`

आर्थिक चलायमानका लागि उदयपुरमा महोत्सव गरिँदै (भिडियो सहित)

Nepal One HD २ माघ २०८० १३:५३
अर्थ समाचार

काठमाडौँ / आर्थिक गतिविधिलाई थप चलायमानका लागि माघको दोश्रो साता उदयपुरमा उदयपुर महोत्सव आयोजना हुने भएको छ ।

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले मंगलबार उदयपुरमा पत्रकार सम्मेलन गर्दै माघ ११ गते बाट माघ २१ गते सम्म त्रियुगा नदि किनारमा महोत्सव संचालन हुने आयोजकले जनाएको हो ।

आर्थिक गतिविधिलाई थप चलायमान बनाउनुका साथै स्थानीय व्यवसायको प्रवद्र्धन र समग्र प्रतिस्पर्धात्मक व्यवसायिक वातावरणमा नेपाली उत्पादनहरूलाई पुनरुत्थान गर्न सहयोग गर्ने उद्धेश्य सहित महोत्सव आयोजना गरिएको उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष चुडामणी कार्कीले जानकारी दिए । उनले एक्स्पो, महोत्सव, व्यापार मेला, प्रदर्शनी र चाडपर्वहरू नेपाली व्यवसायलाई अभिवृद्धि र प्रवर्द्धन गर्ने सबैभन्दा लोकप्रिय र प्रभावकारी उपकरण भएको समेत बताए ।

कोभिड–१९ पछी प्रभावित अर्थतन्त्रलाई पुनरुत्थानमा सहयोग गर्नुपर्ने आवश्यक्तालाई महशुस गरी “कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार, उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका साथ उदयपुर एक्स्पो (उदयपुर महोत्सव) २०८० को आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।


प्रतिक्रिया