`

म्यानमाबाट ५० हजारभन्दा बढी अवैध विदेशी निर्वासित

Nepal One HD १६ असोज २०८१ १७:५६
विश्व

यांगन (म्यानमा)  । म्यानमाले सन् २०२३ अक्टोबर देखि २०२४ अगस्ट सम्ममा ५० हजार भन्दा बढी अवैध विदेशीहरूलाई निर्वासित गरेको म्यान्माको सरकारी मिडिया मिररले बुधबार रिपोर्ट गरेको छ ।

यस अवधिमा २८ देश तथा क्षेत्रका जम्मा ५४ हजार ४३३ जनालाई विश्वब्यपी रुपमा निर्धारित प्रक्रियागत रुपमा निष्कासन गरिएको जनाइएको छ ।

मङ्लबार म्यानमा प्रहरी दिवसको ६० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा म्यानमाको राज्य प्रशासन परिषद्का अध्यक्ष मिन आङ ह्लाइङले पाँच छिमेकी देशसँग सीमा सम्पर्क कार्यालय (बीएलओ) को सञ्जाल स्थापनाको उद्देश्य अग्रिम जानकारी प्राप्त गर्नु तथा सीमापार अपराधमा प्रभावकारी रूपमा लड्नु रहेको बताएका छन् ।

समयमै सूचना आदान प्रदान गर्न सहज बनाउन बीएलओको बैठक गर्न पनि उनले आग्रह गरेका छन् । 


प्रतिक्रिया