`

पाँचकिलोमा बस दुर्घटना, २० जना घाइते

Nepal One HD २१ असोज २०८२ १८:५०
समाज

सिन्धुपाल्चोक, २१ असोज : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा तीन जना नाबालकसहित २० जना घाइते भएका छन् ।

रामेछापबाट चरिकोट हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर मङ्गलबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर पाएपछि प्रहरीचौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा सात जनाको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो । उद्धारपछि सबै घाइतेलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक माधवराज खरेलले सबै घाइतेहरूको अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *