजक समिति संयोजक एवं भलिबल सङ्घका जिल्ला अध्यक्ष श्यामसिंह मौनीले खेलकुदको विकाससँगै यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा समेत आयोजनाले बल पुग्ने बताउनुभयो ।

“शुक्लाफाँटाबाट झोलुङ्गे पुल हुँदै भाइरल रोडसम्म पर्यटक आवागमन बढ्ने अनुमान छ”, उहाँले भन्नुभयो, “त्यसका लागि सरकारी संयन्त्र र भलिबल सङ्घबीच सहकार्य भएर प्रतियोगिता आयोजना हुँदैछ ।” खुलातर्फ प्रथम स्थान हासिल गर्ने टिमले रु एक लाख नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी द्वितीय हुने टिमले रु ५० हजार र तृतीय स्थान ओगट्ने टिमले रु २५ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने संयोजक मौनीले जानकारी दिनुभयो । त्यसैगरी भेट्रान (चालीस वर्षभन्दा माथि) तर्फ पहिलो हुने टिमले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुने टिम रु १० हजार नगद, ट्रफी र मेडलसहित पुरस्कृत हुनेछन् ।

प्रतियोगिता सञ्चालनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएका छन् भने प्रतियोगिता सञ्चालनका लागि भीमदत्त , बेदकोट र दोधारा चादँनी नगरपालिकाबाट पनि आवश्यक सहजीकरण भइरहेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा सेनाको बाहिनी, गण र गुल्मका सैनिक अधिकृतका साथै भलिबल सङ्घका पदाधिकारीको सहभागिता थियो ।

प्रतिकेजी ४५० रुपियाँ रहेको जिराको मूल्य बढेर एक हजार २५० पुग्यो

काठमाडौँ । एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपियाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सय रुपियाँले बढेर हाल बजारमा एक हजार २५० रुपियाँदेखि एक हजार चार सय रुपियाँको हाराहारीमा पुगेको छ ।

जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने गर्छ । भारतमा जिराको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पाँचरछ महिनादेखि लगातार जिराको मूल्य बढ्दा त्यसको प्रभाव आमउपभोक्तालाई पर्न गएको छ । थोक बिक्रेता सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भारतमै जिराको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढ्न गएको बताए ।“भारत वा विश्वबजारमा जिराको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्ने नै हो किनभने हामीकहाँ यसको खेती छैन,” उनले भने, “नेपालमा उपभोग हुने जिराको कुल परिमाणमध्ये झन्डै ९० प्रतिशत भारत र आठ प्रतिशत टर्कीबाट आयात हुन्छ, बाँकी दुई प्रतिशत कतार र बेल्जियमबाट आयात हुन्छ ।”जिरामा नेपाल भारतमाथि निर्भर भएकाले भारतमा जिराको मूल्य उतारचढाव हुँदा त्यसको प्रत्यक्ष असर नेपालीको भान्छामा पर्ने उनको भनाइ छ ।स्वादका लागि मसलाका रूपमा प्रयोग गरिने जिराको मूल्य बढ्दा उपभोक्ताको भान्छा महँगो हुँदै गएको छ । अन्य समयको तुलनामा चाडपर्वका बेला खपत पनि धेरै हुने गर्दछ । भारतमा उत्पादन कम हुँदा मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ ।हाल बजार माग धान्न चीनबाट समेत जिरा आउन थालेको व्यवसायीको भनाइ छ । टर्की र इरानबाट समेत जिरा आउने गरेको छ । जिरा उत्पादनमा भारत पहिलो मुलुक हो, विश्वबजारमा जिराको मूल्य अत्यधिक बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको छ ।व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा विभिन्न मुलुकबाट नेपालमा ४८ करोड ५६ लाख ५० हजार रुपियाँ बराबरको जिरा आयात भएको छ । मुलुकमा जिरा उत्पादन गर्न सक्ने सम्भावना भए पनि स्थानीय उत्पादन नहुँदा आयातमै भर पर्नु परेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

इजरायलमा रहेका नेपालीलाई फर्काउन ट्रेड युनियन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन माग गरेको छ ।युनियनका महासचिव अजयकुमार राईले  विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न स्थानमा विद्रोही समूह हमासको आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको र केही गम्भीर घाइते भएकाले बाँकी नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न माग गर्नुभयो ।

इजरायलमा वैदेशिक रोजगार, शिक्षा हासिल तथा अन्य कामले बसोबास गर्दै आएका नेपालीको तथ्याङ्क एकिन गरी उनीहरुको जीवनरक्षा र तत्काल सुरक्षित स्थानमा उद्दार गर्न नेपाल ट्रेड युनियन कांग्रेसले आग्रह गरेको छ ।

रसुवामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु, पाँच घाइते

रसुवा, २२ असोज : आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत–२ नेशिङ खोलामा सोमबार साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो ।

नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । घाइतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल पु¥याउन एम्बुलेन्स दुर्घटनास्थलतर्फ पठाइएको प्रहरी प्रमुख बुढाथोकीले राससलाई जानकारी दिनुभयो ।

इजरायलमा दश नेपालीको मृत्यु भएकामा भारतद्वारा दुःख व्यक्त

काठमाडौँ- भारतले इजरायलमा दश जना नेपाली विद्यार्थीको आत ङ्कवादी हमलामा मृत्यु भएकामा दुःख व्यक्त गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएर दुःख व्यक्त गर्नुभएको हो ।

सन्देशमा राजदूत श्रीवास्तवले हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

बागमती प्रदेशसभा बैठक : दुईवटा विधेयक सर्वसम्मति पारित

मकवानपुर, २२ असोज : बागमती प्रदेशसभाको आजको बैठकले दुईवटा विधेयक सर्वसम्मतिले पारित गरेको छ । बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो । बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका ज्येष्ठ सदस्य याङ्किला शेर्पाले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकउपर समितिले गरेको निर्णयको प्रतिवेदन पेस गर्नुभएको थियो ।

बैठकमा विशेष समय मागेर नेकपा (एमाले) संसदीय दलका सचेतक मधुसूदनप्रसाद पौडेल, राप्रपा संसदीय दलका नेता उद्धव थापा र नेमकिपा संसदीय दलका नेता सुरेन्द्रप्रसाद गोरसाइँले इजरायलमा भएको आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

उहाँहरुले त्यहाँ रहेका विद्यार्थीहरुलाई तत्काल स्वदेश फर्काउन प्रदेश सरकारमार्फत सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।त्यसपछि सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको घोषणा गर्नुभयो ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, २२ असोजः कजाखस्तानका लागि नेपाली राजदूत मिलनराज तुलाधरले अस्तानास्थित राष्ट्रपति प्रासादमा हालै आयोजित एक विशेष समारोहमा राष्ट्रपति काश्याम जोमार्ट तोक्यावसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

त्यस अवसरमा राजदूत तुलाधरले राष्ट्रपति रामचन्द्र पौडेल तथा नेपाल सरकारका तर्फबाट राष्ट्रपति तोक्यावको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै कजाखस्तानका जनताको निरन्तर शान्ति र प्रगतिको कामना गर्नुभएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यसअघि राजदूत तुलाधरले परराष्ट्र सहायकमन्त्री अलिबेग बाकाएभसँग भेट गरी पारस्परिक सहयोगका क्षेत्रबारे छलफल गर्नुभएको थियो । नियमित रुपमा छलफल एवं सहकार्यका लागि परामर्श संयन्त्र स्थापना गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका थिए ।

निःशुल्क रगत उपलब्ध गराउँदै काठमाडौँ महानगरपालिका

काठमाडौँ, २२ असोज : काठमाडौँ महानगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ ।काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोलको रोहवरमा आज कामपाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सो सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । यसअघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइसकेको उल्लेख गर्दै प्रमुख साहले स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराउन सम्झौता गरिएको बताउनुभयो ।

उपप्रमुख सुनिता डङ्गोलले अब रगतका लागि सहज हुने बताउनुभयो । कामपाका जनस्वास्थ्य विभाग प्रमुख पौडेलका अनुसार, उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ । यसका लागि प्रति युनिट रु एक हजार ६० र क्रस म्याच गराउनु परे थप रु दुई सय उपलब्ध गराइनेछ ।सम्झौताअनुसार महानगरका वडाबाट रक्तदान कार्यक्रम आयोजना र अन्य रक्तदानका कार्यक्रममा खाजावापत प्रत्येक रक्तदातालाई रु दुई सय उपलब्ध गराइने छ । रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालका अनुसार सम्झौता बमोजिम कामपाले पहिलो चरणमा रु तीन लाख उपलब्ध गराउनेछ । सेवा लिनका लागि कामपाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचयपत्र, बसाइसराइको प्रमाणपत्र, जन्म दर्ता, विवाह दर्ता प्रमाणपत्रमध्ये कुनै एउटा पेश गर्नुपर्ने छ ।˗˗˗

प्रदेशसभामा सङ्घीय सरकारको ध्यानाकर्षण प्रस्ताव

मकवानपुर, २२ असोजः बागमती प्रदेशसभाको आज साँझ बसेको बैठकमा प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले काठमाडौँ–धादिङ सुरुङमार्ग निर्माणका क्रममा स्थानीयवासीले झेल्नु परेका समस्याबारे सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

सुरुङमार्ग निर्माणको क्रममा त्यस भेगका करिब एक हजार दुई सय परिवारले स्वच्छ पानीको अभाव झेल्नु परेकाले सङ्घीय सरकारले उनीहरुको समस्यालाई यथाशीघ्र समाधान गर्न प्रदेशसभा सदस्य पोखरेलले आग्रह गर्नुभयो । ती क्षेत्रमा बसोबास गरेका सर्वसाधारणलाई सिँचाइको व्यवस्था गर्न र वातावरण प्रदूषण नियन्त्रण गरी प्रभावित क्षेत्रका विपन्न नागरिकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनेतर्फ सङ्घीय सरकारले विशेष पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सभामुख भुवनकुमार पाठकले उहाँको ध्यानाकर्षण प्रस्तावलाई सङ्घीय सरकारको ध्यानाकर्षण गरी आवश्यक कारबाही अगाडि बढाउन प्रदेश सरकारलाई निर्देशन दिनुभयो । बैठकको अध्यक्षता सभामुख पाठकले गर्नुभएको थियो ।

इजरायलमा सम्पर्कविहीन नेपालीको खोजी जारी,घाइते भएकाको स्थानीय अस्पतालमा उपचार हुँदै

काठमाडौँ, २२ असोज : तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ । घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुईजनालाई तेल अबिबमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, अस्पताललगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एकजना नेपालीको खोजीलाई तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।

“हाल युद्ध भइरहेको इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली सङ्घसंस्थाको सहयोगमा दूतावासले उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

नेपाल फर्कन इच्छुकहरुको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण सङ््कलनका लागि अनलाइन रजिष्ट्रेसन सुरु भई दुई सयभन्दा बढीको विवरण प्राप्त भइसकेको छ । राजदूतावासले इजरायलमा भएका नेपालीलाई संयमित एवं सतर्क भई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ । 

कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

काठमाडौँ, २२ असोज : सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि मङ्गलबार सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा बस्ने भएको छ ।कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले राससलाई जानकारी दिनुभयो ।

भेडाच्याङ्ग्रा बेच्न जुम्लाबाट हिँडेर १७ दिनमा बेनी

म्याग्दी, २२ असोज : कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् ।

जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७औँ दिनमा आज म्याग्दीको सदरमुकाम बेनी आइपुगेको हो । “हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौँ”, उहँले भन्नुभयो, “यहाँ ल्याइपु¥याउँदा एउटा रोज्जा च्याङ्ग्राको मूल्य रु ५० देखि ५५ हजार परेको छ ।”

उनीहरु जुम्लादेखि डोल्पा, रुकुमपश्चिम, ढोरपाटन हुँदै म्याग्दीको धवलागिरि गाउँपालिकाबाट परम्परागत व्यापारिक मार्गको प्रयोग गरेर च्याङ्ग्रा बेच्न बेनी आएका हुन् । मुस्ताङी भेडाच्याङ्ग्राले बजार लिन थालेपछि करिब १५ वर्षयता म्याग्दीमा डोल्पा र जुम्लाबाट भेडाच्याङ्ग्रा ल्याइएका थिएनन् ।

स्थानीयका अनुसार करिब १५ वर्षपछि जुम्लाका कृषक (तराल) भेडाच्याङ्ग्रा बिक्रीका लागि म्याग्दी आएका हुन् । भेडाच्याङ्ग्रा बिक्री गर्न आउने व्यापारी र कृषकलाई म्याग्दीमा तराल भन्ने चलन छ । तीर्थराजसहित चार जना मिलेर भेडाच्याङ्ग्रा बिक्री गर्न आउनुभएको हो ।

हालसम्म करिब १५ मात्र भेडाच्याङ्ग्रा बिक्री भएको श्यामराज बोहराले बताउनुभयो । “सबैले महँगो भयो भन्छन्”, उहाँले भन्नुभयो, “पोखरासम्म पु¥याउँदा बिक्री हुन्छन् कि भन्ने आशा छ ।” दसँै पर्वलाई लक्षित गरेर यसपाली म्याग्दीमा मुस्ताङभन्दा पहिले जुम्लाबाट च्याङ्ग्रा आइपुगेका हुन् ।

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडाँैलगायत जिल्लाबाट च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन् । मुस्ताङका कृषकका गोठबाट सङ्कलन गरेर जोमसोम ल्याइएका च्याङ्ग्रा व्यापारीले खरिद गरेर निकासी गर्दछन् ।

च्याङ्ग्राको हुल भित्रिएसँगै दसै आगमनको महसुस गराउँछ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाल जडीबुटी खाने भएकाले दसैँ तिहारजस्ता पर्वमा पोषिलो मासुका रुपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ ।

स्वादिलो र पोषिलो हुने भएकाले दशैमा हिमाली भेडाच्याङ्ग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका देवेन्द्र घिमिरेले बताउनुभयो । तीन वर्षअघि प्रतिवटा रु २५ हजारमा पाइने च्याङ्ग्राको मूल्य अहिले दोब्बरले बढेकाले सामान्य वर्गका उपभोक्ताले स्थानीय खसीबोका प्रयोग गर्न थालेका छन् ।

शिक्षा विधेयकमा संशोधनका लागि एनसिई नेपालका सुझाव हस्तान्तरण

काठमाडौँ, २२ असोज: शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले सार्वजनिक शिक्षाको गुणस्तर सुधार र रुपान्तरणका साथै संविधानको मौलिक हकको सुनिश्चितता हुने गरी विद्यालय शिक्षा विधेयक, २०८० पारित गर्न प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका सचेतकलाई सुझावपत्र दिएको छ ।

अभियानका अध्यक्ष राजेन्द्र पहाडीसहितको टोलीबाट विधेयकमा बालबालिका, युवा तथा प्रौढको शिक्षा, सिकाइ र सुरक्षाको सुनिश्चितता हुने गरी संशोधन गर्न माग गरिएको हो ।

विधेयकलाई दफाबार छलफलका लागि प्रतिनिधिसभाको सम्बन्धित समितिमा पठाइएका बेला शिक्षाक्षेत्रमा कार्यरत नागरिक संस्थाहरुको उक्त सञ्जालले सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, जनता समाजवादी पार्टीका मुख्य सचेतक प्रदीप यादवलाई बेग्लाबेग्लै भेटेर संशोधनका लागि आफ्ना तीन महले सुझावसहित सुझावपत्र बुझाएको छ ।

भेटमा सभामुख घिमिरेले विधेयकलाई संविधानको मर्मअनुरुपको बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्राप्त सुझावलाई मनन गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । अभियानले विधेयकबारे विज्ञ र सरोकारवालासँग बृहत् छलफल गरी प्राप्त सुझावका आधारमा संशोधन सुझाव तयार गरेको जनाइएको छ ।

प्रधानमन्त्रीद्वारा कृतज्ञता ज्ञापन

काठमाडौँ, २२ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय शोकको घडीमा राजनीतिक दल, नागरिक समाज एकाकार भएर सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकामा सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ ।

सिंहदबारमा आज भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले इजरायलमा भएको आतङ्कवादी आक्रमणका कारण त्यहाँका विभिन्न स्थानमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले आवश्यक सबै तयारी गरिसकेको जानकारी दिँदै धन्यावाद ज्ञापन गर्नुभएको हो । उहाँले सरकारको प्रयासका कारण बङ्करमा फसेका नेपाली विद्यार्थीको आज उद्धार भइसकेको र नेपाल फर्कन चाहनेलाई विमान चार्टर गरी ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताउनुभयो ।

“चाँडोभन्दा चाँडो सत्यतथ्य सूचना प्रवाह गर्नुपर्ने राष्ट्रिय दायित्वका हिसाबले सबैलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो”, प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले रासससँग भन्नुभयो, “सङ्कटको यो समयमा राष्ट्रिय सहमति भयो, सबैको एक स्वर रह्यो, त्यसका लागि प्रधानमन्त्रीले आभार व्यक्त गर्नुभयो ।”

प्रधानमन्त्री दाहालले बोलाउनुभएको उक्त बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडका, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गरेको कामबारे जानकारी दिनुभएको थियो ।

इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन

काठमाडौँ, २२ असोज : गत शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा मारिएका १० जना नेपाली विद्यार्थीको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ ।

लुम्बिनी विश्व शान्ति मञ्च र अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले आज साँझ उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो ।दीप प्रज्वलनमा उपस्थितहरुले मृतक विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले इजरायलमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी नेपाल फर्काउन सरकारसँग माग गरेका छन् ।

इजरायलमा होनहार युवाको निधन भएको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, २२ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी होनहार युवाको निधन भएको घटनाले आफू मर्माहत भएको बताउनुभएको छ । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा उक्त अकल्पनीय घटनाबाट जीवन गुमाउनुभएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

आजको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनामा दिवङ्गत भएका नेपालीप्रति सम्मान गर्न यही असोज २३ गते राष्ट्रिय शोक घोषणा गरेको छ । प्रधानमन्त्रीले इजरायल सरकारसँग समन्वय गरी निधन भएका नेपाली नागरिकको शव नेपाल ल्याउने पहल थालिसकेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री दाहालले दुःखद घडीमा धैर्यपूर्वक अघि बढ्न सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरूमा अपिल गर्नुभएको छ ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार गोल्डिनलाई

स्टकहोम- महिलाको श्रम बजारका योगदानबारे गरिएको खोजका लागि अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । स्वीडेनको स्टकहोमस्थित रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनका अनुसार सोमबार घोषणा गरिएको पुरस्कार विजेता गोल्डिन अर्थशास्त्रतर्फको विधामा पुरस्कृत तेस्रो महिला हुनुहुन्छ ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार लागि गठित समितिका अध्यक्ष ज्याकोब स्वेन्सनले भन्नुभयो, “श्रम बजारमा महिलाको भूमिकालाई बुझ्नु समाजका लागि महत्वपूर्ण छ । क्लाउडिया गोल्डिनको आधारभूत अनुसन्धानबाट हामी अब अन्तर्निहित कारकहरूको बारेमा धेरै बुझ्न सक्नेछौँ । यसले भविष्यमा हुने महिला श्रम कठिनाईलाई सम्बोधन गर्न आवश्यक सहयोग पुग्नेछ ।”पुरस्कार प्राप्त गरेपछि ७७ वर्षीय गोल्डिनको प्रतिक्रियाबारे एलेग्रेनले भन्नुभयो, “उहाँ पुरस्कार प्राप्त गर्दा आश्चर्यचकित र अत्यधिक खुशी हुनुभएको छ ।”“क्लाउडिया गोल्डेनको खोजले महिला श्रम बजारमा व्यापक सामाजिक प्रभाव पार्छ,” पुरस्कार समितिका सदस्य ¥यान्डी हजलमार्सनले भन्नुभयो, “अन्ततः समस्यालाई बुझेर र यसलाई सही नामले पुकारेर, हामी अझ राम्रो तरिकाले अगाडि बढ्न सक्षम हुनेछौं ।”यसअघि चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्ति विधाका लागि पुरस्कारहरू गत साता घोषणा गरिसकिएको छ ।सन् १९६८ मा स्वीडेनको केन्द्रीय बैंकले स्थापना गरेको अर्थशास्त्र पुरस्कारलाई औपचारिक रूपमा अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक जगत्मा ‘बैंक अफ स्वीडेन पुरस्कार’को रूपमा चिनिन्छ ।सन् २००७/०८ को वित्तीय सङ्कटमा अमेरिकाको आक्रामक प्रतिक्रियालाई आकार दिन मद्दत गर्ने बैंकको असफलताबारे अनुसन्धान गरेका कारण गत वर्ष फेडरल रिजर्भका पूर्व अध्यक्ष बेन बर्नान्के, डगलस डब्लु डायमन्ड र फिलिप डाइभिगले पुरस्कार जितेका थिए । 

इजरायलमा रहेका नेपालीको उद्धार गर्न अध्यक्ष ओलीको सरकारसँग माग

काठमाडौँ, २२ असोज : नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले इजरायलबाट नेपालीको उद्धार गर्न सरकारसँग माग गर्नुभएको छ । साथै उहाँले घाइतेहरुको उपचारको व्यवस्था गर्न आग्रह पनि गर्नुभएको छ ।

एमाले अध्यक्ष ओलीले आज एक विज्ञप्ति जारी गरी आक्रमणमा ज्यान गुमाएकोहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था गर्न माग गर्नुभएको छ ।   आतङ्कवादी हमलामा नेपालीको ज्यान गएकामा आफू स्तब्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले दिवङ्गत भएका परिवारजनप्रति सहानुभूति व्यक्त गर्नुभएको छ ।    विज्ञप्तिमा अध्यक्ष ओलीले आतङ्कवादी हमलाको निन्दा पनि गर्नुभएको छ । 

हरेक पसलमा अनिवार्य बीलबिजक जारी गर्ने व्यवस्था मिलाउन समितिको निर्देशन

काठमाडौँ, २२ असोज : सार्वजनिक लेखा समितिले हरेक पसलमा मूल्यसूची राख्न र अनिवार्यरुपमा बीलबिजक जारी गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हरेक स्थानीय तहमा सहुलियत मूल्य पसल खोल्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

साथै समितिको निर्देशन कार्यान्वयन भए वा नभएको प्रगति विवरण एक महिनाभित्र समितिलाई उपलब्ध गराउन पनि आजको बैठकले निर्देशन दिएको छ । निर्देशन परिपालना भए नभएको सम्बन्धमा समितिबाट पनि अनुगमन र मूल्याङ्कन हुने समितिको भनाइ छ । समितिले गैरकानुनी तरिकाले खुला सीमामार्फत भित्रिने चिनीलगायतका अन्य सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न पनि निर्देशन दिएको छ ।

साथै वस्तु तथा सेवाको गुणस्तर र बजारमूल्यको नियमित अनुगमन गर्न÷गराउन, गैरकानुनी काम गर्नेलाई तत्काल कानुनबमोजिम कारबाही गर्न, विभिन्न वस्तु आयात गर्दा हुने गरेको गैर कानुनी पुँजी पलायनलाई तत्काल नियन्त्रण गर्न, आयात गर्दा गरिने न्यून बिजकीकरणको अनुगमन गरी नियन्त्रण गर्न गराउन पनि समितिले निर्देश गरेको छ ।

समितिले कालोबजारी र सिन्डिकेट तथा उच्च मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन प्रत्येक स्थानीय निकायमा अनिवार्य कम्तीमा एउटा सुपथ मूल्य पसल सञ्चालन गर्नेगरी आवश्यक समन्वय गर्न र सोको सेवा प्रवाहको अवस्था अनुगमन मूल्याङ्कनका लागि आवश्यक संयन्त्र निर्माण गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

ग्यास उद्योगले होटललगायत औद्योगिक प्रयोजनको लागि ५० केजी र चार सय ५० केजीका सिलिन्डर बिक्री वितरण गरेको विषयमा केकस्तो भएको हो ? स्पष्ट पार्न पत्राचार गरेकामा हालसम्म जानकारी नगराएकाले तीन दिनभित्र सो सम्बन्धमा भए गरेका कामकारबाहीका कागजातसहितको विवरण समितिलाई उपलब्ध गराउन समितिले निर्देशन दिएको छ । त्यसैगरी यस्तो गैरकानुनी कार्यलाई तत्काल रोक लगाई गैरकानुनी कार्य गर्ने ग्यास उद्योगलाई कायम गर्न समितिले सरकारलाई निर्देशन दिएको छ । “अत्यावश्यक खाद्यान्नलगायतका ग्यास, पेट्रोलियम पदार्थ भण्डारणको अवस्था विगतदेखि नै कमजोर छ ।

यस विषयमा विगतदेखि नै संसदीय समितिले विषय उठान गरे पनि परिणामुखी कार्यसम्पादन हुन सकेको देखिँदैन । भण्डारणका सम्बन्धमा हालसम्म भएका कामको विवरण र भावी कार्ययोजना के छ भन्ने विषयमा सात दिनभित्र समितिलाई उपलब्ध गराउन समिति नेपाल सरकार उद्योग, तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देश गर्दछ”, समितिको निर्देशनमा भनिएको छ ।

समयमा टेन्डर नगर्ने, अरु निकायलाई दोष दिने प्रवृत्तिलाई अन्त्य गरी आफ्नो कार्यक्षेत्रभित्रको विषयमा जवाफदेही बन्न जिम्मेवारी पन्छाउने काम नगर्न र नगराउन साथै नागरिकको हकअधिकारप्रति सचेत भई कार्यसम्पादन गर्न र सार्वजनिक उत्तरदायित्वको विषयलाई आत्मसात गरी कार्यसम्पादन गर्न समितिले निर्देशन दिएको छ ।