`

छिन छिनमा भन्दै आए सुनिल ,बिना र अलिशा शर्मा

Nepal One HD ६ फागुन २०८० ७:३०
भिडियो

काठमाडौँ । नेपाली साङ्गीतिक बजारमा एकपछी अर्को गीत आउने क्रम जारी छ माया र प्रेमले सजिएको छिन छिन मा बोलको गीत गायक कमल खत्रीको आवाजमा रहेको म्युजिक भिडियो सार्बजनिक गरिएको छ

। दरबार मार्गको राइजिङ्ग मलमा बिमोचन गरिएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ रचनाकार रमेश अधिकारिले सबै टिमलाई शुभकामना दिएर सुरु गरिएको उक्त कार्यक्रममा अन्य अतिथिहरु रबिन थापा,भिडियो निर्देशक कोरियोग्राफर राजिब समर , बिभोर पोख्ररेल , गायक सबु थापा आशिस भण्डारीको उपस्थित रहेको थियो ।

गितको रचना तथा संगीत कमल खत्रीको रहेको गितको भिडियोमा सुनिल न्यौपाने ,बिना राउत,अलिशा शर्मा ,करिश्मा शाही ठकुरीको दमदार अभिनय देख्न सकिन्छ । सुनिल न्यौपाने एक मेडीकल ब्यबसायि पनि हुन उनले यो भन्दा अगाडी सुनकोशी ,टुङ्गनाको धुन जस्तो सफल गीतमा अभिनय गरिसकेका छ्न ्कला क्षेत्रमा बच्चैदेखी आफ्नो चाहाना भएकोले आफुले देखेको सपना पुरा हुदै गरेको बताउछ्न ।

रोशन बिशकर्माको निर्देशन रहेको भिडियोमा छायांकन देपेन बस्नेत ड्रेस डिजाइन सोनी सिन्जाली मगर ,पुजा गुरुङ्ग , भिडियो सम्पादन तथा कलर दिलसन शाहको अनि टार्जन लिम्बुको प्रोड्क्सन डिजाइनर जट्टा शन्खरको आर्ट रहेको छ । निर्माता मिना बर्तौलाको लगानी रहेको भिडियोलाई समिप इन्टरटेन्मेन्टको युटुब च्यानलमा गएर हेर्न सकिन्छ ।


प्रतिक्रिया