`

अनर्गल प्रचार नगरिदिन महजोडीको आग्रह

Nepal One HD ८ फागुन २०८१ ११:०७
प्रमुख खबर

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुका विरुद्धमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी यस्तो अनर्गल प्रचार नगरिदिन आग्रह गरेका हुन् । उनीहरुले यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर अनर्गल प्रचार गरिएको बताएका छन् ।

उनीहरुले आफूहरु दुवैजना अहिले चलचित्रमा काम गरिरहेका बेलामा अनर्गल प्रचार गरेर दुःख दिइएको बताए ।

हरिवंशले भनेका छन्, ‘०५२ सालमा सराध्य बनाएका थियौँ । त्यहाँ पण्डितलाई व्यंग्य गरिएको छ । पण्डित भन्दैमा भगवान हुँदैनन् । म पनि पण्डितको छोरो हो । कपोकल्पित कुरा गरेर भ्रममा पार्ने काम बन्द गरौँ ।’


प्रतिक्रिया