`

‘टेस्टेड’ र फेल भएका अनुहारलाई फेरि त्रिविमा ल्याउन लागिएको हो ?’

Nepal One HD २८ माघ २०८० १६:४६
प्रमुख खबर

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले विश्व मानचित्रमा त्रिभुवन विश्वविद्यालयको स्तर खस्किदै गएको बताएकी छिन् । आइतबारको राष्ट्रियसभा बैठकमा उनले पहिला–पहिला विश्वविद्यालयको स्तर राम्रो भएकोमा पछिल्लो समय विश्वका १५ सयमध्ये त्रिवि १२०१ मा परेको भन्दै विश्वविद्यालयको स्तर खस्किदै गएको बताएकी हुन् ।

उनले विश्वविद्यालयप्रतिको भरोसा पनि दिनप्रतिदिन टुट्दै गएको भन्दै उपकुलपतिका लागि राम्रा व्यक्तिको निवेदन नपरेको बताइन् । प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपतिमा मेरिट्सका आधारमा नियुक्त गर्ने भनेपनि टेस्टेड फेल भएका अनुहारलाई फेरि विश्वविद्यालयमा ल्याउन लागेको भन्दै भन्दै उनले आपत्ति जनाइन् ।

उनले भनिन, ‘राजनीतिक हस्तक्षेप हुन दिन्न भनेर संकल्प गर्दै गर्दाखेरी टेस्टेड र फेल भएका अनुहारलाई फेरि युनिभर्सिटीमा ल्याउनका लागि छानेको हो?’


प्रतिक्रिया