`

आयात–निर्यात दुवै बढ्यो

Nepal One HD ८ भदौ २०८२ ११:२३
अर्थ समाचार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा आयातनिर्यात दुवै बढेको छ । चालुआर्थिक वर्षको साउनमा आयात ११ दशमलव ४२ प्रतिशत र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्यांकअनुसार साउनमा एक खर्ब ४३ अर्ब ४० करोड ६६ लाख ६९ हजार रुपैयाँको आयात भएको छ । गत वर्ष सो अवधिमा एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजारको आयात भएको थियो ।

निर्यात भने झन्डै दोब्बरले बढेर २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार पुगेको छ । गत वर्ष सो अवधिमा १२ अर्ब २२ करोड ६१ लाख ४७ हजारको निर्यात भएको थियो ।

साउनमा समग्र वैदेशिक व्यापार १८ दशमलव ७५ प्रतिशतले बढेर एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख पुगेको छ ।

आयात र निर्यात दुवै बढे पनि व्यापार घाटा भने बढेको छ । २०८१ साउनमा एक खर्ब १६ अर्ब १५ करोडको व्यापार घाटा रहेकोमा २०८२ साउनमा २ दशमलव ५५ प्रतिशतले बढेर एक खर्ब १९ अर्ब १० करोड ८२ लाख पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *