`

प्रतिनिधिसभामा विधेयक टेबुल

Nepal One HD २३ असार २०८२ १८:३७
राजनीति

काठमाडौँ, २३ असार: प्रतिनिधिसभाको आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गर्नुभएको हो ।

यस्तै, सभाका सचिव राईले क्रमशः विनियोजन विधेयक, २०८२, आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभयो ।

त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाउनुभएको थियो ।

प्रतिवेदन पेस

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन २०८२ पेस भएको छ । समितिका सभापति कुसुमदेवी थापाले उक्त प्रतिवेदन पेस गर्नुभएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानबहादुर राईले ‘महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नुभयो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । सभामुख घिमिरेले उक्त विधेयकलाई अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि विरोधको सूचना प्राप्त नभएकाले विधेयक प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्नुभएको थियो । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको थियो । मन्त्री चौधरीले राष्ट्रिय खेलकुदलाई व्यवस्थित, जिम्मेवार र मर्यादित बनाउन विधेयक ल्याइएको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *