`

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ गरेका छन्।

सो प्रतियोगिता आगामी २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म फ्रान्सको पेरिसमा आयोजना हुँदैछ। काठमाडौँस्थित दूतावासमा आयोजत कार्यक्रममा राजदूत थेयङले नेपाली तेक्वान्दो महिला खेलाडी पलेशा गोवद्र्धन र पुरुष खेलाडी भरतसिंह महतलाई सम्मानसहित बिदाइ गरेका हुन्।

खेलको माध्यमबाट नेपालको गरिमा बढाउन सकिने अवसर रहेको बताउँदै उनले नेपालका खेलकुद क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउन कोरिया सरकार निरन्तर लागिपर्ने धारणा राखे। कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष बनबहादुर चन्दलगायत दूतावासका कर्मचारीको उपस्थिति रहेको थियो।

फ्रान्सको पेरिस प्रस्थान गर्ने टोलीमा प्रशिक्षक कविराज नेगी लामा, टिम मेनेजर रामचन्द्र श्रेष्ठसहितको टोलीले सहभागिता जनाउनेछन्। साथै उक्त टोली आजै पेरिसतर्फ प्रस्थान गर्नेछ।

कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्णजयन्तीको उपलक्षमा दक्षिण कोरियाली दूतावासले यस वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

हवाई सुरक्षा प्रभावकारी बनाउन सरकारलाई सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हवाई सुरक्षा प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन् ।

बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटनापछि सामाजिक संजालमार्फत सभापति देउवाले हवाई सुरक्षा प्रभावकारी बनाउन र कडाइका साथ जहाजहरूको परीक्षण, अनुगमन तथा सुरक्षा लागू गराउन आग्रह गरेका हुन् ।

उनले उनले भनेका छन्, ‘सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले निकै मर्माहीत भएको छु। दुर्घटनामा निधन भएकाहरुप्रति हार्दिक श्रदाञ्जली, परिवारजनमा समवेदना तथा घाइतेको स्वास्थ्य लाभको कामना । हवाई सुरक्षालाई प्रभावकारी बनाउन जहाजहरुको परीक्षण, अनुगमन र सुरक्षा कडाइका साथ लागु गराउन सरकारसँग अनुरोध गर्दछु।’

बुधबार काठमाडौंबाट पोखराका लागि उडेका सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

बागमतीका मुख्यमन्त्री लामाले लिए शपथ, १० सदस्यीय मन्त्रिपरिषद विस्तार

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शपथ लिएका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार नवनियुक्त मुख्यमन्त्री लामालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री लामाले शपथ लिएसँगै आजै १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्रिपरिषदमा नियुक्त मन्त्रीहरुलाईसमेत मुख्यमन्त्री लामाले प्रदेश प्रमुख शर्माको उपस्थितिमा शपथग्रहण गराएका छन् ।

नवनियुक्त मन्त्रीहरुमा नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपंछी, किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायात तथा नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

बागमती प्रदेशसभाको ६४ जना बहुमत सदस्यहरुको समर्थनमा लामालाई मङ्गलबार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री पदमा नियुक्ति गरेका थिए।

बागमतीका नवनियुक्त स्वास्थ्यमन्त्री थापाद्वारा क्यान्सरपीडितलाई एकलाख उपचार खर्च दिने पहिलो निर्णय

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले क्यान्सर रोग लागेका विपन्न नागरिकलाई एक लाख रुपैयाँ सहुलियत दिने निर्णय गरेका छन् ।

बुधबार मन्त्री नियुक्त भएपछि स्वास्थ्यमन्त्री थापाले पहिलो निर्णयमा क्यान्सर रोग लागेका विपन्न नागरिकलाई एकलाख रुपैयाँ सहुलियत दिने निर्णय गरेका हुन् ।

यसअघि ५० हजार रुपैयाँ दिइँदै आएको थियो । उनले त्यसमा ५० हजार थप गरी एक लाख पुर्याएका हुन् । यसका लागि ११ करोड बजेट सुनिश्चित गर्न बागमती प्रदेश मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न आर्थिक मामिला मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेका छन् ।

त्यसैगरी नसर्ने रोग तथा मानसिक रोग रोकथाम र न्यूनीकरण सम्बन्धि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय पनि मन्त्री थापाले गरेका छन् ।

दुर्घटनाग्रस्त सौर्य एयरको जहाजमा को-को थिए ? (नामसहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाजमा १९ जना सवार रहेका थिए । चालक दलका सदस्यसहित सबैजना सौर्य एयरलाइन्सकै कर्मचारी थिए । जहाजमा पाइलट मनिष शाक्य र को–पाइलट एस कटवाल रहेका थिए ।

त्यस्तै, जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक Aref Reda  सवार रहेका थिए।

सौर्य एयर दुर्घटनामा १८ जनाको मृत्यु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको शव संकलन गरिएको र एक जना घाइतेको सिनामंलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको जानकारी दिएको हो ।

यसअघि प्रहरी प्रधान कार्यालयले १५ जनाको मृत्यु भएको र घाइते चारमध्ये तीन जनाको त्रिवि शिक्षण अस्पताल र एकजनाको केएमसी अस्पतालमा उपचार भइरहेको जानकारी दिएको थियो ।

जहाजका क्याप्टेन मनिष शाक्यको केएमसीमा उपचार भइरहेको छ । बुधबार बिहान काठमाडौंबाट पोखरा जाने क्रममा जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको थियो ।

त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको जहाज दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दुर्घटनामा १५ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

जिवितै उद्दार गरिएको चारमध्ये तीन जनालाई त्रिवि शिक्षण अस्पताल र एकजनाको केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोखरा जाने क्रममा जहाज दुर्घटना भएको थियो ।

मर्मतको लागि पोखरा जान लागेको जहाजमा सबै सौर्य एयरलाइन्सका कर्मचारी थिए । शवहरूलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

तस्बिरमा हेर्नुस् दुर्घटनाग्रस्त सौर्य एयरको जहाज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको छ । बुधबार बिहान ११ बजेको समयमा सौर्य एयरको जहा दुर्घटना भएको हो । पोखराका लागि उडान भर्ने क्रममा जहाज दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तस्बिरः नेपाल प्रहरी

दुर्घटनाग्रस्त जहाजमा सबै सौर्य एयरका कर्मचारी रहेका प्रहरीको भनाई

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको जहाज दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुगेका छन् ।

काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरको जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो ।

चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको जहाज उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ । जहाजमा सौर्यका कर्मचारी मात्रै रहेको बताइएको छ ।

सौर्य एयर दुर्घटनापछि त्रिभुवन विमानस्थलमा उडान प्रभावित, ठूलो मानवीय क्षतिको आशंका

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजका क्याप्टेनलाई उपचारका लागि अस्पताल लगिएको छ । क्याप्टेन मनिष शाक्यलाई उद्दार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगिएको हो ।

जहाजमा १९ जना रहेको बताइएको छ । जहाज धावनमार्गबाट चिप्लिए दुर्घटना भएको र आगो लागेका कारण अधिकांश यात्रुको निधन भएको आशंका गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको छ । आज बिहान सवा ११ बजेको समयमा सौर्य एयरको जहा दुर्घटना भएको हो ।

पोखराका लागि उडान भर्ने क्रममा जहाज दुर्घटना भएको प्रहरीले जनाएको छ । जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेका विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् । दुर्घटनाकोबारेमा थप विवरण आउन बाँकी छ ।

माछापुच्छ्रे गाउँपालिकाले ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने

कास्की । माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरी नियुक्तिको प्रक्रिया सुरु गरेको छ । पालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्न सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान गरेको छ ।

गाउँपालिकाले आधारभूत तह (१–५) का लागि १८, आधारभूत तह (६–८)का लागि १० र माध्यमिक तह (९–११)का लागि चारजना र माध्यमिक तह (११–१२)का लागि ६ गरी ३८ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो ।

विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अंकका आधारमा विद्यालयमा प्रअ छनोट गरिने सूचनामा उल्लेख छ । प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ ।

लुम्बिनीमा एमाले संसदीय दलका नेता लीला गिरीले दिए राजीनामा

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेशका संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएका छन्। दलको नेता छोडेर उपनेतालाई मुख्यमन्त्री बनाउन एमाले केन्द्रबाट निर्देशन आएपछि गिरी असन्तुष्ट थिए ।

दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि दलको नेता गिरी र प्रमुख सचेतक तुलसी चौधरीले राजीनामा दिएका हुन् । गिरीले आफूले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन् ।

संसदीय दलका नेता तथा पार्टी पोलिटब्युरो सदस्य गिरीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको एमालेले एकाएक गिरीको नाम हटाएर संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रबाट निर्देशन आएपछि नेता तथा कार्यकर्ताहरूमा असन्तुष्टि देखिएको थियो ।

गिरी पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने आचार्य महासचिव शंकर पोखरेल निकट मानिन्छन्।

भ्रष्टाचारका काण्डको अनुसन्धान अघि बढाउँदा सरकारबाट बाहिरिनुपर्योः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिबन्धु, यति, ओम्नी, नक्कली भुटानी शरणार्थी काण्डविरुद्ध संघर्ष गर्दागर्दै सरकारबाट निस्कनुपरेको बताएका छन् ।

बुधबार नरबहादुर कर्माचार्यको स्मृति दिवसमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचारमा लिप्त हुनेहरुको लागि यस्ता काण्डको अनुसन्धान अघि बढाउँदा सह्य नभएको बताएका हुन् । उनले माओवादी सरकारबाट बेदाग बाहिर निस्किएको बताए ।

उनले भने, ‘कतैबाट पनि दाग लागेको छैन । हामी सरकारबाट बेदाग निस्किएका छौँ । न ओम्नी न त गिरिबन्धुको कुनै दाग लागेको छैन ।’

उनले अहिलेको सरकारले प्रतिगामी कदम चाल्नेसक्ने भन्दै त्यसको सदन र सडकबाट प्रतिवाद गर्ने बताए । राजनीतिक रुपले हाम्रो लागि राम्रो आधार भन्दै उनले त्यसलाई पार्टीले संगठनमा बदल्ने बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई शपथ गराएका हुन् ।

आचार्यले शपथ लिएलगत्तै नेपाली कांग्रेस र नेकपा एमालेबाट चार/चार जना मन्त्रीले प्रदेश प्रमुख शेरचनसँग शपथ लिएका छन् । आचार्यले ८ मन्त्रीलाई बिनाविभागीय मन्त्रीको शपथ गराएका छन् । लुम्बिनीमा भुमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी मन्त्री बनेका छन् । त्यस्तै धनेन्द्र कार्की, सरोज थापा (रोज राणा) पनि मन्त्री बनेका छन् ।

प्रचण्डविक्रम न्यौपाने, खेमबहादुर सारु र सीता शर्माले पनि मन्त्री पदको शपथ लिएका छन् । अहिले मुख्यमन्त्री आचार्यले सबै मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन् भने मन्त्रीहरूले मन्त्रालयको जिम्मेवारी पाइसकेका छैनन् ।

ह्यारिसको प्रतिस्पर्धा गर्न सक्षम छु भनेर प्रमाणित समय

जो बाइडनले आफू अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेको २४ घण्टा नपुग्दै डेमोक्र्याटिक पार्टीको टिकट उपराष्ट्रपति कमला ह्यारिसले पाउने सङ्केत देखियो। आफ्नो पार्टीबाट उम्मेदवार हुन उनलाई सहज होला। तर नोभेम्बरमा हुने निर्वाचनमा डोनल्ड ट्रम्पलाई हराउन भने उनले धेरै चुनौती खेप्नुपर्ने छ। उनको मनोनयन डेमोक्र्याटहरूका लागि बलियो पक्ष भए पनि बाइडन उम्मेदवार बन्न लाग्दा प्रकट नभएका केही चिन्ता कमला ह्यारिस उम्मेदवार हुँदा व्यक्त भएका छन्। 

ताजा सर्वेक्षणहरूमा कमला ह्यारिस ट्रम्पभन्दा अलिकति पछाडि देखिएकी छन्। तर त्यो सर्वेक्षणको सङ्ख्या तलमाथि भने हुन सक्छ। उम्मेदवारी परित्याग गरेको घोषणा गर्नुअघि बाइडन पनि लगभग उस्तै अवस्थामा थिए। राष्ट्रपति बाइडनको तन्दुरुस्ती र उनको प्रचार अभियानको विषयलाई लिएर विगत तीन सातादेखि चिन्तित डेमोक्र्याटहरूमा अहिलेका लागि एउटा ऊर्जा प्राप्त भएको छ।

पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका सबै आकाङ्क्षीहरूले ह्यारिसलाई अनुमोदन गरेका छन्। डेमोक्र्याटिक पार्टीको राजनीतिमा निकै प्रभावशाली मानिने पूर्वसभामुख न्यान्सी पलोसीले पनि उनलाई उम्मेदवार स्वीकार गरिसकेकी छन्।

त्यसैले नोभेम्बरको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने ठानिएको छ। प्रमुख दुई पार्टीका समर्थकहरूबीच विभाजन रहेको अमेरिकी राजनीतिमा ट्रम्पको उम्मेदवारी नै मन नपराउने मानिसहरू पनि छन्।

उपराष्ट्रपति ह्यारिसको सबैभन्दा ठूलो चुनौती र अवसर ट्रम्पप्रतिको विकर्षणबाट लाभ लिनु र मध्यमार्गी मतदातालाई आकर्षित गरी ‘स्विङ स्टेट’ भनिने कुनै पार्टीको स्पष्ट वर्चस्व नभएका राज्यका मतदातालाई पुनर्जागृत गर्नु हो। त्यस्ता मतदाताहरू विगत केही सातामा विचलित हुन थालेको देखिन्थ्यो।

नयाँ थालनी

डेमोक्र्याटिक पार्टीको राष्ट्रपतीय निर्वाचन अभियानमा आएको नयाँ उत्साहमा डलरको प्रसङ्ग पनि सँगै आउँछ। ह्यारिसको प्रचार अभियानका अनुसार बाइडनको घोषणाको २४ घण्टाभित्र उपराष्ट्रपतिले आठ करोड अमेरिकी डलर चन्दा पाएकी छन्। यो अमेरिकाका कुनै उम्मेदवारले यस पटकको निर्वाचनमा एकैदिन पाएको सर्वाधिक चन्दा हो।

उनीसँग यसअघि नै बाइडन-ह्यारिस प्रचार अभियानको कोषमा रहेको १० करोड अमेरिकी डलर छ। ह्यारिसको प्रचारका लागि यथेष्ट खर्च जुट्ने निश्चित भएको छ। पार्टीबाट ह्यारिसको उम्मेदवारी सुनिश्चित भएको अवस्थामा विपक्षी रिपब्लिकन पार्टीले डेमोक्र्याट उम्मेदवारमाथि [बाइडनको] उमेरलाई लिएर गरिरहेको टिप्पणी पनि स्वतः निस्तेज भएर जान्छ।

ट्रम्पको चुनावी प्रचार अभियानले यसअघि डेमोक्र्याट उम्मेदवार रहेका बाइडनमाथि महिनौँदेखि उनको शारीरिक दुर्बलता र अलमलमा पर्ने बानीप्रति कटाक्ष गर्दै आएको थियो। चार साताअघि भएको चुनावी बहसमा राष्ट्रपतिको फितलो प्रस्तुतिप्रति कैयौँ अमेरिकी नागरिकले पनि टिप्पणी गरेका थिए।

ह्यारिस अहिले ५९ वर्षकी भइन्। उनी थप ऊर्जासहित निर्वाचन अभियानमा लाग्ने छिन् र पार्टीका लागि आफू उपयुक्त उम्मेदवार भएको प्रमाणित गर्ने छिन्। उनले ७८ वर्षीय ट्रम्पको उमेरलाई पनि अब चुनावी मुद्दा बनाउन सक्छिन्। ट्रम्प राष्ट्रपतिमा बने भए उनी अहिलेसम्मकै सबैभन्दा वृद्ध राष्ट्रपति हुने छन्।

ह्यारिसको अर्को बलियो पक्ष चाहिँ उनले अश्वेत जातिको भोट आकर्षित गर्न सक्ने सम्भावना हो। विगतका महिना भएका मतसर्वेक्षणहरूमा ती मतदाताहरूमा बाइडनप्रतिको आकर्षण घट्दो क्रममा रहेको देखिएको थियो।

यदि उनले अन्य अल्पसङ्ख्यक र युवा मतदाताहरूको मत यसअघि सन् २००८ र २०१२ मा बराक ओबामाले जसरी नै बटुल्न सकिन् भने त्यसले निर्णायक मानिएका ‘स्विङ स्टेट’हरूमा उनी ट्रम्पविरुद्ध बलियो अवस्थामा हुने छिन्। अमेरिकाको यो पटकको निर्वाचनमा ‘स्विङ स्टेट’हरू ले नै परिणाम छिनोफानो गर्ने ठानिएको छ।

गर्भपतनको मुद्दा
उनी पहिला सरकारी वकिल थिइन्। सन् २०१९ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने आकाङ्क्षा राख्दा उनलाई ‘कमला प्रहरी हुन्’ भनेर उपहास गरिएको थियो। तर त्यो छविले उनलाई ट्रम्पविरुद्धको प्रचारमा भने सहयोग पुर्‍याउने छ। उपराष्ट्रपति गर्भपतनबारे पनि प्रशासनको केन्द्रीय व्यक्ति रहिन्। यो विषय पछिल्ला निर्वाचनहरूमा डेमोक्र्याटिक पार्टीको बाहुल्य रहेका राज्यहरूमा बलियो मुद्दा बनेको छ।

तर यो विषयमा बाइडनले अलि कम पैरवी गरेका थिए। यसको प्रक्रियामा केही हदसम्म समर्थन गरेका उनलाई त्यसले फाइदा नगरेको महसुस भएको थियो। ‘मेरो विचारमा उनले ठूला सहरवरपर बस्ने महिलाहरू र विशेष गरी प्रतिस्पर्धा हुने राज्यहरूमा प्रजनन अधिकारबारे स्मरण गराउने छिन्,’ न्यूयोर्कका पूर्व सांसद तथा डेमोक्र्याटिक पार्टीका चुनावी प्रचार अभियानमा संलग्न स्टीभ इजरेलले बीबीसी अमेरिकाको पड्कास्टमा भनेका छन्। ‘हामीले प्रचारमा पूरै नयाँ थालनी गरेका छौँ।’

ह्यारिसका कमजोर पक्ष

ह्यारिसका कैयौँ सबल पक्ष भए पनि केही डेमोक्र्याटहरूले सुरुमा बाइडनलाई पछि हट्न नदिनुका केही कारणहरू थिए। गर्भपतनबारे डेमोक्र्याटहरूमा उत्साह भर्न सफल भए पनि ह्यारिसको उपराष्ट्रपतिको कार्यकाल भने मिश्रित रह्यो। उपराष्ट्रपति बनेलगत्तै उनलाई अमेरिका-मेक्सिको सीमाको आप्रवासन सङ्कटको समाधान गर्ने जिम्मेवारी दिइयो। तर केही गलत कदम र केही टिप्पणीका कारण उनको धेरै आलोचना भयो। रिपब्लिनहरूले ह्यारिसलाई राष्ट्रपति बाइनडकी ‘बोर्डर जार’ अर्थात् ‘सीमा साम्राज्ञी’ को सङ्ज्ञा दिएका छन्। सीमामा आप्रवासीको आगमन रोक्न उनी विफल भएको तर्क गर्दै रिपब्लिकनहरूले त्यसो भनेका हुन्।

‘तीव्र प्रतिस्पर्धा रहेका राज्यहरूमा डेमोक्र्याटका लागि आप्रवासन नरम मुद्दा हो,’ इजरेल भन्छन्। ‘ठूला सहर वरपरका क्षेत्रमा बस्ने मानिसहरूका लागि यो प्रमुख मुद्दा हो। उनीहरू हाम्रो आप्रवासन प्रणाली राम्रोसँग व्यवस्थित नभएको ठान्छन्।’ ट्रम्पको चुनावी प्रचार अभियानले उपराष्ट्रपतिको सरकारी वकिलको पृष्ठभूमिलाई उनीविरुद्ध प्रयोगको प्रयास गर्ने छ। त्यसमा दुई कुरा प्रयोग हुने छन् – एउटा पूर्वराष्ट्रपति ट्रम्पको फौजदारी न्यायमा सुधार र अर्को उनले विगतमा गरेका कमजोर अभियोजनका निर्णयहरू चर्चामा ल्याएर।

विगतमा ह्यारिस उम्मेदवार बन्दा देखिएका केही घटनाक्रम पनि उनका अहिले प्रतिकूल बन्न सक्छन्। सन् २०१६ मा सिनेटको उम्मेदवार हुँदा उनले डेमोक्र्याटिक पार्टीको प्रभाव रहेको क्यालिफोनिर्या राज्यमा रिपब्लिकन पार्टीबाट कमजोर विपक्षीको सामना गरिन्।

तर सन् २०२० मा उनले राष्ट्रपतीय उम्मेदवार बन्नका लागि गरेको प्रयास खेर गयो। उनले निकै अगाडि उम्मेदवारी घोषणा गरे पनि उनका अन्तर्वार्ताहरू फितला भए भने उनीसँग स्पष्ट दृष्टिकोण नभएको देखिएको थियो। उनको प्रचार अभियान पनि अव्यवस्थित थियो। अन्ततः उनले प्राइमरी निर्वाचनअघि नै आफ्नो दाबी छोड्नुपर्‍यो।

प्रारम्भिक छवि

सम्भवतः ह्यारिसका लागि सबैभन्दा ठूलो चुनौती भनेको उनी बहालवाला राष्ट्रपति नहुनु हो। उनले आफूलाई बाइडन प्रशासनका केही नीतिहरूबाट आफूलाई अलग राख्न सक्ने अवसर पनि छ। तर त्यसो गर्दा उनले मतदाताहरूमा आफ्नो खास क्षमता के हो भनेर देखाउन सक्दिनन्।

रिपब्लिकनहरूले ह्यारिसलाई कम अनुभवी र राष्ट्रपति बनाउन जोखिम हुने व्यक्तिका रूपमा प्रचार गर्न सक्ने अपेक्षा गर्न सकिन्छ। यो अवस्थामा ट्रम्पले आफूलाई मात्रै यसअघि परीक्षण भइसकेको र अनुभवी व्यक्तिको रूपमा प्रस्तुत गर्न सक्छन्। उपराष्ट्रपतिले आगामी दिनमा अमेरिकी जनतासम्म आफ्नो नयाँ छाप बनाउन सक्छिन्।

ह्यारिस उम्मेदवार बनिनन् भने के हुन्छ?

उनी उम्मेदवार बन्ने अवसरबाट वञ्चित हुँदा भने डेमोक्र्याट पार्टीको अगस्टमा हुने राष्ट्रिय सम्मेलनमा शक्ति सङ्घर्षको नयाँ ढोका खुल्ने छ। डेमोक्र्याटहरूले विभिन्न उम्मेदवारलाई एक ठाउँमा ल्याएर पार्टी एकताबद्ध बनाउन वा अझै विभाजित बनाउन सक्छन्। ह्वाइटहाउसका लागि हुने प्रतिस्पर्धा निकै छिटो र स्थायी रूपमा परिवर्तन हुन सक्ने विगत चार सातामा देखिएको छ। ह्यारिसले अमेरिकी राजनीतिको सबैभन्दा ठूलो मञ्चका लागि टिकट पाएकी छन् र अब उनले आफू प्रतिस्पर्धा गर्न सक्षम छु भनेर प्रमाणित गर्ने समय आएको छ।

एन्थनी जर्कर
बीबीसी

ट्रम्प गोली काण्डपछि सीक्रेट सर्भिसकी प्रमुखले दिइन् राजीनामा

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको हत्या गर्ने उद्देश्यले भएको आक्यारमणमा सुरक्षा प्रणाली विफल भएको आरोप लागेपछि अमेरिकी विशेष सुरक्षा निकाय सीक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चीटलले राजीनामा दिएकी छन् । उनले मङ्गलबार राति राजीनामा दिएकी हुन् ।

घटनाका बारेमा सोमबार संसदीय समितिमा लामो सुनुवाइपछि डेमोक्रेट र रिपब्लिकन पार्टीका सांसदले उनको राजीनामा माग गरेका थिए ।

पेन्सिल्भेनिआको बट्लरमा आयोजित चुनावी र्यालीमा सहभागी ट्रम्पमाथि जुलाई १३ मा भएको गोली प्रहारको घटनाबारे प्रश्नहरूको उत्तर दिन अस्वीकार गरेपछि सांसदहरू उनीसँग निराश भएका थिए ।

सीक्रेट सर्भिसकी निर्देशक चीटलले आफूले ‘भारी मन बनाएर’ राजीनामा दिएको उल्लेख गरेकी छन्। राजीनामामा आफूले ‘निकायको आवश्यकतालाई सधैँ पहिलो प्राथमिकता दिएको’ चीटलले उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘अघिल्लो साताको सुरक्षा व्यवस्था निकै कडा थियो र हाम्रो सञ्चालन गति बढाउन सक्ने हो भने त्यो जारी रहन्छ । मेरो राजीनामा माग भएका कारण महत्त्वपूर्ण लक्ष्यका साथ तपाईँहरू प्रत्येकले गरिरहेको राम्रो कामबाट ध्यान अन्यत्र नमोडिओस् भन्ने म चाहन्छु।’

राष्ट्रपति जो बाइडनले एक विज्ञप्तिमार्फत् उनको एक दशक लामो सार्वजनिक सेवाका लागि आभार व्यक्त गरेका छन् । राष्ट्रपति बाइडनले सीक्रेट सर्भिसको नयाँ निर्देशक छिट्टै नियुक्त गर्ने बताएका छन् । तत्कालका लागि गृहमन्त्री आलेहान्द्रो मायोर्कासले रोनल्ड रो कार्यवाहक निर्देशक नियुक्त गरेका छन्।

एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । एसीसी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । श्रीलंकामा जारी प्रतियोगितामो समूह ए मा रहेको नेपाल भारत र पाकिस्तानसँग पराजित भएपछि समूह चरणमा एक खेलमात्रै जितेर घर फर्किन पुगेको हो ।

समूह चरणको अन्तिम खेलमा भारतसँग नेपाल मंगलबार ८२ रनले पराजित भयो । उद्घाटन खेलमा युएईलाई पराजित गर्दै सुखद् सुरुवात गरेको नेपालले त्यसपछि पाकिस्तान र भारतसँग पराजय भोग्न पुग्यो ।

मंगलबारको खेलमा भारतले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ विकेट गुमाएर १७८ रनको विशाल योगफल तयार पारेको थियो ।

जवाफमा नेपालको टोली निर्धारित ओभरमा ९ विकेट गुमाएर ९६ रनमा रोकियो । नेपालका लागि सीता रानामगरले सर्वाधिक २२ रन बनाउँदा रुविना क्षेत्रीले १५ तथा कप्तान इन्दू वर्माले १४ रनको पारि खेले । विशाल लक्ष्य पछ्याउन उत्रिएको नेपाली टोलीले ८ रन हुँदा पहिलो विकेट गुमाएको थियो । नेपालका लागि सम्झना खड्का ७ बलमा ७ रन बनाएर आउट हुँदा एक चौका प्रहार गरिन् ।

सीतालाई साथ दिन आएकी कविता कुँवर पनि धेरैबेर टिकिनन् । कविताले ११ बलमा ६ रनको पारि खेल्दा एक चौका प्रहार गरिन् । समूह ए बाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थानमा बनाएका छन् ।

हामीलाई उद्योगहरुबाट बक्यौता पनि उठाउनु छ, उद्योग पनि चलाउनु छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत महसुल तिर्न बाँकी उद्योगको नियम अनुसार विद्युत बक्यौता उठाइने बताएका छन् । मंगलबार राति सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले उद्योग पनि चलाउने र त्यहाँका मजदूरको रोजगारी पनि जोगाउनुपर्ने बताएका हुन् ।

उनले यस विषयमा बाहिर आएजस्तो सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको बताएका छन् । उनले भने, ‘नियम अनुसार विद्युत बक्यौता उठाइने छ । हामीलाई उद्योगहरुबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदूरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ उत्पादन पनि बढाउनु छ । यस विषयमा सरकार र विद्युत प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद छैन । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगहरूमा काटिएको विद्युत लाईन अहिले जोडिएको छ।’

प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरण संचालक समितिको मंगलबार बसेको बैठकले ६ वटा उद्योगमा काटिएको लाइन जोड्ने निर्णय गरेको थियो । प्राधिकरणले उद्योगहरूलाई आगामी तीन महिनाभित्र वक्यौता तिर्न समय थपेर लाइन जोडेको छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘तीन महिनाभित्र उद्योगीहरूको वक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत लाइन जोड्ने ।’

महसुल नबुझाएपछि प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको लाइन काटेको थियो । प्राधिकरण बोर्डले गरेको निर्णयमा सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यले भने फरक मत राखेका छन् ।

उनीहरुले विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने मत राखेका हुन् । डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महसुल वक्यौता असुल गर्ने सम्बन्धमा प्राधिकरण र उद्योगबीच विवाद छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरूमा काटिएको विद्युतको लाइन जोड्न निर्देशन दिएका थिए ।

तर प्राधिकरण संचालक समितिको लिखित निर्देशन नआएसम्म लाइन जोड्न नसकिने अडान कार्यकारी निर्देशक कुलमान घिसिङले लिएका थिए । त्यसपछि प्रधानमन्त्रीले विद्युत नियमन आयोगलाई लाइन जोड्न पत्र लेख्न लगाएका थिए ।

सदनमा पनि यस विषयमा नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुबीच आरोप प्रत्यारोप चलेको छ । एमालेका सांसदले प्राधिकरणलाई गलत देखाउँदै उद्योगीको पक्ष लिएका छन् भने माओवादी सासदले प्रधानमन्त्रीले ठाडो फर्मान जारी गरी प्राधिकरण धरासायी बनाउन लागेको आरोप लगाएका छन् ।

काठमाडौंमा बुधबारदेखि घर घरमा पुगेर पोलियो थोपा खुवाइने

काठमाडौँ । काठमाडौंमा बुधबारदेखि पाँच वर्ष उमेरभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाइने भएको छ । यसका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविका घर घरमा आउनेछन् । उनीहरुले ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउनेछन् ।

नियमित खोप लिएका बालबालिकालाई पनि पोलियो थोपा खुवाउनु पर्छ । यस कार्यमा सहयोग गर्न काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले महानगरवासीलाई आग्रह गरेको छ ।

विभागका प्रमुख प्रवीण प्याकुरेल भन्छन्, ‘वातावरणीय निगरानीका क्रममा भएको नमूना संकलन र प्रयोगशाला परीक्षणका क्रममा काठमाडौँको टुकुचा र बागमती दोभानमा बागमती नदीतर्फको खण्डबाट (ढलबाट आएको पानी) डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटियो । यसको सम्भावित जोखिम घटाउन विशेष अभियान सञ्चालन गरिएको हो ।’

उनले जेठ १३ गते ढलबाट आएको पानीको नमूना लिइएको र यसको रिपोर्ट असार २९ गते आएको जानकारी दिए । प्रयोगशाला परीक्षणमा यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तन भएको पत्ता लागेको हो ।

यस अभियानमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकासहितको टोली परिचालन हुनेछन् । राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौँ महानगरपालिकाभित्र २ लाख ३८ हजार ९६६ घर छन् ।

यी घरहरुमा ५ बर्षमुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको अनुमान गरिएको छ । विभागको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वडा नम्बर ६ मा ६ हजार १२ जना बालबालिका छन् ।

सबैभन्दा कम वडा नम्बर १ मा ४६२ जना छन् । पोलियो खोप ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी ३ पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन – ओपीभी) खुवाइन्छ । यस्तै १४ हप्ता र ९ महिनाको उमेरमा सुइबाट (इनएक्टीभेटेड पोलियो भ्याक्सिन-आइपीभी) दिइन्छ ।

तत्काल सम्पर्क गर्न अनुरोध

बालबालिकाहरुका अतिशीघ्र लुलो पक्षाघातका लक्षण देखिए तत्काल खबर गर्न महानगरपालिकाले अनुरोध गरेको छ । यसमा बालबालिकाका कुनै पनि अङ्ग तत्कालै लुलो हुने, एक भाग नचल्ने जस्ता लक्षण हुन्छन् । पोलियोको असर ५ बर्षमुनिका बालबालिकामा धेरै हुन्छ । यस्ता लक्षण १५ वर्ष उमेरसम्मका बालबालिकालाई हुन सक्ने, विभागले बताएको छ ।

पोलियो जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । ५ वर्षमुनिका बालबालिका सबैभन्दा धेरै जोखिममा हुन्छन् । पोलियोको भाइरस दुषित खाना र दुषित पानीबाट सर्छ । यसकारण खाना र पानीको सफाइसँगै वातावरणीय स्वच्छतामा ध्यान दिन आवश्यक छ ।

काभा यु–२० महिला भलिबलमा नेपाल तेस्रो

माले । माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो भएको छ ।
माले सिटीस्थित सोसल सेन्टर ईन्डोर हलमा मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई २५-१५, २५-१०, २५-१४ ले पराजित गरको हो ।
उपाधि जित्ने लक्ष्यका साथ माले आएको नेपाली जुनियर टोलीले सोचे अनुसार प्रदर्शन गर्न नसक्दा तेस्राे स्थानमै चित्त बुझाउनु पर्यो ।
चार राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले कुल ५ खेल खेल्दा जम्मा दुई खेल मात्र जित्यो । नेपालले माल्दिभ्सलाई दुई पटक पराजित गर्यो । तर कीर्गिस्तानसँग दुई पटक र श्रीलंकासँग एक पटक पराजित भयो ।

नेपाली टिमका प्रशिक्षक अर्जुन घिमिरेेले यस प्रतियोगितामा नेपालले सोचे अनुसार प्रदर्शन गर्न नसकेको तर पहिलो प्रतियोगिता भएकोले धेरै कुरा सिक्ने अवसर भएको बताए ।’पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा भएर खेलाडी हामी सबै उत्साहित थियाैँ । तर रिसिभ, डिफेन्स, ब्लकमा कमजोर हुँदा फाईनल पुग्न सकेनाैँ । पहिलो खेलमा हामीले श्रीलंकालाई हराउनुपर्ने थियो ।तर खेलाडीहरु सुरुमा नर्भस भए । कीर्गिस्तानको स्तर हामी भन्दा राम्रो देखियो ।’उनले भने ।

उपत्यकामा देखियो हैजा

काठमाडौँ । काठमाडौं उपत्यकामा हैजा देखापरेको छ । ललितपुरका १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा उपचाररत १६ वर्षीय बालकमा हैजा पुष्टि भएको जानकारी दिए ।

उनकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवको ठैवस्थित एक पुनर्स्थापना केन्द्र बस्ने उनमा हैजा पुष्टि भएको हो । त्यस्तै, सोही ठाउँबाट आएका एक जना झाडापखालाका बिरामीको रिपोर्ट आउन बाँकी छ ।

उनी आइसियुमा उपचाररत छन् । पछिल्लो समय अस्पतालमा झाडा पखाला भएर दैनिक करिब १० जनाको हाराहारीमा बिरामी उपचारका लागि आउने डा. बसौलाले बताए ।

अर्थतन्त्रका ४६ चुनौती सामना गर्न २९ क्षेत्रमा सुधार आवश्यक

काठमाडौँ । मुलुकको अर्थतन्त्रका देखिएका चुनौती र समाधानका उपायबारे अर्थमन्त्रालयका कर्मचारीहरूले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ‘ब्रिफिङ’ गरेका छन् ।

मन्त्रालयले मंगलबार प्रेस नोट जारी गर्दै विभिन्न चुनौती पहिचान भएका र ती चुनौती समाधानका लागि चाल्नुपर्ने कमदबारे पनि अर्थमन्त्री पौडेललाई जानकारी गराइएको उल्लेख गरेको छ ।

“अर्थमन्त्रालयका नजरमा नेपालको अर्थतन्त्रमा विशेष गरी ४६ वटा चुनौती छन् । ती चुनौतीलाई सामना गर्न २९ वटा क्षेत्रमा कदम चाल्न जरुरी छ”, मन्त्रालयको प्रेस नोटमा भनिएको छ, “अर्थतन्त्रमा देखा परेका चुनौती र तिनलाई सामना गर्ने उपायसम्बन्धी अर्थमन्त्रालयका सचिव र सहसचिवले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्रिफिङ गरिसकेका छन् । उपप्रधान तथा अर्थमन्त्री पौडेलले समस्या र चुनौतीहरुको प्राथमिकीकरण गरी समाधान गर्दै अघि बढ्ने बताउनुभएको छ ।”

मन्त्रालयले पहिचान गरेका चुनौती

विद्यमान अर्थतन्त्रमा विभिन्न ४६ वटा चुनौती रहेको मन्त्रालयले जनाएको छ । साधन–स्रोत उपलब्धताको अनुपातमा आर्थिक क्षेत्रको वृद्धि कम हुनु, बचत, उपभोग र लगानी वृद्धि दर न्यून रहनु, वित्तीय क्षेत्रको साधन स्रोत पर्याप्त मात्रामा उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसक्नु, आयात÷निर्यात अनुपात उच्च रहनुलगायतका चुनौती पहिचान भएका हुन् ।

त्यस्तै, आर्थिक वृद्धि अस्थिर एवं न्यून रहेको, बढ्दो लगानी आवश्यकता र न्यून कुल ग्राहस्थ्य बचत रहेको, औसत पुँजी प्रतिफल अनुपात तुलनात्मक रूपमा उच्च रहेको, तीव्र आन्तरिक बसाइँसराइँका कारण हिमाली, पहाडी एवं ग्रामीण क्षेत्रको जनसङ्ख्या घट्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

आर्थिक वृद्धिमा उत्पादनशील क्षेत्रको योगदान कमजोर रहेको, अर्थतन्त्रको संरचनागत चुनौती, न्यून कुल ग्राहस्थ बचतः कुल ग्राहस्थ्य उत्पादनको औसत १० प्रतिशतभन्दा कम हुनु, न्यून दरको आर्थिक वृद्धि, न्यून उत्पादकत्व, औद्योगिक क्षेत्रको योगदान घट्दै गएको लगायतका विषयलाई पनि मन्त्रालयले अर्थतन्त्रका विद्यमान समस्याका रूपमा पहिचान गरेको छ ।

त्यस्तै, आयातमा आधारित राजस्व व्यवस्था हुनु, कमजोर निकासी र बढ्दो व्यापार घाटा, राजस्व र खर्चको वृद्धि अझै न्यून रहनु, पुँजीगत खर्चको प्रभावकारिता न्यून रहनु, पर्याप्त तयारीविना बजेट प्रस्ताव गर्ने प्रवृत्ति, ऋणको मात्रा बढ्दै जानु, भुक्तानी दायित्व उच्च रहनुलाई समस्याका रुपमा देखाइएको छ ।

विकास पूर्वाधारमा लगानीको लागि वित्त बचत (फिस्कल स्पेस) न्यून रहनु, राजस्व परिचालन अनुमानयोग्य हुन नसक्नु र लक्ष्य बमोजिम राजस्व असुली हुने नसक्नु, आयातमा आधारित राजस्व उच्च रहेको हुँदा राजस्व परिचालनलाई दिगो बनाउनु चुनौती रहनु, संस्थानमा ऋण लगानीको प्रतिफल कमजोर रहनु समस्या भएको मन्त्रालयको भनाइ छ ।

त्यसैगरी खर्च र आम्दानीबीचको अन्तर बढ्दै जानु, सामाजिक सुरक्षातर्फको खर्च बढ्दै जानु, वैदेशिक ऋणको प्रभावकारी उपयोग हुन नसक्नु, आयोजना/परियोजना तोकिएको समयमा सम्पन्न नहुँदा लागत प्रभावकारी हुन नसक्नुलगायत विषय समस्याका रुपमा पहिचान भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक खर्च व्यवस्थापनतर्फ आयोजनाको अत्यधिक सङ्ख्या र सिर्जना भएको दायित्व व्यवस्थापन, बहुवर्षीय ठेक्काको स्रोत व्यवस्थापन, गैर–बजेटरी मागलाई निरुत्साहित गर्ने, अनिवार्य दायित्वको बजेट बढ्नु, अनावश्यक देखिएका संरचना खारेज हुन नसकेको, वैदेशिक सहायताको उपयोग क्षमता कमजोर रहेको, सङ्घीय सञ्चित कोष ऋणात्मक तर प्रदेश र स्थानीय तहका कोषहरू बचतमा रहने गरेको लगायतका विषय अर्थमन्त्रालयले उजागर गरेको छ ।

त्यस्तै, वित्तीय हस्तान्तरणमा कमी हुँदै जानुलाई पनि चुनौतीका रूपमा पहिचान गरिएको छ । राजस्व सङ्कलन अपेक्षित नहुँदा प्रदेश र स्थानीय तहमा कम मात्र हस्तान्तरण हुने परिस्थिति रहेको, समपुरक र विशेष अनुदानतर्फ बर्सेनि आयोजना थप भई असीमित दायित्व सिर्जना भएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै, बैंकिङ क्षेत्रतर्फ पहिचान भएका समस्यामा कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्न नसकिएको, कर्जाको गुणस्तर बढाउने र बढ्न थालेको खराब कर्जालाई नियन्त्रणमा राख्ने चुनौती रहेको, वित्तीय साधनको लागत घटाउने गरी मौद्रिक उपकरणहरूमा लचकता कायम गर्न नसकिएको, वित्तीय क्षेत्रको नियमन प्रभावकारी हुन नसकेको, वित्तीय सहकारीको नियमन फितलो रहेको लगायत छन् ।

बाह्य क्षेत्रतर्फ कमजोर निकासीको आधार एवम् उच्च व्यापार घाटा, चालु खाता घाटा, भ्रमण आयभन्दा भ्रमण खर्च उच्च रहेको, विदेशी लगानी आप्रवाह अत्यन्त कमजोर रहेको, वैदेशिक रोजगारीलाई थप प्रतिफलमुखी बनाउन नसकिएकोलगायत समस्या पहिचान गरिएको छ ।

आगामी कार्यदिशा

अर्थ मन्त्रालयले पहिचान गरेका अर्थतन्त्रका ४६ चुनौती सामना गर्न २९ क्षेत्रमा सुधार आवश्यक रहेको र सोहीअनुरुप आगामी कार्यदिशा तय गर्नुपर्ने देखिएको पनि जनाएको छ ।

अहिले घटेको बजारको माग बढाउन सार्वजनिक खर्चलाई औचित्यपूर्ण र थप प्रभावकारी बनाउने गरी प्राथमिकीकरण गर्ने, पुँजीगत खर्च क्षमता अभिवृद्धि गर्ने, वित्त सुदृढीकरणमा जोड दिने, उत्पादनमा आधारित राजस्वमा जोड दिने, ऋणको प्रभावकारी उपयोग गर्ने, वित्त जोखिम कम गर्ने, लगानीको वातावरण निर्माण गरी आर्थिक वृद्धिलाई गति दिने, उत्पादनशील क्षेत्रमा लगानी बढाउनेलगायत सुझाव दिइएको छ ।

त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन यसका बाधा पहिचान गरी सुधार गर्ने, जलविद्युत् उत्पादन र प्रसारण लाइन विस्तारमा जोड दिने, गुणस्तरीय सडक सञ्जाल निर्माण गर्ने, ग्रामीण सडक सञ्जाललाई कृषि उत्पादन र बजारीकरणसँग आबद्ध गर्ने, पुँजीगत खर्चको प्रभावकारिता बढाइ आर्थिक वृद्धिमा सहयोग पुर्याउने, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्दै सरकारी लगानीलाई आर्थिक पूर्वाधारमा केन्द्रित गर्ने, बहुवर्षीय ठेक्काको सहमति दिइएका आयोजनाको स्रोत व्यवस्थापन गर्ने, वैदेशिक अनुदान र सहुलीयतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने, जलवायुसँग सम्बन्धित कोषहरुको परिचालनमा जोड दिनेलगायत कार्यदिशा अबलम्बन गर्नुपर्ने देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सरकारको सञ्चित कोषलाई सन्तुलित अवस्थामा राख्ने, गैरबजेटरी मागलाई निरुत्साहित गर्ने, कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्ने, कर्जाको गुणस्तर बढाउने र बढ्न थालेको खराब कर्जालाई नियन्त्रणमा राख्नुपर्ने उल्लेख छ ।

साना तथा मझौला उत्पादनमूलक व्यवसायलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउने, वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्दै वित्तीय साधनको लागत घटाउने गरी मौद्रिक उपकरणमा लचकता कायम गर्ने, वित्तीय क्षेत्रको नियमनलाई प्रभावकारी बनाउने, वित्तीय सहकारीको नियमन गर्न दोस्रो तहको नियामक संयन्त्र निर्माण गर्ने कार्यदिशा अबलम्बन गरिनुपर्ने पनि मन्त्रालयले जनाएको छ ।

व्यापार घाटा नियन्त्रण गर्नेसम्बन्धी रणनीतिको कार्यान्वयनमा जोड दिने, विदेशी लगानी आप्रवाह बढाउन नीतिगत र कानूनी सुधार गर्ने, सम्झौता भएका सहुलीयतपूर्ण विदेशी ऋण र अनुदानलाई प्राथमिकताका क्षेत्रमा अधिकतम परिचालन गर्ने तथा सर्तहरुमा सुधार गर्ने, वैदेशिक रोजगारीलाई थप प्रतिफलमुखी बनाउने, युवाहरुलाई स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्ने, विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नेलगायतका सुधारका प्रयास थालिनुपर्ने अर्थ मन्त्रालयको निचोड छ ।

सांसद महतोले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । शिक्षा मन्त्रालयले पूर्वमन्त्रीले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक बसन्तप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै छानबिन गर्न निर्देशन दिएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

समितिमा उपसचिव रामप्रसाद शर्मा र शाखा अधिकृत पुष्पा वाग्ले सदस्य छन् । जनता समाजवादीका सांसद एवं पूर्वमन्त्री वीरेन्द्र महतो प्रतिनिधिसभा बैठकमै छोराले भारतीय सीबीएसई कोर्स पढेर नेपालबाट समकक्षता लिँदा पाँच हजार रुपैयाँ घुस दिनुपरेको बताएका थिए ।

उनले ५ हजार घुस दिएपछि मात्रै काम बनेको भन्दै संसदमा प्रश्न उठाएका थिए । छानबिन समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेस गर्न भनिएको छ ।

संसद्का संयुक्त र विषयगत समितिका सदस्यको नाम हेरफेर

काठमाडौं । प्रतिनिधिसभाले संसदीय सुनुवाइ र विषयगत समितिमा सदस्य थप र हेरफेर गरेको छ । सभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले राखेको सदस्यको नाम हेरफेरसम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।

सभामुख घिमिरेले संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को २ बमोजिम संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेरको प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त समितिमा सांसद रमेश लेखकको स्थानमा सांसद श्यामकुमार घिमिरे र सांसद डा स्वर्णीम वाग्लेको स्थानमा डोलप्रसाद अर्याललाई हेरफेर गरिएको छ ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिमा सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्णबहादुर खड्का, रवि लामिछाने र राजेन्द्रकुमार राई थपिएका छन् । सांसद हरि ढकाललाई राज्य व्यवस्था तथा सुशासन समितिबाट सार्वजनिक लेखा समितिमा लगिएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सांसद रेखा शर्मा र सुमना श्रेष्ठ थपिएका छन् । यस समितिबाट सांसद मीना यादवलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सारिएको छ । अर्थ समितिमा सांसद पदम गिरी, भगवती चौधरी, वर्षमान पुन र विराजभक्त श्रेष्ठलाई थपिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसद हरिप्रसाद उप्रेती र हितबहादुर तामाङ थपिएका हुन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा सांसद रघुवीर महासेठ र डोलप्रसाद अर्याल थपिएका छन् । यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद ज्वालाकुमारी साह र पूर्वाधार विकास समितिमा शक्तिबहादुर बस्नेत थपिएका छन् ।

परराष्ट्रमन्त्रीसँग स्वीस राजदूतको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानियल म्युली मोन्टेलेओनले आज शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित, सहयोग र समन्वयका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

बागमती । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

लामाले मंगबार नै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । लामाले एमालेका २७ र कांग्रेसको ३७ गरि ६४ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

आइतबार माओवादी नेतृत्वका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न सूचना जारी गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको समथ बुधबार बिहान हुने प्रदेश प्रमुख यादवचन्द्र शर्माले जानकारी दिएका छन् ।

१३ मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्री, अर्थसहित ७ र एमालेले भौतिकसहित ६ मन्त्रालय लिने सहमति भएको छ ।

इथियोपियामा पहिरोमा परी एक सय ४६ को मृत्यु

 दक्षिणी इथियोपियामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १४६ पुगेको मंगलबार स्थानीय अधिकारीले बताएका छन् । अधिकारीले मृतकको सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् । अधिकारीका अनुसार दक्षिण इथियोपियाको पहाडी क्षेत्रमा भएको भारी वर्षाले सोमबारको पहिरो निम्त्याएको हो ।

‘इथियोपियाको गोफा क्षेत्रको गेजे–गोफा जिल्लामा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको छू’, गोफा क्षेत्र सञ्चार मामिला विभागले स्थानीय अधिकारी हाब्तामु फेटेनालाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पहिरोमा परी ज्यान गुमाएका ९६ जना पुरुष र ५० जना महिलाको शव फेला परेको जानकारी दिँदै खोजी तथा उद्धार कार्य जारी रहेको हाब्तामुले बताए।

सरकारी सञ्चार माध्यम ‘फाना ब्रोडकास्टिङ कर्पोरेट’ ले सार्वजनिक गरेका तस्बिरहरूमा सयौं मानिसहरू प्रभावित भएको पहिरोको विनाशकारी दृश्य प्रसारण गरिएको छ ।

दक्षिण इथियोपियामा अप्रिल र मे महिनामा भएको मौसमी वर्षाले निम्त्याएको बाढीपहिरोले कयौँ मानिसहरूलाई विस्थापित गरेको संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यलय ओसिएएचएले जनाएको छ ।

तीन महिनाभित्र बक्यौता तिर्नुपर्ने शर्तमा ६ उद्योगमा काटिएको लाइन जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ६ वटा उद्योगमा काटिएको लाइन जोडिदिने भएको छ । मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ६ उद्योगमा काटिएको लाइन जोड्ने निर्णय गरेको हो ।

प्राधिकरणले उद्योगहरूलाई आगामी तीन महिनाभित्र वक्यौता तिर्न समय थपेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘तीन महिनाभित्र उद्योगीहरूको वक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत लाइन जोड्ने ।’

महसुल नबुझाएपछि प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको लाइन काटेको थियो ।

प्राधिकरण बोर्डले गरेको निर्णयमा सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यले भने फरक मत राखेका छन् । उनीहरुले विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने मत राखेका हुन् ।

डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महसुल वक्यौता असुल गर्ने सम्बन्धमा प्राधिकरण र उद्योगबीच विवाद छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरूमा काटिएको विद्युतको लाइन जोड्न निर्देशन दिएका थिए ।

तर प्राधिकरण संचालक समितिको लिखित निर्देशन नआएसम्म लाइन जोड्न नसकिने अडान कार्यकारी निर्देशक कुलमान घिसिङले लिएका थिए । त्यसपछि प्रधानमन्त्रीले विद्युत नियमन आयोगलाई लाइन जोड्न पत्र लेख्न लगाएका थिए ।

घुसहित पक्राउ परेका इन्जिनियर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिँदै गरेका बेला फक्राउ परेका ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर मोहम्मद हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार अख्तियारले हुसैनविरुद्ध एक लाख रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । हुसैनलाई नगरपालिकाको वडा नम्बर २ स्थित खेलकुद मैदान निर्माणका क्रममा सेवाग्राहीबाट एक लाख घुस लिएको आरोपमा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत असार १८ गते पक्राउ गरेको थियो ।

करीब ७ लाख रुपैयाँमा लगाइएको खेल मैदान निर्माणसम्बन्धी ठेक्कामा ‘माथिसम्म मिलाउनु पर्छ’ भन्दै इन्जिनियर हुसैनले ठेकेदारबाट घुसबापत रकम लिएको खुलेको थियो ।

सत्ता परिवर्तनका सन्दर्भमा नेपाल ‘ओलम्पिक गेम’मा पहिलो भयोः सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले जनताले सरकार छ भन्ने अनुभूति गर्न नपाएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिभा बैठकमा भण्डारीले जनताबाट सरकार धेरै टाढा रहेको बताएका हुन् । उनले ३४ वर्षकोे उपहार बहुदलीय व्यस्था रहेको भन्दै सरकार जनताको नजिक रहन आवश्यक रहेको बताए ।

उनले भने,‘३४ वर्षका हाम्रो उपहार बहुदलीय व्यवस्था हो । यो व्यवस्था हाम्रो उपहार हो । तर यसै व्यवस्थामा ठूलाबडाको कुरा गर्ने तर जनताको नगर्ने परिपाटीको विकास भएको छ । सरकार जनताभन्दा धेरै ठूलो र टाढा भएको अनुभूति भएको छ ।’

सांसद भण्डारीले सत्ता परिवर्तनका सन्दर्भमा नेपाल ‘ओलम्पिक गेम’मा पहिलो भएको र क्षमताविहीन युवा निर्माणमा अन्तिमबाट दोस्रो स्थानमा रहेको भन्दै व्यङ्ग्य गरे ।

उनले भने,‘हामी विश्वमा सत्ता परिवर्तनको ओलम्पिक गेममा पहिला छौं । क्षमताविहीन युवा निर्माणमा अन्तिमबाट दोस्रो छौं । त्यतिमात्रै होइन, नेपालमा जन्मिने २५ प्रतिशत बच्चाहरु पुड्का र च्याखुरा बच्चा जन्मिन्छन् । यो उपहार विगतबाट प्राप्त गरेका छौं । चुनौतीलाई सरकारले सामना गर्नुपर्ने छ ।’

निर्माण व्यवसायीले राखेका जायज मागप्रति सकारात्मक छुः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति आफू सकारात्मक रहेको बताएका छन् ।

मंगलबार नेपाल निर्माण व्यवसायी महासंघकातर्फबाट मन्त्री सिंहलाई बधाई दिन पुगेको टोलीसँगको भेटमा सिंहले यस्तो बताएका हुन् ।

सिंहले निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर हुने भन्दै निर्माण व्यवसायीलाई पनि आयोजनाहरू समयमै सम्पन्न गर्ने गरि काम गर्न आग्रह गरे ।

उपप्रधानमन्त्री सिंहलाई बधाई दिँदै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको विषयमा ध्यानाकर्षण गराएका थिए ।

त्यसक्रममा उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरूले राखेका जायज माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको भन्दै अब लामो कुरा भन्दा काम गरेर देखाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

टीआरसी विधेयकमा कार्यदल सहमति नजिक

काठमाडौं । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बिषयमा सहमति जुटाउन गठित कार्यदल केही विवादित बिषयमा सहमति नजिक पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको कार्यदल बैठकमा सुरक्षाकर्मीका परिवारलाई राहत दिने र सजायसम्बन्धी केही मापदण्डका बिषयमा सहमतिनजिक पुगेको सदस्यहरूले बताएका हुन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका बिपतिहरुका बिषयमा छलफल गर्दै सहमति खोज्ने प्रयास गरिएको कार्यदल सदस्य एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितकेन्द्रित गरेर टुङ्गाउन अससहमतिका चार बुदाँमा सहमतिका लागि छलफल भएको बताए ।

मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्याधिवक्ताले गम्भीर मानव अधिकार उलंघनको बिषयमा घटी मागदावी लिएर जाने बिषयमा सहमतिनजिक पुगेको उनको भनाइ छ ।

उनले चार बिषयमा ७० प्रतिशत सहमति जुटेको र बुधबार बस्ने कार्यदलले टुङ्गो लगाउने बताए । त्यस्तै कार्यदल सदस्य नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नमिलेका बिषयमा सहमतिको प्रयास गरिएको बताए । उनले भाषागत प्रक्रिया मिलाउन बाँकी रहेको जानकारी दिए ।

शर्माले बुधबार बस्ने बैठकले अन्तिम प्रतिवेदन तयार गरेर शीर्ष तहलाई बुझाउने बताए । टीआरसी विधेयकमा पीडक र पीडितबीच मेलमिलाप गर्दा पीडितको सहमति भएमा प्रचलित कानुनअनुसार अदालत जान पाउने कि नपाउने र युद्धमा प्रयोग भएका बाल लडाकुको व्यस्थापनको कस्तो प्रावधान राख्नेबारे सहमति हुन बाँकी छ ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बिषयमा सहमति जुटाउन यसअघि शीर्ष दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा एमालेबाट महेश बर्तौला, माओवादीबाट जनार्दन शर्मा र कांग्रेसबाट रमेश लेखक छन् ।

महिलाहरु सक्षम भएपनि मन्त्रिपरिषदमा नपर्नु दुःखको विषयः सचेतक थिङ

काठमाडौँ । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले संविधानअनुसार ३३ प्रतिशत महिला मन्त्री हुनुपर्नेमा त्यो व्यवस्था लागू नभएको भन्दै आपत्ति जनाएकी छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले संविधान अनुसार ३३ प्रतिशत महिला मन्त्री हुनुपर्ने व्यवस्था कहिलेदेखि लागू हुने भन्दै प्रश्न गरेकी हुन् ।

उनले महिलाहरु सक्षम भएपनि मन्त्रिपरिषदमा नपर्नु दुःखको विषय भएको बताइन् । उनले भनिन्, ‘कहिले पनि ३३ प्रतिशत महिला क्याबिनेटमा देख्न नपाइने भो सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस नै हुँदैनन् । मेरो उदाहरण प्रतिनिधि पात्र मात्र हो । म कानुनमा स्नातक गरेकी छु, सोसोलोजीमा स्नातकोत्तर गरेकी छु तर म कहिल्यै मन्त्री बन्न योग्य भइनँ ।’

उनले आफूले समानुपातिक कोटाबाट उपाधि नपाएको भन्दै महिलाहरू कहिलेसम्म यो समानुपातिक दर्जामा दर्ज हुनुपर्ने हो भनेर प्रश्न गरिन् । उनले भनिन्,‘हामीलाई कहिले समान बनाउने हो ? संविधानमाथि उठेको प्रश्न भएकाले मैले संविधान लागू होस भनेको मात्र हो ।’

नेप्सेमा ७५ अंकको बृद्धि, १४ अर्ब भन्दाबढीको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ । मंगलबार नेप्से ७५.३३ बढेर २५६३.४३ मा कायम भएको छ ।

आज २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ । उच्च अंकले बजार बढ्दा बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउस लिमिटेड र साहास ऊर्जाको सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

बजार बढे पनि कारोबार आइतबारको तुलनामा घटेको छ । मंगलबार १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँ बराबरको तीन करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर एक लाख ७१ हजार ३८७ पटकमा खरिद बिक्री भएको छ ।

आइतबार बजार बढ्दा १५ अर्ब माथिको कारोबार भएको थियो । समूहगत उपसूचकतर्फ १३ वटै समूहको सूचक बढेको छ । जसमा सबैभन्दा धेरै व्यापार समूह ५.०६ प्रतिशतले बढेको छ ।

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनः नवीकरण गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रुसको महिला भलिबल टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीच सोभियत संघ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायातलगायत क्षेत्रमा सहयोग प्राप्त गरेको बताए ।

उनले खेलकुदको क्षेत्रमा रुस अग्रपङ्क्तिमा रहेको बताए। दुई देशको भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनु सकारात्मक भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले खेलका माध्यमबाट पनि आपसी सम्बन्ध विस्तारमा योगदान पुग्ने बताए ।

प्रधानमन्त्रीले रुसको प्रसिद्ध ‘ ग्रेट मस्को सर्कस’ र नेपालको मौलिक नृत्य, ‘अर्केष्ट्रा’ संस्कृतिको आदानप्रदानमा निरन्तरता हुनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भ्रष्टाचारमा संलग्न सत्तापक्ष र प्रतिपक्ष दुवैलाई कारबाही होस्ः सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारमा संलग्न सत्तापक्ष र प्रतिपक्ष दुवैलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा शाहीले भ्रष्टाचार गरेका कसैलाई नछोड्न आग्रह गरेका हुन् । उनले संसदलाई कुनै व्ल्याकलेकमेलिङ गर्ने थलो नबनाउन आग्रह गरेका छन् ।

उनले भने, ‘विगत दुई तीन दिनदेखि संसदमा हेरिरहेको छु । बडा गज्जबको जात्रा चलिरहेको छ । फाइलका फाइल, घोटालाका घोटाला । यस्तो कुरासम्म हुन आएको छ की संसद होइन कुनै व्ल्याकलेकमेलिङ गर्ने थलो हो । उ परपट्टि बसिसकेपछि यतापट्टिकोले दोष लगाउने, परपट्टिका वारी आएपछि यहाँकाले पारिकालाई दोष लगाउने, म अहिले पनि भन्न चाहन्छु तपाईं अहिलेको सरकारमा हुनुहुन्छ, तपाईंहरुको दिन नआओस् भुटानी शरणार्थी भनेर कराउने । फेरि दिन नआओस् तपाईंहरूको यहाँ गिरीबन्धु खै भनेर कराउनुपर्ने ।’

उनले एनसेल प्रकरण र मेलम्चीलगायतका भ्रष्टाचारका काण्डहरू सँगसँगै कराउने दिन आउन सक्ने बताए । उनले अहिलेको सरकारलाई धमाधम काम गर्न र भ्रष्टाचारका काण्डहरू खोलेर प्रकाउ गर्न पनि आग्रह गरे ।

सांसदले पाँच हजार घुस खुवाएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एकजना सांसदले छोराको शैक्षिक प्रमाणपत्रको समकक्षताका लागि बिचौलिलाई घुस दिएको भन्ने विषयलाई अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले यसबारेमा आफूले सांसदसँग पनि कुरा गरेको र यो विषयमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको जानकारी दिएका हुन् ।

उनले भने, ‘यस विषयमा मैले माननीयज्यूसँग पनि कुरा गरेको छु र बिचौलियालाई चिनाइदिन आग्रह गरेको छु । र प्रहरीलाई पनि यस विषयमा अनुसन्धान गर्न आवश्यक निर्देशन पनि दिइसकेको छु । सरकारले यस विषयलाई अन्यन्तै गम्भीररुपमा लिएको छ।’

साउन ६ गतेको प्रतिनिधिसभा बैठकमा सांसद एवं पूर्वमन्त्री वीरेन्द्र महतोले शिक्षा मन्त्रालयअन्तर्गत रहेको सानोठिमी कार्यालयमा छोराको सर्टिपिकेट ’समकक्षता’ कायम गराउन आफूले ५ हजार रुपैयाँ घुस दिएको बताएका थिए ।

अमुक उद्योगमा लाइन जोड्न प्रधानमन्त्रीले ठाडो निर्देशन दिनु गलतः सांसद बस्नेत

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वऊर्जामन्त्री शक्ति बस्नेतले अमुक उद्योगमा लाइन जोड्ने विषयमा सरकारले प्रतिष्ठाको विषय बनाएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बस्नेतले लाइन जोड्ने वा नजोड्ने विषय विद्युत् प्राधिकरणको विनियमावलीले गरेको बताए ।

उनले यस्तो विषयमा प्रधानमन्त्रीले ठाडो निर्देशन दिन गलत भएको बताए । उनले भने, ‘कुरा सुशासन र विधिको गर्ने नियमको गर्ने, समाधान ठाडो निर्देशनमा खोज्ने । सरकार गलत बाटो हिँड्दैछ सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्राधिकरणले जारी गरेको बिलको विषयमा पुनरावलोकनदेखि पुनरावेदनसम्मको कानूनी व्यवस्था भएको बताए । उनले सरकारले समस्याको समाधान नियमअनुसार गर्नुपर्ने बताउँदै ठाडो निर्देशनमा नहुने बताए ।

माओवादीले डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा अफवाह फैलाएको एमालेको आरोप

काठमाडौं । नेकपा एमालेले डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा माओवादीले आम जनतालाई भ्रमित पारेको आरोप लगाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद पदम गिरीले माओवादीले आफू सरकारमा विवाद समाधान नगरेको र अहिले जनतामा भ्रम छरेको आरोप लगाएका हुन् ।

उनले डेडिकेटेड तथा ट्रंक लाइन टिओडी मिटर रिडिङ प्राधिकरणले व्यवसायीलाई उपलब्ध गराउन आग्रह गर्दा नगरेकाले विवाद देखिएको दाबी गरे ।

उनले लाल आयोगले प्रतिवेदनलाई अनदेखा गरेर फरक रुपमा प्राधिकरणले विद्युतको बिल पठाएर असुल उपर गर्न खोजेपछि व्यवसायीले आन्दोलित भएको उल्लेख गरे ।

उनले भने, ‘२०७२ सालदेखि अहिलेसम्म माओवादी केन्द्रले केही महिनाबाहेक निरन्तर उर्जा मन्त्रालयको जिम्मेवारी लिनुभएको छ। तर दुर्भाग्य के छ भने उद्योगी र व्यवसायीले उपभोग गरेको डेडिकेटेड तथा ट्रंक लाइनका नाममा २२ अर्बभन्दा भुक्तानी लिनुपर्ने छ भनेर केही लाइन काट्ने काम भएको छ। तर डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको टिओडी मिटरको बिल प्राधिकरणले दिन सकेको छैन। पूर्वाग्राही ढंगले लाइन काटिएको छ।’

उनले महसुल लिँदा विधिमा टेकेर लिनुपर्ने बताए । उनले प्रधानमन्त्रीले उद्यमीहरुले प्रयोग गरेको बिजुलीको पैसा नउठाउ भनेर भन्यो भनेर माओवादी केन्द्रले अफवाह नफैलाएको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले पाउनुपर्ने पैसा लिनुपर्छ भन्नु भएको छ । सरकारले पनि तिर्नुपर्ने पैसा तिराउँ भनेको हो तर माओवादीहरु अफवाह फैलाउन लागे।’