`

पाकिस्तानमा गत आर्थिक वर्षमा मध्यम आर्थिक सुधार

Nepal One HD १४ असार २०८१ १८:०८
विश्व

पाकिस्तानमा गत आर्थिक वर्ष (सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म) मा मध्यम आर्थिक सुधार भएको पाकिस्तानी अर्थ मन्त्रालयले बताएको छ । पाकिस्तानमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर दुई दशमलव चार प्रतिशतमा पुगेको छ । यसमा कृषि क्षेत्र छ दशमलव तीन प्रतिशतले तथा उद्योग र सेवा प्रत्येक एक दशमलव दुई प्रतिशतले वृद्धि भएको मन्त्रालयको मासिक आर्थिक दृष्टिकोणमा उल्लेख छ ।

   गत वर्ष करिब तीन अर्ब ९० करोड डलरको घाटाको तुलनामा सन् २०१८ को जुलाई–मे महिनामा ५० करोड अमेरिकी डलर घाटा रहेकाले चालु खाता मौज्दातमा दिगो सुधार देखिएको छ । 

   केन्द्रीय बैङ्कको मौद्रिक नीति समितिले यस महिनाको सुरुमा मुद्रास्फीतिको दबाब कम गर्दै आर्थिक वर्षको मध्यम जिडिपी वृद्धिको आधारमा नीति दरलाई एक सय ५० आधार विन्दु (बिपिएस) ले २० दशमलव पाँच प्रतिशतमा झारेको प्रतिवेदनमा उल्लेख छ ।      “सरकार सम्भावित लगानीकर्ताहरूबाट दीर्घकालीन प्रतिबद्धताहरूलाई प्रोत्साहित गर्न लगानीमैत्री वातावरण सिर्जना गर्न प्रतिबद्ध छ, जुन आर्थिक स्थायित्व कायम गर्न अपरिहार्य छ”, प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया