करेन्ट लागेर सडकमा हिँडिरहेका एकै परिवारका तीन जना घाइते

समाज

बागमती, १७ असार : हेटौँडा उपमहानगरपालिका–७ नागसोती शान्तिटोलमा आज साँझ करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका छन् ।
विद्युत्को कर्मचारीले बिजुलीको पोलमा काम गर्दै गरेको अवस्थामा विद्युत्को तार अचानक भुइँमा खस्दा सडकमा हिँडिरहेका स्थानीय ४६ वर्षीय सञ्चयकुमार पुडासैनी, उहाँको श्रीमती ४४ वर्षीया लक्ष्मी पुडासैनी र उहाँको नातिनी एक वर्षीया श्रीयाना पुडासैनी करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
घाइते तीनै जनालाई हेटौँडा अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट