`

धिरज मगर ‘माइतीघर’मा अनुबन्ध

Nepal One HD ७ माघ २०८१ १८:०७
मनोरञ्जन

काठमाडौं । निर्माता रोहित अधिकारीको नयाँ फिल्म ‘माइतीघर’मा नायक धिरज मगरको अनुबन्ध भएका छन् । निर्माण पक्षले सोमबार धिरजसँग सम्झौता गरेको हो ।

धिरज मुख्य भूमिकामा प्रवेश भएसँगै कलाकारहरूको लाइनअप पूरा भएको निर्माण पक्षको भनाइ छ । यसअघि फिल्मको मुख्य भूमिकाका लागि केदार घिमिरे ‘माग्ने बूढा’ र गायक/नायक प्रकाश सुपुत अनुबन्ध भएका थिए ।

फिल्ममा नायिकाहरू उपासना सिंह ठकुरी र नव नायिका दिकिला शेर्पा फाइनल भइसकेका छन् । त्यस्तै; सहायक भूमिकाका लागि कलाकार बुद्धि तामाङ अनुबन्ध भएका छन् । फिल्मका निर्देशक मिलन थापा हुन् । चन्द्रकुमार दोङको कथा रहेको यस फिल्मको संवाद रामशरण पाठकले लेखेका हुन् ।


प्रतिक्रिया