`

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

Nepal One HD २८ असार २०८२ २०:४२
समाज

काठमाडौँ, २८ असारः बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा सडक अवरुद्ध भएका हुन् ।

पहिराले अवरुद्ध भएका अन्य चार सडक एकतर्फी खुलाइएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो । रोल्पा र गुल्मी जोड्ने सहिद राजमार्ग, कालीगण्डकी करिडोरका साथै खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा सवारी साधन सञ्चालन भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *